मेरॊ माया रिसाउदाँ फुल छर्न मनलाग्छ।।
जसरि नि फकाएर खुसी भर्न मन लाग्छ ।।
गल्ती हुँदा माफ गर्नु नबगाइ अश्रुधारा
एकान्तमा रूनुभन्दा सामु पर्न मनलाग्छ ।।
केहिपल नभेटेमा मन मेरॊ अतालिन्छ
खॊजीगर्दै लेकबाट बेशी झर्न मनलाग्छ ।।
प्रेमीबिच परस्पर भनाबैरी भैरहन्छ
सम्झाउदैँ फकाउदै बिन्ती गर्न मनलाग्छ
जातभात छुवाछुत श्यामश्वेत बर्ण त्यागी
सधैँभरि हाँसिखुसी बाँच्न मर्न मनलाग्छ ।।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *