ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् ।

Biswasdip-webमितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा), उपसचिवः देवेन्द्र खापुङ (नेपाल), आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान), आर्थिक सहसचिवः जीबन देवान (मलेशिया), सदस्यहरुमा डा. लेकनाथ काफ्ले (ताइवान), तीर्थ संगम राई (कतार), दीप दर्शन शाही (मलेशिया), नगेन्द्र इङनाम (अमेरिका) र गोविन्द गौतम (रसिया) निर्वाचित हुनु भएको छ ।

गत २८ जुन १३ का दिन सम्पन्न महासङ्घको केन्द्रीय भेलामा निर्वाचन आयुक्त मुरारीराज शर्मा (वेलायत) ले नवंनिर्वाचित पदाधिकारीहरुको घोषणा गर्नुभएको थियो । निर्वाचन आयोगले ७ जुन २०१३ भित्र उम्मेदवारको आब्हान गरेको थियो भने १५ जुन २०१३ भित्र उम्मेदवारी फिर्ता तथा बाँधा विरोधको कार्यक्रम प्रकाशित गरेको थियो । सहमतिमा उम्मेदवारी दर्ता भएको कारण बाँधा विरोध तथा उम्मेदवारी कसैको फिर्ता भएन ।

अध्यक्ष डा. मधु माधुर्य (रसिया) ले सभापतित्व गर्नुभएको कार्यक्रममा निर्वाचन आयुक्त शर्माले निर्वाचित पदाधिकारीहरुको घोषणा लगतै शफत ग्रहण गराई नवनिर्वाचित अध्यक्ष तिगेलालाई जिम्मेवारी हस्तान्तरण गर्दै अध्यक्षता गराएको थियो ।

नवनिर्वाचित अध्यक्ष तिगेलाले समितिका अन्य पदाधिकारीहरुलाई शफत ग्रहण गराउनु भएको थियो । उक्त समारोहमा पूर्व अध्यक्ष डा. माधुर्यले नयाँ नेतृत्वलाई शुभ कामना दिनुभएको थियो । साथै पूर्व उपाध्यक्ष तिलक मल्ल (जापान) ले अघिल्लो कार्यकालको समिक्षा गर्दै मन्तब्य राख्नु भएको थियो । आयुक्त शर्मा, हरी शिवाकोटि, सुरेन्द्र लिम्बु, गणेश खड्का, नम्रता गुरागाई, डा. कविताराम श्रेष्ठ लगायतले बधाई मन्तब्य राख्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रमलाई नवनिर्वाचित सचिव खगेन्द्र अधिकारीले संचालन गर्नुभएको थियो ।

महासङ्घ भित्र सिस्टम बसाउनको लागि यसपटक युवा साहित्यकारहरु अग्रसर बनेका हुन् । नेपाली साहित्यको लागि प्रभावकारी काम गर्ने नवनिर्वाचित अध्यक्ष तिगेलाले प्रतिवद्धता ब्यक्त गरे साथै निर्वाचन आयोग र अघिल्ला कार्यसमितिलाई पनि धन्यवाद ब्यक्त गरेका थिए । यस महासङ्घको विश्वभर ११ मुलुकमा १३ शाखाहरु विस्तार भएका छन् भने ३ बर्षको एक कार्यकाल रहने ब्यवस्था रहेको छ । पदपूर्ति हुन बाँकी पदमा नयाँ समितिले आगामी बैठकबाट चयन गर्ने बताइएको छ ।

CONFERENCE OF GLOBAL FEDERATION OF NEPALESE LITERATURE CONCLUDES ON FRIDAY

Kathmandu, June 29: The Central Conference of the Global Federation for Nepalese Literature on Friday has elected a new working committee under the chair of Biswasdip Tigela.

The vice-presidents of the newly elected committee are Sagar Shrestha (Saudi Arabia), Bed Dahal (America), Mani Rai ‘Gothale’ (Malaysia) and Surendra Limbu ‘Pardeshi’ (India).

Likewise, Samadarshi Kainla (General Secretary) from UAE, Khagendra Adhikari (Secretary) from Saudi Arabia were elected.

Organization Secretaries are Hari Shiwakoti (Canada), Devendra Khapung (Nepal), Finance Secretary Kedar Sanket (Afghanistan), and Assistant Finance Secretary Jiwan Dewan (Malaysia).

The members are Dr. Lekhnath Kafle (Taiwan), Tirtha Sangam Rai (Qatar), Dip Darshan Shahi (Malaysia), Nagendra Ingnam (America) and Govinda Gautam ( Russia). The conference was held under the chairmanship of Dr. Madhu Madhurya (Russia) former president of the federation.

With the objective of developing, extending and protecting the Nepali literature, the federation was formed on Asar 29, 2069 BS on the occasion of the birth anniversary of pioneer poet Bhanubhakta Acharya.

The federation has extended its 13 branches in different 11 countries across the world. RSS

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *