गोपाल देवान

हिन्दु पौराणिक कथाअनुसार देवतागणको विधान नमानेबापत् वा देउता गणका मानिसलाई दुःख दिएबापत ब्रम्हा, विष्णु र महेश्वर (हिन्दूकरण गरिएका किरातेश्वर, पारोहाङ) को त्रिशक्तिद्वारा निर्मित नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री) ले असुर (अनार्य.आदिवासी) योद्धा महिषासुरलाई वध गरेको हँुदा देउता गणले विजयोत्सवको रुपमा ‘दशैँ’ चाड मनाउँदै आएको प्रचार गरिएको छ । नवदुर्गाको आराधना गरी दशौं दिनमा रामद्वारा ‘रावणको वध’ गरिएको अर्को कथा पनि ‘दशैँ वा विजया दशमी’ को प्रसङ्गमा जोडिने गरिन्छ । ‘हिन्दूहरुको एकमात्र महान् चाड’ को रुपमा रहेको दशैँलाई राज्यशक्तिको प्रयोग गरी खस–आर्यजातीय अन्धराष्ट्रवादी÷ब्राम्हणवादी हिन्दू शासक वर्गले सबै नेपालीहरु (आदिवासी जनजातिहरुलाई समेत) लाई जबर्जस्ती सो ‘दशैँ’ लादेर ल्याएको हो । यहीँ कारण २०४६ सालको परिवर्तनपश्चात् सदियौँदेखि आफ्नो राज्य, भाषा, संस्कृति, धर्मबाट बञ्चित आदिवासी जनजातिहरुले ‘दशैँलाई बहिष्कार’ गर्ने अभियान पूर्वबाट थाले । आदिवासी जनजातिहरुले ‘दशैँ’ आदिवासी जनजातिको नभई ‘हिन्दूधर्मावलम्वी आर्यजातीय चाड’ भएको भन्दै बहिष्कार गर्दै आएका छन्, जसलाई हिन्दूधर्म–संस्कृतिको विशेषाधिकारयुक्त एकाधिकारविरुद्धको ‘धार्मिक वा सांस्कृतिक विद्रोह’ मान्न सकिन्छ । पूर्वका आदिवासी जनजातिहरुले ‘दशैँ’ बहिष्कार गर्न थालेपछि अहिले यो राष्ट्रिय–अन्तर्राष्ट्रियव्यापी बन्न पुगेको छ ।

यस सन्दर्भमा दशैँको बारेमा यो कसको चाड हो ? कहिलेदेखि, कसरी पूर्वीक्षेत्र अर्थात् किरात प्रदेशमा प्रचलित भयो र यसलाई बहिष्कार गर्ने कुरा कतिको तर्क एवं तथ्यसङ्गत छ ? भन्ने कुरा छ्यान–ब्यान गर्न यहा“ आवश्यक ठानिएको छ । दशैँको छ्यानब्यान गर्नुअघि के कुरा बुझ्न जरुरी छ भने पूर्वका आदिवासी जनजातिहरु भन्नाले मूलतः किरात हुन् । पहिलेको सभ्यतासूचक मानिने ‘किरात’ को अर्थ खुम्चिएर हाल जातिवाचक हुनुका साथै यसअन्र्तगत नेपालका सुनुवार, याक्खा, राई र लिम्बूले मात्रै घोषित रुपमा आफूलाई स्वीकारेका छन्, बाँकी बौद्ध धर्मावलम्बी र भारोपेली भाषी हुन पुगेका छन् । यो कुरा भारतका प्रसिद्ध प्रगतिवादी विचारक, विद्वान, यायावर पण्डित राहुल सांस्कृत्यायनले समेत प्रष्ट्याउनु भएको छ । उहाँका अनुसार ‘हिमाली जातिहरुको भाषा तथा अन्य कुराहरुको अध्ययनबाट के थाह हुन्छ भने हिमालय र त्यस क्षेत्रमा पञ्जाबदेखि काश्मीरसम्म बसोबास गर्ने आदिवासी किरात थिए, जो पूर्वमा आसाम, वर्मा हँुदै कम्बुज (कम्बोडिया) साथै फैलदै गए ।….पहाडका किरात (लाहुल, मिलाणा (कुल्लु भारत), कनोर (किन्नर) मरिछा (गढवाल), मगर, गुरुङ, सुनुवार, तामाङ, नेवार, राई, लिम्बू, याखा (याक्खा–कलमी), लेप्चा (सिक्किम) ले आफ्नो भाषा बोल्दछन्, तर तराईका किरातले आफ्नो मातृभाषा बिर्सेर दक्षिणी छिमेकीको भाषा (भारोेपेली–कलमी) भाषा बोल्दछ, त्यहीं थारु जाति हो ।’१

किरातबारे यति संक्षिप्त जानकारीपछि अब जाउँ, दशैँ चाड कसको हो ? यो चाड ‘किरात चाड’ हो कि हैन र यो नेपालमा कहिलेदेखि कसरी प्रचलित भयो ? भन्नेबारे ऐतिहासिक विश्लेषण गरौ“ । सबैभन्दा पहिले हिन्दू पौराणिक कथाका अधारमा सोही धर्मानुकूलको विधिविधान अपनाइने दशैँलाई यो ‘किरात चाड’ हैन भनेर शुरुमै किटानीसाथ बुझ्दा हुन्छ । तर, दशैँंमा लगाइने ‘टीका’ र ‘मातृशक्ति पूजा’ले यो चाड विवादास्पद भने भएको छ र यसमा यदाकदा ‘किरात आभास’ मिसिएको पाउन सकिन्छ । तर, गाँठी कुरा भनेको हिन्दूकरणको सवाल हो । यो पूर्णतया हिन्दूकृत र हिन्दूधर्मद्वारा अनुप्राणित चाड हो, जसमा मातृसत्ता र महिलालाई समान दृष्टिले हेर्ने आदिवासीय किरात प्रवृत्ति, संस्कार र भावना अभिनिहित भने रहेको छ । त्यसैले दशैँलाई बहिष्कार गर्दा वा विश्लेषण गर्दा यसको स्वरुपलाई केलाउन आवश्यक छ ।

रातो रङ्गबाहेक आदिवासी जनजातिहरुले दशँैमा लगाउने दही–चामलको सेतो टीकामा उभौली–उधौलीको ‘अन्नपूजा’को प्रभाव वा लक्षण रहेको पाउन सकिन्छ अर्थात् त्यहाँसम्म दशँैलाई कृषि मूलपेशाधारी भूमिसन्तान किरातहरुको चाडको रुपमा मान्न सकिएला । त्यस्तै, मातृशक्ति वा सत्ताको पूजा गरिने कुरा पनि किरातीय नै देखिन्छ । तर, त्यतिकै आधारमा कविताराम श्रेष्ठले२ ‘दशैँ’लाई ‘किरात चाड’ नै भन्ने दलील गर्नु कुनै महिलासँग आफ्नो आमाको अलिकति अनुहार मिल्छ भन्दैमा उसलाई आफ्नै आमा मान्नु बराबर हो तर त्यसो गर्न सकिंदैन । त्यसमा पनि ‘दुर्गा देवी’ लाई असुर जाति महिषासुर, शुम्भ, निशुम्भजस्ता आदिवासी योद्धाहरुलाई मारेको हिन्दू आर्य मिथक उनेर फूलको होइन, काउछोको माला बनाइएको दशैँलाई स्वीकार गर्नु आदिवासी जनजातिहरुले स्वअस्तित्वमाथि नै बञ्चरो प्रहार गर्नुसरह हो ।

असुर, अनार्य, दानव, दैत्यहरुलाई नै किन किराती वा जनजातिहरुले आफ्ना पूर्वज मानेर आफूलाई ‘राक्षसको सन्तान’ भन्न रुचाउँछन् ? भन्ने प्रश्न अक्सर उठाउने गरिन्छ वा उठाएको पाइन्छ । यससम्बन्धमा पनि प्रष्ट हुनु जरुरी छ । हिन्दूधर्मका यजुर्वेद, अथर्ववेद र वैदिक साहित्यिक कृतिहरुमा असुरहरुले आर्यहरुविरुद्ध लडाइँ लडेको हुनाले यिनीहरुलाई आर्यहरुले प्रेत (शैतान, राक्षस) जस्तै कुकर्मी भएको सोचाई राखेको कुरा  पृष्ट नं. २३१ मा उल्लेख गरिएको कुरालाई मध्येनजर गर्दा आज ‘असुर’ वा ‘दानव’ भनिएका प्राचीन आदिवासीहरु नै भएको पुष्टि हुन्छ ।३

त्यस्तै, नेपालका प्रसिद्ध नृवंश विद्वान जनकलाल शर्माले ‘त्रिगर्त अर्थात् काँगडा उपत्यकामा किराती जातिको अनेक अश्वमयी किल्ला भएको र त्यसमध्ये आर्यहरुले लुटेर लिएको वर्णन ऋग्वेदको छैठौँ मण्डलको सत्चालिसौँ सूक्तको दोस्रो, एक्काइसौँ र बाइसौँ मन्त्रमा स्पष्टसँग उल्लेख भएको’ बताउनुभएको छ । उहाँका अनुसार ऋग्वेदमा प्रयुक्त ‘किलात’ (किरात) तथा ‘आकुलि’ असुरका पुरोहितलाई भनिन्थ्यो भन्ने कुराको उल्लेख शतपथब्राम्हण, मैत्रायणी संहिता, काठकसंहिता त्तैत्तरीय संहितामा आउँछ र किरातहरु पनि ‘असुर’ थिए भन्ने कुरामा कुनै सन्देह छैन । उहाँ अगाडि भन्नुहुन्छ, “ईसाको एघारौँ शताब्दीसम्म काँगडा उपत्यकाको वैजनाथलाई ‘किरग्राम’ भनिन्थ्यो भन्ने कुरा त्यहीँको शिलालेखले बताउँछ । ‘किर’ शब्दले मूल अर्थमा सुँगुरलाई बुझाउँछ । ……….वैजनाथको शिलालेखमा प्रयोग गरिएको ‘किरग्राम’ मा ‘किर’ शब्द किरातको छोटकरी रुप हो । कारण सुँगुरको               गाउ“ हु“दैन, पाल्नेको गाउँ हुन्छ । यहाँ किरग्राम भन्नाले किरातको गाउँ संिझनु पर्छ । ‘किर’ अर्थात् किरातहरु आर्यका लागि दस्यु (असुर), दुश्मन थिए ।”४

उपर्युक्त भनाइहरुले एकातिर आर्यहरुले बलात् किरातहरुको किल्लाहरुमाथि आक्रमण गरेर लुटपाट मच्चाएको र अर्कोतिर आफ्ना स्वार्थलाई टक्कर दिने वा आफ्ना समूहको हित र अस्तित्वका लागि लड्नहरुलाई उल्टै असुर, दस्यु र दुश्मनजस्ता कुविशेषणहरु जथाभावी दोषारोपित गरेको प्रष्ट हुन्छ र यसबाट के सिद्ध हुन्छ भने आर्यहरुले ‘वध’ वा ‘हत्या’ गरेका ‘असुरहरु’ भनेका उस कालका ‘किरात’ वा ‘आदिवासीहरु’ नै हुन् ।

अब नेपालमा दशैँ कहिलेदेखि प्रारम्भ भयो र कसरी नेपालभरि फैलाइयो ? भन्ने बारेमा लुकाइएका इतिहासको उत्खननतर्फ लागौँ † नेपालमा दशै“को उत्पत्तिलाई हेर्दा लिच्छिवी कालमै यो चाड भित्रिएको देखिन्छ । तर त्यो बेला यो चाड अहिलेको जस्तो वृहत् थिएन । किरात इतिहासविद् दुर्गाहाङ याक्खा राईका अनुसार ‘हिन्दूस्तानमा ३ देखि साढे ५ ई. शदीसम्ममा लिच्छिवीहरुको समकालिन शासकहरु प्रतापी गुप्त सम्राटहरुको देखासिकी नेपालमा दुरुस्त उतारेका थिए ।….लिच्छिवीकालिन नेपालको इतिहासलाई सिंहावलोकन गर्ने हो भने कतिपय लिच्छिवीकालिन धार्मिक तथा सांस्कृतिक परम्परा आजसम्मै जीवन्त छन्, तीमध्ये दशैँ एक हो । भारतेली गुप्त कालमा सिर्जित नारी र अस्त्रशक्ति उपासनाको नया“ अवधारणालाई ‘देवी दुर्गा’ पूजनको अर्थमा रुपान्तरित भएको छ ।’५

यसरी लिच्छिवी कालमा भित्रिएको दशँैैं आजको जस्तो भने पक्कै थिएन । आजको रुप त पृथ्वीनारायण शाहले नेपालमा तथाकथित एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार गर्नेे क्रममा वि.सं.१८२५ मा काठमाडौं खाल्डो (किरात भाषामा ‘यलाखोम’) माथि कब्जा जमाएपछि मात्र सिर्जना गरिएको हो । गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा वि.सं. १८३० मा किरात प्रदेशमाथि आक्रमण गरेपछि गोर्खाली शाह राजाखलकको ‘आराध्य इष्टदेवी’को रुपमा रहेको ‘दुर्गा देवी’ लाई ‘राष्ट्रिय देवी’ को रुपमा स्थापित गर्दै ‘दशँै चाड’लाई राज्यशक्तिको बलमा सर्वत्र विस्तार गर्दै लादिएको हो ।

राजा पृथ्वीनारायण शाहले वि.सं.१८३१ आश्विन वदी १० मा पूर्वी किरात हान्न खटिएका अभिमानसिंह बस्नेतलाई लेखिएको पत्रको शिरानमा ‘श्री दुर्गा सहायक’ उल्लेख गरिएकोले ‘दुर्गा देवी (भवानी)’ शाह राजखलकको ‘इष्टदेवी’ भएको प्रष्टिन्छ । दुर्गादेवी र दशँैैं चाड पनि राजेन्द्र शाहले पृथ्वी नारायण शाहकै शासनकालदेखि स्थानीय प्रशासनक ‘एजेन्ट’ बनाई राखिएका वल्लो र माझ किरात प्रदेशका अमाली राई, मझिया, थरी, मुखिया, जिमीदार, तालुकदार आदि र पल्लो किरात प्रदेशका लिम्बू ‘सुब्बा’लाई बडादशँमा पशुपंक्षीको मार हानी दुर्गा पूजा गर्न प्रलोभनसहित लालमोहर गरिदिएका थिए । वि.सं.१८७७ मा गरिएको सो लालमोहरमा माझ किरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा सित्तैमा खेताला पात), बेगार (ज्याला नदिई लगाइने काम) ‘सिसार’ आदि सित्तैमा उपभोग गर्न पाउने व्यवस्था गर्दै एक ठाउूमा लेखिएको छ, “…गाउ“ १ को दशै“मा भेडामार (पगरी राईले ४ माना, रैती राईले १ मानाका दरले अमाली राईलाई बुझाउनु पर्ने दस्तुर) वलकका बोको १ को रुपया १, खाँड पूजा (दशै“) को घरही चावल माना १ का हिसाबले अमालीलाई तिर्नु………..।’६

यसरी किरात भूमिमा स्थानीय प्रशासनिक ‘एजेण्ट’ किरातहरु (राई अमाली र सुब्बा) हरुलाई प्रलोभन देखाएर प्रयोग गर्दै दशँ चाड फैलाउने कार्य गरिएको थियो । यसबाट गोर्खाली राजाको ‘फुटाउ र शासन गर’ भन्ने सिद्धान्त अनुरुप ‘हिन्दूकृत दशँैं किरात प्रदेशमा फैलाउने काम सफल भयो । यसमा हाम्रा पुर्खाहरुको पनि गल्ती देखिन्छ, उनीहरुले पृथ्वीनारायणका विभिन्न पगरी र पदको लोभमा फसेर दशँैलाई फैलाउने काममा सहयोग गरेका थिए । यसरी गोर्खाली शाह राजाहरुको कालमा किरात प्रदेशमा हिन्दू चाड, दशँैं प्रलोभनका आधारमा फैलाउने षड्यन्त्र भए पनि प्रकृतिपूजक किरातहरुले त्यसलाई पूर्णरुपमा स्वीकार गरिसकेका थिएनन् । जब नेपाली राजनीतिक इतिहासमा १९०३ को कोतपर्वको घटना घट्यो र त्यसको रक्तरञ्जित आहालबाट निरङकुश श्री ३ जंगबहादुर राणाको उदय भयो, त्यसपछि किरात प्रदेशलाई हिन्दूकरण गर्ने र हिन्दू चाड दशै“लाई राज्यशक्तिको बलमा खूनी तवरले लाद्ने कामलाई तीव्रतर पारियो । गोर्खाली शाह राजाहरुले प्रलोभनका आधारमा ‘राई अमाली’ र ‘सुब्बा’ हरुमार्फत् ‘खाँडपूजा’को रुपमा दशँैलाई किरात प्रदेशमा भित्र्याइए पनि त्यसको विरोध किरातहरुले गरिरहेका थिए । त्यसको ऐतिहासिक घटनारुपी प्रमाणको रुपमा ‘छथर थुम’ धनकुटाका अठपहरे राईहरुले “दशँैं हामी किरातीहरुको चाड हैन, हामी दशँै मान्दैनौ” भनी बहिष्कार गर्दा त्यसरी त्यतिबेलै दशँै बहिष्कार गर्ने अभियानको नेतृत्व गर्ने दुई किराती नेताहरु ‘रामलीहाङ र रिदामा’लाई जंगबहादुरका ‘तिलङ्गा सेना’ (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटा लगाउने तत्कालिन अत्याचारी सीपाही) हरुले हत्या गरेका थिए ।७
यो घटनापछि ‘तिलङ्गा’हरुले दुई किरात शहीदहरुको रगतले घरको भित्ता वा ढोकामा ‘पञ्जाछाप’ अंकित गर्दै दशँैलाई अनिवार्य रुपमा मानी टीका चलाउने र प्रत्येक दशँैमा दशँै मानेको प्रमाण वा सूचनास्वरुप घरको भित्ता वा ढोकामा कुनै पशुपंक्षी मार हानी त्यसको रगतले ‘पञ्जाछाप’ लाउनुपर्ने उर्दी जारी गरेका थिए । सो घटनापछि नै बोका र अन्य पशुपंक्षी काटेर घरको भित्तामा ‘पञ्जाछाप’ लगाउने चलन चलेको हो । कतिपय गाउँमा ‘पञ्जाछाप’ मात्रै होइन, पाउ (खुट्टा) को रक्तछापसमेत लगाई ‘दशँै मनाएको’ प्रमाण देखाइनुपर्ने उर्दी गरिएको थियो । उर्दी नमानेमा दशँै बहिष्कारवादी दुई किरात शहीदहरुको नियति भोग्नुपर्ने कुरा पनि उर्दीमा जनाइएको थियो । ‘तिलङ्गाहरु’ को भयको प्रभाव अझै पनि किरात प्रदेशका घरहरुमा दशँैमा मार हानेका पशुपंक्षीहरुको रगतको ‘पञ्जाछाप’ लगाउने प्रचलन यदाकदा देख्न सकिन्छ । यस्तै किसिमको घटनासँग सादृश्य राख्ने अर्को घटना गोर्खाली राजा द्रव्य शाहले लिगलिग कोट विजय गर्दा घटित भएको मगरहरु बताउूछन् । राजा हुने दौड प्रतियोगितामा सम्लग्न भएका सोझा सीधा मगरहरुमाथि अचानक आक्रमण गरेर द्रव्य शाहका सेनाहरुले मगर योद्धाहरुलाई मारेर राज्य हत्याएका थिए र मगर योद्धाहरुको रगतमा चामल मुछी ‘रातोटीका’ लगाई ‘खाँडपूजा’ (दशँैको पूर्व रुप) मान्दै विजयोत्सव मनाएका थिए । त्यहीँ कारण मगरहरुले दशँैमा अद्यापि आफ्ना पूर्खाहरुको रगतले मुछिएको प्रतीकस्वरुपको ‘रातोटीका’ लगाउँदैनन्, त्यसको सट्टा ‘सेतोटीका’ लगाउँदै आएका छन् ।

माथिका यावत् चर्चा÷परिचर्चा तथा ऐतिहासिक तथ्य प्रमाणहरुलाई दृष्टिगत गर्दा ‘बडाददशँै’ वा ‘दशँै’ं किरात चाड नभएको पुष्टि हुन्छ । अरु तार्किक आधारहरु पनि छन्, यसमा । जस्तो कि नेपालको शाह वंशीय दशै“ र भारतको दश“ैंमा भिन्नता । भारतमा ‘दशहरा’को रुपमा मनाउने दशँैमा हिन्दू पौराणिक कथा समान भए तापनि भारतमा ‘टीका’ लाउने र ‘मार’ हान्ने प्रचलन छैन । यसले के देखाउ“छ भने यो चाड अस्त्रशक्ति पूजाको रुपमा भए पनि शाहवंशीय राज्य विस्तारको क्रममा आदिवासी जनजातिहरुमाथि भएका आक्रमणहरुलाई समेत समावेश गर्दै दशँैलाई हिंसात्मक बनाई किरात प्रदेशमा लादिएको थियो । तर किरात धर्मको अन्नपूजा (उधौली–उभौली) र अग्रज पुर्खालाई आदर, सम्मान र आसिरवाद लिने किरात संस्कारलाई पनि समावेश गर्दै गएका थिए । इतिहास शिरोमणि बाबुराम आचार्यले मकवानपुरमा मुकुन्द सेनले राज्य गरेको अवस्थासम्म पूर्वी नेपालमा एकजना पनि बाहुन–क्षेत्रीले पाइला नटेकेको कुरा “पृथ्वीनारायण शाहको जीवनी”मा उल्लेख गरेका छन् ।८

यो कथन र किरात चौतरिया (प्रधानमन्त्री) हुने र ‘राय’ उपाधिधारी हिन्दू सेनराजाहरुको किरातकालिन इतिहासमा पनि कहीँ कतै दशैँंको उल्लेख नहुनुले पनि दशैँं हिन्दूधर्मावलम्वी शाहवंशीय राज परम्पराको भएको र तथाकथित एकीकरणको नाममा आन्तरिक उपनिवेश विस्तार (राज्य विस्तार) सँगै किरात प्रदेशमाथि लादिएको प्रष्ट हुन्छ । दशैँ किरात अथवा नेपालका आदिवासी जनजातिको चाड नभई हिन्दू शाहवंशीय राजाको हो भन्ने कुराको प्रमाणको रुपमा उनीहरुको पुरानो राज्यस्थित गोर्खा दरबारबाट फूलपातीको दिन जमरा र फूलपाती बाजागाजाका साथ ‘बढाई’ गर्दै नारायणहिटी दरबारमा ल्याइने परम्परालाई उभ्याउन सकिन्छ ।

दशैँ चाड किरातहरुको होइन भन्ने कुराको सबैभन्दा द¥हो प्रमाणको रुपमा किरात मुन्धुमलाई लिन सकिन्छ । किरातहरुको जीवनदर्शन, इतिहास र धर्मआचारणको सङ्ग्रह मानिने ‘मुन्धुम’ (श्रुतिवेद) मा दशैँंको कहीँ कतै उल्लेख छैन । विद्वान लेखक बैरागी काइला ‘मुन्धुम’को सम्बन्धमा यसो भन्नुहुन्छ, “मुन्धुम सामाजिक र धार्मिक चलन व्यवहारमा समानता तथा सृष्टि, उत्पत्ति, पापाचार, दुराचार, इष्र्या र आ“खीडाहीका आख्यान र श्रुति परम्परामात्रै होइन, यसले किरातहरुको जन्म, विवाह र मृत्युका कर्मकाण्ड वा संस्कार–विधिमा नजीकको समानता राख्दछ । …युगौंदेखि परम्परागत रुपमा सुन्दै जातीय स्मृति गर्दै आएका मिथक, आख्यान र गाथाहरु केवल कल्पनालोकको कुरामात्र नभएर भएकै सत्यघटनाहरुको श्रृंखलाबद्ध घटनावली हो, मुन्धुम ।”९ यस्तो महत्वको र किरात जीवनदर्शन र धर्मआचरणको दस्तावेज ‘मुन्धुम’मा कहीँ कतै ‘दशै“’ को उल्लेख छैन भने दशैँलाई ठोकुवाका साथ ‘किरात चाड’ होइन भन्न सकिन्छ । तर, यो ‘किरात चाड’ नभए तापनि यसलाई मान्ने धार्मिक आस्थाका मान्छेहरु, नेपालीहरु छन्, उनीहरुलाई दशै“ मान्ने स्वतन्त्रता छ । त्यसमा जातीय समानता र सम्मान अनि आप्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनु हुँदैन भन्ने लोकतान्त्रिक सिद्धान्तको अनुसरण भने गर्नु पर्दछ । तर अहिलेको समयमा राज्यपक्षले पनि ‘दशैँं’लाई मात्र एकाधिकार वा विशेषाधिकार दिने विभेदकारी नीति परित्याग गर्नु पर्दछ । दशैँझैं नेपालमा मनाइने आदिवासी जनजातिका सबै चाडहरुलाई पनि उत्तिकै महत्वका साथ फैलने वातावरण दिनु आवश्यक छ । यसो भएमा मात्र नेपालका आदिवासी जनजातिहरुको स्वपहिचानसहित देशको संस्कृतिमा मूलप्रवाहीकरण हुन सक्छ र नेपाल वास्तविकरुपमा सबै जातिको फूलबारी बन्न पुग्छ अन्यथा दिवंगत आदिवासी विद्वान तथा इतिहासविद डा. हर्क गुरुङले भन्नु भएजस्तै ‘दुई जाति’हरुमात्रै ‘फूल’ र बा“की (आदिवासी जनजातिहरु) ‘झारपात’ हुने स्थिति नै रहनेछ र त्यसले नेपालको ‘राष्ट्र’ र ‘राष्ट्रियता’ नै कमजोर बन्न पुग्नेछ ।

सन्दर्भ सूचि
१. सूचना विभागद्वारा प्रकाशित ‘मेचीदेखि महाकालीसम्म’ पुस्तकको पृष्ठ ६७९ मा उल्लेखित पं. राहुल सांकृत्यायनको उद्धरण ।
२. कविताराम श्रेष्ठ, कान्तिपुरमा प्रकाशित लेख, २०५९, शीर्षक(‘दशैै“ किरातहरुकै चाड हो”
३. सि.एम. देवान, “याखा कविलाका किरात लाम्बिछोङ खलकको बंशावली”, मुगा, धनकुटा, २०५६,
४. जनकलाल शर्मा, “हाम्रो समाज एक अध्ययन”, प्रकाशक–साझा प्रकाशन, काठमाडौं, २०३९,
५. दुर्गाहाङ याक्खा राई “ब्राम्हणवादविरुद्ध जनजातिंउत्पीडित वर्ग”,  २०५३
६. उही..,  दुर्गाहाङ याक्खा राई “ब्राम्हणवाद विरुद्ध जनजाति +उत्पीडित वर्ग”
७. क्रान्ति सुब्बा+शुभचन्द्र राई, यलम्बर त्रैमासिक, धरान असोज २०४८ ।
८.  सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बू, भूपेन्द्रनाथ शर्मा ढुंगेल, संक्षिप्त नेपाल इतिहास, २०४७
९. वैरागी काइला, सिक्किमबाट प्रकाशित ‘निर्माण’ पत्रिका (संस्कृति विशेषाङ्क, लेखको शीर्षक–“मुन्धुम”)

(देवान, आदिवासी मानवअधिकार प्रतिरक्षक, लाहुर्निपका हुन् ।)

– See more at: http://kiratsansar.com/%E0%A4%A6%E0%A4%B8%E0%A5%88%E0%A4%82-%E0%A4%95%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%A4-%E0%A4%9A%E0%A4%BE%E0%A4%A1-%E0%A4%B9%E0%A5%8B%E0%A4%87%E0%A4%A8/#sthash.fOP7nxtm.JAbrvlEJ.dpuf

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *