नयाँघरेको स्वाहा विमोचितनयाँघरेको स्वाहा विमोचितswahaaभक्तपुर ।
भक्तपुर । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संस्मरणात्मक कृति ‘उहिलेका कुरा अहिले’, वरिष्ठ निबन्धकार युवराज नयाँघरेको निवन्धसंग्रह ‘स्वाहा’ र समालोचक स्व. गोविन्द भट्टको बारेमा लेखिएको कृति ‘गोविन्द भट्ट ः आवाज र आरोहण’ नामक पुस्तकको शुक्रवार एक समारोहका बीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रतिले विमोचन गरेका छन् ।
काठमाडौ कलेज अफ ल को सवाभवन भक्तपुरमा प्राज्ञ डा. राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न उक्त पुस्तकको विमोचन समारोहमा पुर्व महान्याधिबक्ता तथा साहित्यकार युवराज संग्रौला, वरिष्ठ साहित्यकार डा. वासुदेव त्रिपाठी, प्राज्ञ विष्णु प्रभात, पुर्वमन्त्री राधाकृष्ण मैनाली, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष राधेश्याम लेकालीलगायत अतिथिको उपस्थिती रहेको थियो ।
विमोचित तिन वटै कृति दोभान प्रकाशनले प्रकाशित गरेको हो । सयौ साहित्यअनुरागीहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रममा युवराज नयाँघरे, मोदनाथ प्रश्रित, युवराज संग्रौला र मरणोपरान्त गोविन्द भट्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा दोभान प्रकाशनकी अध्यक्ष बालिका गिरीले नेपाली साहित्यको संरक्षण र संमृद्धिमा आफुहरुले प्रयत्न गर्दै आइरहेको र आगामी दिनमा अझ शशक्त कृतिहरु प्रकाशनमा ल्याउने बताइन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *