आफ्नो प्यारो आँगनीमा नटेकेको धेरै भयो
कस्ती भईन जन्मभूमि नदेखेको धेरै भयो
डाँडा काँडा पहरामा घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो नफेंकेको धेरै भयो
घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि
बाटो छेक्थ्यौँ जिस्किएर नछेकेको धेरै भयो
पकाउथ्यौँ मिलिजुली आपसमा प्रेम बाँड्दै
हाँसी हाँसी भुङ्ग्रे रोटी नसेकेको धेरै भयो
हृदयमा छचल्किन्छन अनगिन्ति यादहरू
लेखौँ भने मुटु पोल्छ नलेखेको धेरै भयो
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar