१०५ औं देवकोटा जयन्ती लन्डनमाjaya ddjaya ddjaya dd
अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठान बेलायतले १०५ औं देवकोटा जयन्ती एवम साहित्यिक अन्तर्कृया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा सस्थाका अध्यक्ष विकलचन्द्र आचार्य द्दावारा लिखित उपन्यास “मोह”को विशिष्ट अतिथी प्राडा.पारषमणि भन्डारी र प्राडा खगेन्द्रप्रसाद लुईटेलले संयुक्त रुपमा विमोचन गर्नु भयो । त्यसै गरि उहाँहरुले वोर्ड अफ् ट्रष्टिका अध्यक्ष खगेन्द्र पाठक द्दावारा स्थापित डायस्पोरिक पुस्तकालयको पनि उत्घाटन गर्नु भयो । विशिष्ट अतिथि द्दवय प्राडा.भन्डारी र प्राडा.लुईटेल एवम विशेष अतितिथी हरिभक्त बुढाथोकीलाई सस्थाको तर्फबाट खदा तथा मायाका चिनो प्रदान गरिएको थियो ।
विशेष अतिथि द्दारा पानसमा बत्ती बाली कार्यक्रमको सुरुवात संगसगै उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्य प्रेमीहरुद्दारा देवकोटोको तस्विरमा माल्यार्पण गरिएको थियो । सस्थाका उपाध्यक्ष किरण टी लिम्बुले स्वाग मन्तय दिनु भएको थियो । त्यसै गरि उपाध्यक्षय गोपीकृष्ण प्रसाईले देवकोटाको जीवनी वक्तित्व, कृतित्वको बारेमा चर्चा गर्र्दै देवकोटा विश्व कवि भएको व्यहोरा प्रस्तुत गर्नु भयो । साथै उहाँले विमोचित कृति “मोह” डायस्पोरिक भएको र डायस्पोरामा घटेका जीवन्त पाटाहरुलाई मार्मिक ढंगले सजिवरुपमा उतार्न सफल भएको बताउनु भयो । वोर्ड अप्m ट्रष्टिका अध्यक्ष खगेन्द्र पाठकले सस्थाको गतिविधि र भावि योजना बारेमा मन्तव्य दिनुभयो । त्यसै गरि उहाँले भर्खरै स्थापित पुस्तकालयले बेलायती नेपाली डायस्पोरामा नेपाली भाषा, साहित्य र सस्कृती एवम् परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । सस्थाका कोषाध्यक्ष गोपी सापकोटाले अनुवाद साहित्यको वर्तमान अवस्थाका बारेमा जानकारी दिदै प्रकासनको जटिल अवस्थाका बारेमा रोचक ढंगले चिरफार गर्नु भएको थियो । भने महिला फाँटकी संयोजक शान्ता संग्रौला र सल्लाहकार सुमल कुमार गुरुगले आप्mनो साहित्यिक अनुभव बताउदै कविता बाचन गर्नु भयो । महासचिव जया राईले वांगमयका भावि प्रकासन र प्रकासित कृतीबारे आफ्नो अवधारणा राख्दै वर्तमान अवस्थाको प्रगति बारेमा मन्तव्य दिनु भयो । त्यसै गरि, विशेष अतिथी गीतकार बुढाथोकीले डायस्पोरामा नयाँ नेपाल बनिएको देख्दा आपूm हर्षीत भएको कुरा बताउनु भयो । विशिष्ट अतिथी प्रा.डा पारषमणि भन्डारीले देवकोटाको साहित्यिक जीवनको सम्पूर्ण इतिहास र नेपाली साहित्यमा दीर्घकालिन रुपमा छोड्न सक्ने अमिट छापहरु सम्बन्धी चर्चा गर्दै देवकोटाका जीवनका कतिपय महत्वपूर्ण पक्षहरु समेत उजागर गरेर आफ्नो अर्थपूर्ण कार्यापत्र प्रस्तुत गर्नु भयो । त्यसै गरि अर्का विशिष्ट अतिथी प्राडा खगेन्द्र लुईटेलले डायस्पोरा विषयमा केन्द्रित भई, डायस्पोरा सम्बन्धी उठेका सवालहरुलाई सटिक रुपमा समाधान गर्दै नेपाली डायस्पोराको आजको संदर्भमा नयाँ सिराबाट, नयाँ परिभाषा खोज्नु पर्ने कुरा औल्याउनु भयो ।
समारोहमा नेपाली साहित्य विकास परिषदका संस्थापक महासचिव सुरेशजंग शाहाले यस्ता खालका महत्वपूर्ण कार्यक्रमहरुको वेलायती नेपाली समुदायमा सक्त जारुरी भएको र यी छलफलहरुले यहाँका सर्जहरु लाभान्वित हुने बताउनु भयो । कुस बस्नेत र बयोवृद्द समाजसेवी सर्जक भीम संग्रौलाले पनि आफ्नो जीवनका भोगाईहरुलाई साहित्यिक रुपमा पस्कनु भएको थियो । कार्यक्रममा बाल साहित्य फाँटका संयोजक विनोद न्यौपाने, सदस्य लय प्रसाई, पुन्यप्रसाद सुबेदीले आफनो मन्तव्य सहित कविता बाचन गर्नु भयो । कविता बाचन गर्ने अन्य कविहरुमा किरण टी लिम्बु,सावी श्रेष्ठ, गोकुल भन्डारी, मन्जु भन्डारी, निरज मास्के,सुरेशजंग शाह बाल साहित्यकार प्रज्वल प्रसाईले अंग्रेजीमा मिठो बाल कबिता सुनाएर हल गुंजयमान भएको थियो ।
संस्थाका अध्यक्ष विकलचन्द्र आचार्यले नेपाली वांंगमयको उत्थानमा अनेवा निरन्तर लागिरहेको र डायस्पोरामा बसेर नेपाली वांगमयको श्रीवृद्दि गर्न त्रिविविमा डायस्पोरिक लाईब्रेरी, अनेवा पुरस्कार एवम, प्रकासन र अनुवाद साहित्यमा जोड दिएर नयाँ श्रृखला थपेको बताउनु भयो ।
कार्यक्रम २७ अक्टुबर ०१३ आइतबारका दिन साउथ लन्डन कलेज विल्विचमा दिउसो तीनबजे देखि नौ बजे सम्म चलेको थियो । कार्यक्रम संचालन पहिलो र दोश्रो चरणमा क्रमस जया राई र गोपीकृष्ण प्रसाईंले गर्न भएको थियो । पानी र जुसको सौजन्यता कैलास रेस्टरेन्टबाट भएको र खानाको व्यवस्थापन कुस बस्नेतबाट भएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *