म कुनै हतारमा छैन अझै तिमी आउन सक्छौ
म कुनै दोधारमा छैन तिमी माया लाउन सक्छौ

असमझदारीको खाडल सम्झौताले पूर्ण सकिन्छ
आपसको त्रुटीहरु मायाले नै भर्न सकिन्छ
म कसैको भाको छैन अझै तिमी पाउन सक्छौ
म कुनै दोधारमा छैन तिमी माया लाउन सक्छौ

भावनामा मात्रै हैन साचै मुटु साट्न सकिन्छ
अमुल्य माया हाम्रो पिरतीमा बाड्न सकिन्छ
यो मन बगर भा छैन अझै प्यास मेटाउन सक्छौ
म कुनै दोधारमा छैन ति माया तिमी लाउन सक्छौ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *