१. सिङ्गो भूभाग युरोपमा पर्ने बेलायत आफूलाई युरोप भन्नुभन्दा एक्लो ग्रह भन्दो रहेछ ।
२. ४ प्रतिशत मात्र भूभाग युरोपमा पर्ने टर्की (तुर्की) आफूलाई युरोप भन्दो रहेछ ।
३. कमनवेल्थ देशका प्रतिनिधिहरू राजदूत नभई उच्चायुक्त (हाइकमिस्नर) हुँदा रहेछन्, नेपालका प्रतिनिधि राजदूत (एम्बास्डर) हुँदा रहेछन् ।
४. उच्चायुक्तको तहभन्दा नेपालका राजदूतको तह उच्च मानिदो रहेछ ।
५. नेपालका कयौ दल र परराष्ट्रमन्त्रीले राजदूत नियुक्त गर्दा रकम लिँदा रहेछन् ।
६. युरोपतिरका कूटनीतिज्ञहरूले दोहोरो अर्थ लाग्ने तर हलुका आभास हुने गरी आफ्नो धारणा राख्दा रहेछन् ।
७. युरोपेलीहरूले स्पष्ट रूपले नस्विकारे पनि एसिया (हाम्रा छिमेकी र खाडीका केही देश)लाई उदाउँदो शक्ति मान्दा रहेछन् ।
८. युरोपका सबै देश सुरक्षाका लागि बेलायततर्फ आशावादी नजरले हेर्दा रहेछन् ।
९. कानुनी रूपमा नभए पनि व्यवहारमा युरोपमा पनि जातीय प्रथा र विभेद विद्यमान रहेछ ।
१०. सांस्कृतिक, भाषिक र सामरिक समस्या देखिएमा ती क्षेत्र समेटेर बेग्लै संघीय राज्य बनाउने प्रचलन रहेछ ।
११. पूर्वी युरोपका देशमा रूसी भाषाको वर्चस्व रहेछ ।
१२. पूर्वी युरोपका देशमा वैवाहिक जीवन झण्डै एसियाको जस्तै रहेछ ।
१३. बेलायत र जर्मनीका केही शैक्षिक संस्थामा संस्कृत भाषाको अध्ययन अध्यापन हुँदो रहेछ ।
१४. बेलायत र युरोपका ठूला सहर र राजधानीमा माग्नेहरू र बाटोमा सुत्ने मानिस पनि हुँदा रहेछन् ।
१५. बेलायत र युरोपको बजारमा भारतीय र चिनियाँहरूको सशक्त वर्चस्व रहेछ ।
१६. युरोपमा हिन्दी सिनेमा पनि चल्दा रहेछन् ।
१७. युरोप र बेलायतका केही सहरमा हिन्दी बोल्दा पनि आंशिक काम चल्ने अवस्था रहेछ ।
१८. युरोपतिर बाटो साँघुरो भयो भने वरपरका संरचना भत्काउनुको साटो त्यहाँ मान्छे मात्र हिँड्न दिइदो रहेछ ।
१९. संसारमा कुनै बेला आफ्नो औपनिवेशिक दबदबा रहेकोमा बेलायत र युरोपेली मुलुक गर्व गर्दा रहेछन् ।
२०. उनीहरू आफ्ना पूर्वउपनिवेश र त्यसको आसपासका देशमा बेलामौकामा हस्तक्षेप गर्ने विशेष अधिकार आफूमा रहेको ठान्दा रहेछन् ।
२१. फ्रान्सेली नयाँ पुस्ता व्यापारका लागि अङ्ग्रेजी सिक्नुपर्ने कुरामा सजग रहेछ ।
२२. २०६२/६३ को आन्दोलनमा नउठेका माग पूरा गर्न तत्कालीन शक्तिशाली नेताले रु. ८५ करोड लिएका रहेछन् ।
२३. काठमाडौंका ठूला डिपार्टमेन्ट स्टोर/सुपर मार्केटमा युद्धकाल र लडाकुबाट उठेको रकम लगानी भएको रहेछ ।
२४. नेपालको एउटा पार्टीले नेपालबाट उठाएको रकम युरोपमा लगानी गरेको रहेछ ।
२५. कर्णेल कुमार लामाको घटनापछि उनको समर्थनमा लागेको पार्टीका उच्च नेताहरू बेलायत भ्रमण गर्न सशङ्कित हुँदा रहेछन् ।
२६. एनआरएनले गर्दा युरोपमा नेपालीको पहुँच बढेको रहेछ ।
२७. कयौ देशमा एनआरएनहरूको नेतृत्व हत्याउने विषयमा व्यापक गुटबन्दी र पानी बाराबर रहेछ ।
२८. युरोपका अधिकांश देश र बेलायतमा अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) साहित्यिक गतिविधिमा सक्रिय रहेछ ।
२९. बेलायत र बेल्जियममा बिदाको बेला नेपाली भाषा पढाउने विद्यालय सञ्चालन हुँदा रहेछन् ।
३०. नेपाली भाषाको मानक रूपमा विवाद हुँदा बेलायत र युरोपमा रहेका नेपालीभाषीका सन्ततिहरूमा नेपाली भाषाप्रति उदासीनता बढेको रहेछ ।
३१. यथाशीघ्र नेपाली भाषाको मानक रूप नबनाएमा प्रवासमा भविष्यमा (दोस्रो पुस्तामा) नेपाली भाषा र साहित्य शून्यप्रायः हुने सम्भावना देखिन्छ ।
३२. अरू युरोपेलीभन्दा जर्मन र बेलायतीहरू नेपाललाई निकट ठान्दा रहेछन् ।
३३. युरोपेलीहरू नेपाल घुम्न चाहे पनि पहिले भारत घुमिसकेपछि नेपाल नआएरै आफ्नो अर्को गन्तव्यतर्फ लाग्ने वा स्वदेश फर्कदा रहेछन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *