मेरो कोठाको भित्तामा
घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट
खुर्पे चन्द्र झैँ टाँगिएको छ
मेरा बा ,आमाको  को तस्बिर .

रोगले मेरा  बा,आमालाइ थलाएको थ्यो
जसरी अहिले यो देशलाई थलाएको छ
महंगीले मेरा बा आमालाई खेदेको थ्यो
जसरी यो मुलूकलाइ महंगीले खेदेको खेद्यै छ .

मेरो मनै मनको दिवालमा
नमेटिने गरी झुण्ड्याइएको छ
मेरा बा आमाको तस्बिर

बा ले भन्नुहुन्थ्यो -"मैले नदेखे पनि छोरा  तैले गणतन्त्र देख्छस् ...!"
आमा भन्ने गर्नु हुन्थ्यो -" छोरा अब यो माटोमा शान्तीका फूलहरू फुल्छन्...!"
मेरो उतर तयार नहुदै वहाहरू जानु भयो ;
अब    मेरा बा लाइ मैले   यो देशको  पुरा भइ नसकेको  कथा कसरी भन्नु ?
अब मेरी आमालाई मैले शान्ती बिरामी परेको कुरा कसरी सुनाउनु ?

मेरो खाट ,टेबल र भित्ताको छेवैमा
बात्सल्यताको प्रज्वलन गर्दै मुटूभित्रै टास्सिएको छ
मेरा बा आमाको तस्बिर .

अस्तु :

दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *