बिनोद खडका

सन २०१३, फेव्रुअरी, संघाई, चाईना ।
पहिले पहिले सानो छँदा आफ्नो घरको आँगनबाट देखिने काठमाण्डौ भ्याली वरिपरीका ठूला डाँडाहरु हेर्दै गर्दा त्यो डाँडाभन्दा पल्लापटिृको संसार कस्तो होला, त्यहाँका मान्छेहरु देख्नमा कस्ता होलान, के गर्दा हुन, के खाँदा हुन भन्ने अनेक खालका जीज्ञासाहरु पलाउथ्यो । ती डाँडाका टुप्पामा गएर डाँडापारीका यथार्थ चिहाउने रहर लागथ्यो । त्यहाँ पुगेर त्यहाँका वास्तविकताहरु चाख्ने रहरहरु पलाउथ्यो । त्यतिखेर त्यही नै परदेश जस्तो महशुस हुनथ्यो । समय चक्रमा घुम्दै जाँदा धेरै कुराहरु बुझ्यिो । भुगोलको छोटो मोटो अध्ययनले पृथ्वी सुन्तला आकारको छ भन्ने जानियो । यो जल र स्थलको संरचनामा बनेको छ, त्यहाँ थुप्रै देशहरु छन भन्ने सुन्दा ती देशहरु कसरी सुन्तला आकारको गोलो पृथ्वीबाट समुन्द्रमा झरेनन होला भन्ने खालका बालसुलभ जीज्ञासाहरुले पनि घेर्ने गथ्र्यो । निश्चय पनि पृथ्वीको संरचना मैले सोचे भन्दा निकै नै फरक रहेछ । बहुजातिय, बहुभाषिक, र देश महादेशहरुमा विभक्त यो पृथ्वीलाई मैले निकै सून्दर पाए ।
प्रकृतिबाट सबै देश महादेशहरुले केही न केही पाएका रहेछन । प्रकृतिले कसैलाई पनि अन्याय गरेको जस्तो लागेन । एसियादेखि युरोप, अफ्रिका, र उत्तर अमेरिकासम्मका मेरा छोटा भ्रमणहरुले मलाई ती देश तथा महादेशका सबैखाले भित्री यथार्थहरु बुझ्न मद्धत त गर्न सक्दैनन तैपनि मैले केही नयाँ कुराहरु त बुझे हुँला जस्तो मलाई लाग्छ । मैले बुझेका केही तथ्यहरुलाई नै आधार बनाएर मैले तीनका बारेमा निस्कर्ष निकाल्ने प्रयास गर्नु सही होईन भन्ने पनि मलाई लाग्छ । त्यसका लागी मैले शुरुमा नै सबै सम्बद्ध पक्षहरुसंग हार्दिक माफी माग्नुपर्छ । प्रकृतिको सून्दर संरचना मेरो आफ्नै देशको सर्व सून्दरतालाई अझै पूर्ण स्पर्स गर्न नसक्ने म नाथेले विदेशको बखान गरेर के फाईदा छ र । तैपनि मेरो लेखन भनेको त्यस्ता भ्रमणका कतिपय स्मरणिय कुराहरुलाई कापी र कलमका सहयोगले लेखाईमा कैद गर्ने मेरो एउटा सानो प्रयास मात्र हो । यस्तै अविश्मरणिय क्षणहरुको पंक्तिमा मेरो सन २०१३ को शुरुतिरको संघाईको भ्रमणताकाको एउटा साँझ मैले लेख्नै पर्ने भयो, आफ्नै सम्झनाकै लागि भए पनि ।
खोई किन हो किन मलाई कुनै पनि शहर केवल साँझको विजुली वत्तिको उज्यालोमा मात्र सून्दर लाग्छ । थाहा छैन किन मलाई यस्तो लाग्छ । दिनको उज्यालोमा त शहर थाके झै लाग्छ । एउटा थाकेको साँढे जो चौतारीको छेउमा बसेर उघ्राईरहेझै लाग्छ । दिनको उज्यालोमा केवल प्राकृतिक छटाहरुमात्र सून्दर लाग्छन । मैले क्यानडाको नियाग्रा फल्सलाई केवल रातको प्रकासमा मात्र देख्न सके तर दिनको उज्यालोमा त्यो पक्कै पनि मैले सोचेभन्दा ज्यादा सून्दर होला जस्तो मलाई लाग्छ । फेवा तालको किनारामा बसेर होस वा बिहानीको पहिलो किरणसंगै मैले सारांगकोटको डाँडाको टुप्पाबाट स्पर्श गरेको त्यहा वरिपरिका प्राकृतिक छटाहरुको सून्दरता होस, ती उत्कृष्ट र अतुलनिय छन भन्ने मलाई लाग्छ जुन रातको कृतिम उज्यालोमा पटक्कै भेटिदैनन । त्यसैगरी पोखराकै लेकसाईडको पर्यटकिय बजार मैले त केवल रातको प्रकाशमा मात्रै खुलेको पाए तर दिनको उज्यालोमा होईन । त्यसैले मलाई संघाईमा पनि केवल साँझकोे नै प्रतिक्षा गर्नु थियो तर दिनको होईन ।
मेरो पूर्व योजना अनुसार मलाई पुग्नु थियो संघाई शहरमा अवस्थित एउटा रंगिन र चम्किलो बजार जहाँ पछिल्लो पटक मैले थुप्रै पसलहरु र मान्छेहरुको अविरल भीड देखेको थिए तर बिबिध कारणहरुले गर्दा मैले पछिल्लो पटकको यात्रामा ती पसल र सपिंग मलहरुको आफुले चाहे जस्तो रसास्वादन गर्न सकेकोे थिईन । भन्ने नै हो भने मलाई पछिल्लो पटक त त्यो स्ट्र्टिको वास्तविक नाम पनि थाहा थिएन । त्यो पेडेस्ट्र्यिन स्ट्र्टि जहाँ स्ट्र्टिको दुबै साईडमा लामो बजार छ अनि बिचमा फराकिलो भाग जहाँ मान्छेहरुको भेल निरन्तर बगिरहेको हुन्छ । हो मलाई त्यही जानु थियो । झण्डै एक घण्टा भन्दा बढी समय खर्च गर्दा पनि मैले नक्सामा त्यो ठाँउ पत्ता लगाउन सकिन । सम्झनाका आधारमा मैले यति नै प्रश्न सोधे कि एप्पलको सोरुम कहाँ छ किनकि म जुन स्ट्र्टिको कुरा गर्दै थिए हो त्यही स्ट्र्टिको एक भागमा एप्पलको सोरुम थियो र जहाँ ग्राहकहरु ठूलो भीड लागेको थियो । होटेलकी एकजना महिला कर्मचारीले होटेलको ४३ औ तलाको झ्यालबाट एप्पलको सोरुमसम्म पुग्न सकिने बाटो देखाई दिईन । उनले बताएको बाटोलाई मैले कति बुझे कति बुझिन त्यो त मलाई नै थाहा छैन । चीनमा भाषाको समस्या त मैले मज्जासंग नै भोगिरहेकै थिए । मैले मेरो लक्ष बिन्दु पत्ता लगाउन सकौला भनेर रत्तिभर पनि सोचेको थिईन । तर पनि तीनले बताईदिए अनुसारको बाटो पहिल्याउँदै गएँ । टुमारो स्क्वायर पार गर्दासम्म मैले लक्ष बिन्दुसम्म पुग्न सक्ने आशा मारिसकेको थिए । शहर आफैमा बत्तिको झिलिमिलीमा रम्न थालिसकेको थियो । सायद शहरका थुप्रै बाँकी ठाँउहरु रातको पोल्टामा गई सके पनि शहरको यो पाटोमा भने रंगिन संसारले राज गरिरहेको थियो । सायद बुढो शहर हरेक साँझ झै आज पनि यौवनमा फर्कने तर्खरमा थियो ।
बिन्दास पाईलाहरु बढिरहेका थिए । पसल नै पसलहरुको यो क्षेत्र, कहिले यो पसलमा त कहिले त्यो पसलमा प्रवेस गर्दै सामानहरु हेर्दै म के खोज्दै थिए त्यो त मलाई पनि यकिनका साथ थाहा थिएन । तर पसलेहरुले भने मेरो प्रवेसलाई एउटा दरिलो ग्राहकको प्रवेसका रुपमा लिएको मैले महशुस गरेको थिए । मेरो उपस्थितीले उनीहरुको ध्यान खिचिरहेको थियो ।
म एउटा यस्तो ठाँउमा आईपुगे जहाँबाट म मेरा अगाडी थुप्रै स्ट्र्टिहरु देखिरहेको थिए । कुन स्ट्र्टिमा प्रवेस गर्ने कुनमा नगर्ने भनेर निर्णय गर्न मसंग कुनै आधारहरु नै थिएनन । मैले विना आधार नै  एउटा स्ट्र्टिलाई लक्ष बनाएर त्यतैतिर पाईला बढाए । यो स्ट्र्टि प्रवेस गर्दा नगर्दै स्ट्र्टिको प्रवेस विन्दुमा नै मैले एक हुल युवा युवतीहरुको अनौठो स्वागत पाई हाले । ती सबै मेरा सेवामा एकैपल्ट हाजिर भएका थिए । तीनिहरु भिन्दा भिन्दै समुहहरुसंग सम्बन्धित भए पनि सबैले लिएर आएको सेवाको प्रस्ताव भने एउटै खाले थियो । सुगा रटाई रटाईए झै सबै जनाको मुखमा एउटै कुरा थियो ।
“मसाज बाई ब्यटिफुल गर्ल, फुल मसाज, चीप रेट, वान्ली वान हण्ड्र्ेड । कम एण्ड सि ।”
“सर आर यु लुकिंग फर मसाज? मसाज बाई ब्यटिफुल गर्ल, फुल मसाज, चीप रेट, वान्ली वान हण्ड्र्ेड । कम एण्ड सि । जस्ट कम एण्ड सि ।”
उनीहरु मेरो बाटो छेकौला भने झै गरी मतिर हुर्रिएर आएका थिए । सायद म उनीहरुको सम्भावित ग्राहक थिए र उनीहरु मलाई सडकबाट सिधै उठाउन चाहन्छन । म एकछिन त निस्सासिए झै भए । मैले पनि नो नो नो को रट लगाउँदै उनीहरुलाई थर्काउँदै हुत्तिएर अगाडी बढे । म अगाडी पनि यस्तो स्ट्र्टिमा बढेछु कि जहाँ हरेक अर्को दश पाईलामा एउटा केटा वा केटी भेटिई हालथ्यो र उनीहरुको प्रस्ताब उही नै थियो । “मसाज बाई ब्यटिफुल गर्ल, फुल मसाज, चीप रेट, वान्ली वान हण्ड्र्ेड । कम एण्ड सि ।”
मलाई प्रस्ताव तेस्र्याउने तिनीहरुमध्येमा कोही कोही स्वंय यौन व्यावसायी वा देह व्यापारी थिए भने कोही तीनका दलालहरु । स्वंय देह व्यापारीहरुको प्रस्ताव भने अर्कै खालको थियो । उनीहरु भन्थे “कहाँ जाँदै छस?, के छ रातको कार्यक्रम?, म तयार छु तसंग जानका लागी, म तयार छु तलाई संघाई घुमाउनका लागी” आदि ईत्यादि । सायद आफ्नो उद्धेष्य उनीहरुको प्रश्तावसंग नमिलेर हो वा आफ्नो एक्लै घुम्ने रहरमा अरु कसैको अनावश्यक हस्तक्षेप भैरहेको जस्तो महशुस भएर हो, एक हिसाबले त साह्ै दिक्क पनि लाग्यो । साँझको यो यात्रालाई यही स्थगित गरेर फर्किन मन लागेको पनि हो । तर स्थगित गर्न पनि मैले सकिन बरु अरु हिम्मतका साथ अगाडी बढ्दै गए । अगाडी बढ्दै जाँने क्रममा मेरा स्मरणपटलमा अड्केका केही पुराना अबशेषहरु ताजा हुँदै आउन थाले । उही पसलहरु, त्यही बिना ट्र्याकको साना रेलगाडी, अनि त्यही सडके म्युजिसियनहरुको संगितका धुनहरु र तिनमै झुम्दै नाँचिरहेको मान्छेहरु ।  वास्तवमा यो उही स्ट्््रिट रहेछ जुन मैले खोजेको थिए जहाँ जान मैले चाहेको थिए । नानजिंग रोड । मन फुरुंग भयो । सबै थकाईहरु अनायासै हराए । अनि फेरी केही खोज्ने रहरहरु पलाउन थाले ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *