When I born, I Black कविताको समीक्षा

हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौं । न त व्यवहार पढ्छौं न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउछौं र त्यसैलाई कविता भन्छौं । तर,
केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती शब्दमा विरोध जनाएपछि उनीहरूलाई अश्वेत जाति भनिन थालियो । फेरि अश्वेतभन्दा पनि हुनुपर्ने चाहिँ श्वेत थियो तर दुर्भाग्यवश अश्वेत भयो । मूलधार चाहिँ श्वेत नै हो भन्ने अर्थ लाग्छ भनेर उनीहरूलाई औपचारिक रूपमै मानव अधिकारको मान्यताअनुसार अपमान नहोस् भनेर ‘कलर्ड’ भन्न थालियो । ‘कलर्ड पिपुल’ अर्थात् रंगिन मान्छेहरू भनेपछि सम्मान गरिएको ठानिन्थ्यो । तर, जब एउटा सानो अफ्रिकन फुच्चेले आफ्नो भावना कवितामा लेख्यो तब ‘कलर्ड पिपुल’ भन्ने पदावलीलाई अब कुन शब्दमा परिवर्तन गर्ने भनेर संयुक्त राष्ट्रसंघीय दस्तावेजमा पनि शब्द खोजी हुन थालेको छ ।

 

एउटा फुच्चेको सानो कविताले विश्वको अभिभावक संस्थाका पनि विज्ञहरूको दिमाग यतिबेला खलबल्याइदिएको छ । उनले कवितामा आफूहरूलाई ‘कलर्ड पिपुल’ भन्ने गरिएकामा अति नराम्रोसँग तर भद्र ढंगमा बालसुलभ पाराले रिस पनि देखाएका छन् । त्यो कविता पूर्व यो तस्वीर एक पटक हेरौँ । कति निर्दोष देखिन्छन् यी दुई फरक वर्णका बालबालिका † नितान्त मानवताबाहेक केही छैन यिनीहरूबीच । कालो वर्णको बालकले सोच्छ कवितामा, किन मलाई सेता मान्छेहरू ‘कलर्ड पिपुल’ भन्छन् जबकि– म, जन्मँदै कालो म, हुर्कंदा कालो म, घाममा निस्कँदा कालो म, डराउँदा कालो म, विरामी हुँदा कालो र, म मर्दासम्म पनि कालो तर तिमी गोरा साथीहरू तिमी जन्मँदा गुलाबी तिमी हुर्कंदा गोरो’ तिमी घाममा निस्कँदा रातो तिमी चिसोमा नीलो तिमी डराउँदा पहेँलो तिमी विरामी हुँदा हरियो जब तिमी मर्छौ, तिमी खरानी रंगको अनि तिमी नै मलाई कलर्ड रंगीन भन्छौ र ओहो † कति सानो तथ्यले संसारको सोच, विज्ञहरूको धारणा र दर्शनलाई पनि पूरै फन्को मार्ने गरी उल्टो घुमाइदिन सक्ने रहेछ एउटै बालकको सानो आकारको कवितामार्फत ।

 

हामीले कहिल्यै सोच्यौँ त्यसरी र म जो जन्मेदेखि मरिसक्दा पनि कालो तर तिमी जो मौसमअनुसार पटकपटक रंग बदल्छौ अनि तिमी नै कलर्ड वा रंगिन मान्छे भनेर मलाई अपमान नगरेको ठान्छौ र बालकको यो कविताले गरेको प्रश्नले विकासवादी जति सबैका दिमाग रन्थन्याइदिएको छ । संयुक्त राष्ट्रसंघले सन् २००६ मा संसारको उत्कृष्ट कविता भनेर घोषणा गर्‍यो तर बालकको सुरक्षाका लागि भनेर नाम सार्वजनिक गरेन ती बालकको । पछि मिडियाबाट बाहिर आयो उनको नाम डेबिड सेज हो भनेर । हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौँ । न त व्यवहार पढ्छौँ न त अरूका किताब नै । आफैँले नबुझ्ने कुरा बर्बराउँछौँ र त्यसैलाई कविता भन्छौँ । हाम्रो कविताको प्रवृत्ति अझै त्योभन्दा माथि पुग्न सकेको छैन । कि चैँ बुझिने नाममा विनातुकको राजनीतिक गाली मात्र पस्कन्छौँ । गाली जसलाई गरेको हो उसले राम्रो भन्ने कुरै भएन अनि कविता बुझ्नेले त त्यो कवितै भएन भनिदिन्छ ।

 

When I born, I Black, When I grow up, I Black, When I go in Sun, I Black, When I scared, I Black, When I sick, I Black, And when I die, I still black..

And you White fella,

When you born, you Pink, When you grow up, you White, When you go in Sun, you Red, When you cold, you Blue, When you scared, you Yellow, When you sick, you Green, And when you die, you Gray..

And you calling me Colored?

 

हामी जहाँको त्यहीँ रहन्छौँ । बरु, झन् तल गिर्छौँ । रोमानिया कवि मिहाई एमिनेस्कुको कविता संसारको लामो कविता भनेर घोषित भयो । सन् १८५० मा जन्मिएर ३९ वर्षको उमेरमा इहलीला पूरा गरेका उनको संसारकै लामो घोषित इभिनिङ स्टार शीर्षकको कविता जम्मा ९८ पद्यको मात्र छ । उनीभन्दा लामा कविता त हाम्रा रामायण महाभारतलाई नगन्ने हो भने पनि टंक उप्रेतीले दुई दुईपटक पुस्तकाकारमै ल्याइसकेका छन् । हामी काम गर्छौं तर नाम अरूले नै लिइरहेको पनि ख्याल गर्दैनौँ । रोमानी भाषामा तिम्पुल भनिने समय नामको पत्रिकामा सम्पादकसमेत रहेका उनको त्यो कवितामा हरेक साँझ एउटा ताराको प्रार्थना गर्ने राजकुमारीसँग तारा आफैँ प्रेममा परेपछि अमत्र्य वरदान प्राप्त भएको कथा छ । विश्वको सबैभन्दा बढी मूल्यको पुस्तक आयो ०१० मा डेविड जोन मार्टिनको २४ हजार नौ सय ५० डलरको । किताब केवल ११६ पृष्ठको छ । कविको दाबी छ कि मेरो लेखन त्यति मूल्यको छ । मेरो मेहनत, त्यसबाट पाठकले पाउने गुणवत्ता त्यति रकम तिरेर मात्र पढ्न पाइने खालको छ । त्यो कागजको मात्र दाममा भर पर्ने होइन ।

 

कहिले आउँछ होला हाम्रो हकमा त्यस्तो दिन र हामी त पानाको एक रुपियाँको दरले पुस्तकको मूल्य निर्धारण गरिरहेका छौँ अझै पनि । विश्वकै नोबेल पुरस्कारपछिको बढी चर्चित पुरस्कार पुलिट्जर प्राइज पाउने र अमेरिकाको सबैभन्दा बढी पुरस्कार पाउने जोन लरेन्स बेरीको कविता विश्वमै बढी विवादित कविता बन्यो । उनको नोबेल प्राइज प्राप्त कविता कृति सेल्फ पोट्रेट इन अ कन्भेक्स मिरर पुस्तकमा मैले आफैँले आफैँलाई भनेको हो अरूलाई होइन भन्दा पनि धर नपाउने अवस्था उनले व्यहोर्नु पर्‍यो । तर, हामीकहाँ कविले आफ्नै कुरा मात्र लेख्छन् । आफ्नै गनगन मात्र पोख्छन् भन्ने पाठकलाई लागिरहन्छ । उनीहरू भने मैले मेरो निजी कुरा लेखेको हो भन्दा पनि पाठकले पत्याउँदैनन् । त्यही कारण हो हाम्रा कविता आम पाठकको रुचिका विषय बन्न नसक्नु पनि । सबै नीतिहरूको माऊ नीति नै राजनीति भएकाले सबैथोक त्यसैबाट प्रभावित हुन्छ नै ।

 

राजनीतिबाट हाम्रा कविताको गुणात्मकता पनि प्रभावित नहुने कुरै भएन । हामीले सिको गर्ने इन्डिया, अमेरिकातिरै हेरौं एकपटक । त्यहाँ राष्ट्रपतिले केही लेखक–कविलाई भेट्छन् । आफ्नै कक्षमा बोलाएर मलाई तपार्इंको यो किताब वा लेखन मन पर्‍यो, फलानोको फलानो मन परेन भन्छन् । अन्तर्विधागत छलफल पनि चलाउँछन् । अनि पो लेखक, कवि पनि फुरुंग हुन्छन् र चित्त पनि औपचारिक रूपमै दुखाउँछन् । खेलाडीहरूलाई पनि यो इभेन्टको त्यो बलिंग वा पासिङ राम्रो थियो भन्छन् । अनि हौसिन्छन् उनीहरू पनि । त्यसैले खेल पनि राम्रो हुन्छ, कविता पनि । कविता अब केवल लेख्नेको भावना मात्र होइन पाठकका दिमागको खुराक पनि हो । यो एउटा वस्तु हो । नितान्त कमोडिटी । त्यसैले यसको ब्रान्डिंगदेखि प्याकेजिंगसम्म अनि प्रयोजनदेखि प्रभावसम्म विश्लेषण नगरी लेखेर मात्र हुन्न । अब आफ्नो कविताको आफैँ व्याख्या र विश्लेषण नगर्ने लेखेर मात्र, बुझे बुझून् नबुझे नबुझून् भनेर छोडिदिँदा कविको कर्तव्य पूरा हुँदैन । हामी त्यो प्रवृत्ति समाउन सकिरहेका छैनौँ ।

 

त्यसैले हाम्रा कविता दह्रा खुट्टा टेकेर हिँड्न सकिरहेका छैनन् । जति सकेका छन् त्यस्तै कविका कविता मात्र सफल छन् । केही सोर्सफोर्सका भरमा पाठ्यक्रममा राखिएका कवितालाई सफल भन्न मिल्दैन । ती सबै जनताका दिलदिमागमा छैनन् । अर्को कुरा, सधैँ तेस्रो श्रेणी मात्र ल्याउने महात्मा गान्धी र सधैँ प्रथम श्रेणी मात्र हुने हाम्रा प्रधानमन्त्रीको तुलना कसरी गर्ने होला रु कहिल्यै नोबेल नपाउने आमा उपन्यास र लोलिताको कसरी मूल्यांकन गर्ने होला र हालसम्म राष्ट्रिय कविता महोत्सवमै पुरस्कृत भएका र नभएकामध्ये कुन कुन कवि जनताको मनमा कति बसेका होलान् राम्रोसँग हेरौँ कि एकपटक । जम्मामा कविता प्रथम्, दोस्रो, तेस्रो दर्जा हुँदैन । भावनाको प्रतिस्पर्धा हुन सम्भव नै छैन । संसारका सबै कविताको स्थान सान्त्वना मात्र हो । कविले आफ्नो मनलाई, सान्त्वना दिन, समाजलाई पनि सान्त्वना दिन मात्र कविता लेख्छ । त्यो स्थान प्राप्त भयो भने मात्र कवि सन्तुष्ट हुन्छ । त्यसैले कविताको स्थान त्यही मात्र हो । हामी आफैँले नबुझ्ने, प्रयोजनहीन कविताबाट त लेख्ने स्वयंले पनि सान्त्वना प्राप्त गर्न सक्तैन, ऊ ढोंग मात्र रचिरहेको हुन्छ । धेरै कविको हालत नेपालमा त्यस्तै छ । यसबाट हामी मुक्त हुनैपर्छ ।

साभार-http://nepalkanoon.com

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *