जागिरमा हाकिमको गाली । घरमा लोग्नेको हप्कीदप्की। सासूको कचकच। नन्दको रिस। ससुराको हकडक। जेठानीको डाहा। जेठाज्यूको झर्कोफर्को।परिवारहरूका यी सब व्यवहारले उसलाई जीवन देखि वाक्कदिक्क लाग्नथालेको छ। घर,घर जस्तो नलागेर झेलखाना जस्तो लाग्छ। छोरा छोरीका मायाले उसलाई आत्माहत्या गर्न दिँदैन। घरपरिवारको अमानविय व्यवहार खप्न महाप्रलय भएको छ। लोग्नेलाई दुखेसो पोखोस् त उसको कुरैसुन्न मान्दैन लोग्ने। सासू ससुराको त झन् आरोप छ, तेरै कारणले हाम्रो छोरो आवारा भयो। न लोग्नेले सुख दिएको छ। न परिवारका सदस्यको माया पाएकी छे उसले ।

आधा रातमा लोग्ने रक्सीले झुल भएर ढोकामा लात्तो बजारेको आवाज कानमा परे। ऊ ओछ्यानबाट जुरुक्क उठी र ढोका खोली। लोग्ने बड्बडाउँदै खाटमा ढल्यो। एकछिन् मनमनै गुनी….उसले-न यो मान्छे स्वास्नीको लोग्ने बन्न सक्यो। न बाउ आमाको छोरा। न छोरा छोरीको बाउ। न दिदी बहीनीको दाजु। न देशको न जगतको। कहीको नभएको व्यक्ति मात्रै पृथ्वीको भार। धर्तीको बोझ। तिनै कुरा सोच्दासोच्दै कतिखेर उसका हातले लोग्नेको घाँटी थिच्न पुगे पत्तै भएन उसलाई?

कानुनलाई हातमा लिनु ठूलो भुल थियो उसको। ऊ पुरानो कागजको भाउमा नबिक्ने लोग्नेलाई छाडा छोड्न चाहन्न। उसको देशमा न संविधान छ। न बेरोजगारीलाई रोजगारको प्रबन्ध। न पातकीलाई फाँसीको व्यवस्था। त्यसैकारणले कानुन आफ्नो हातमा लिन मजबुर भई ऊ। कुर्सीका भोका सत्ताबाजहरूलाई ब्यूँझाउन चाहन्थी। एउटा मान्छे के कति कारणले अपराधजनक क्रियाकलापमा सहभागी हुन विवश हुन्छ ? अनुसन्धान होस् भनेर दुनियालाई अवगत गराउन चहान्थी
ऊ।

रातिनै आफूले गरेको गल्तीको रिपोर्ट लेखाउन प्रहरीचौकी पुगि ऊ। प्रहरीले प्रश्न गर्‍यो-कसरी यति ठूलो अपराध गर्नु भयो त?

अपराधीको जवाफ-एउटा सिंगो परिवारले एउटी नारीलाई चारतिर बाट टोक्न थालेपछि एउटी नारीको के अवस्था हुन्छ?त्यसको अन्दाजा तपाई आफै लगाउनुस् सर। यहाँ भन्दा उता मलाई प्रश्न नगर्नुस्। म जीवन देखि थाकेकी छु।अब शान्तपूर्वक बिस्राम गर्न चाहन्छु।

प्रहरी जवानले झ्याल बाहिर एकदृष्‍टि लगायो।उज्यालो हुन आँटेको छ। रेडियोमा मंगल धुन गुन्जियो। तर समय भने अमंगलको बाटोतिर तेज गतिमा दौडिरहेको छ।

 

savhaar: face book bata

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *