पुराना ती घाउ जति आलै भए अचेल भरि पूर्णिमाका रात पनि कालै भए अचेल भरि बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा जिन्दगानी जुवा तासका खालै भए अचेल भरि प्रत्येक पला आँसु दिँदै दिन रातै पिल्साउने मायाँ प्रीति अभिशाप र गालै भए अचेल भरि अनगिन्ति प्रहारले हृदयलाई टुक्र्याएर बाध्यता र विवसता त भालै भए अचेल भरि उन्नति र प्रगतिका बाटाहरु बन्द गर्दै समय र परिस्थिति ढालै भए अचेल भरि भावनाका भेलहरु छचल्किंदै "कोमल" मन समुन्द्रमा उर्लिएका छालै भए अचेल भरि कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar