तिम्ले त्यो मन बारे पनि बस्ति अन्तै सारे पनि,
त्यो सम्झना मुटू मै छ तिम्ले माया मारे पनि ।

 

दोबाटो भो हाम्रो माया मिलन पछि छुट्नु पर्ने,
कस्तो पापी दैव पनि मै सोझोलाई लुट्नु पर्ने ।
जित्ने बाजी हारे पनि त्यो मन अन्तै नारे पनि,
त्यो सम्झना मुटू मै छ तिम्ले माया मारे पनि ।

 

भूल थियो भन्दिन म सपनाको बिस्कुन लाउनु,
अहो भाग्य ठानेकोछु सम्झनामा जिउन पाउनु ।
मेरो विश्वास झारे पनि खुशी पारी तारे पनि,
त्यो सम्झना मुटू मै छ तिम्ले माया मारे पनि ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *