हस्यांग फ़स्याङ्ग सडकको किनारा बाट मंडी भित्र छिरेका एक हुल संग सोधे |
– तपाईहरु कता जादै हुनुहुन्छ ?
तिनीहरु सबै जना बोरा , झोला र ठुला ठुला गोजी भएका हर्लयांग हर्लयांग पाईन्ट र कोटले ढाकिएका थिए |
यस्तै अर्को एक हुल एअरपोर्ट गेटबाट भित्र छिर्न खोज्छ फेरी ऊनीहरुसँग पनि यस्तै प्रश्न तेर्छिन्छ |
– भाईहरु कता जादै हुनुहुन्छ?
जमातबाट फाटफुट उत्तर आयो |
– कतार, मलेसिया , जापान, आस्ट्रेलिया……………..|

उनले भिडलाई पछाडि बाट नियालिरहे कतार,मलेसिया जाने भाईहरुको भन्दा जापान ,आस्ट्रेलिया ……..भन्ने भाइहरुले अल्ली ठुलै खालको गोजी भिरेका थिए |
ऊनी जता जान्छन त्यतै गोजी देख्छन र गोजीकै मात्र चर्चा मात्र सुन्छन | गोजिबाट वाक्क दिक्क ऊनी दिमागलाई ताजा बनाउन पर पार्कमा रमाउन खोज्छन त्यहा पनि दुई फूल आफ्नो गोजीवाल पाईन्ट संग आफ्नो अस्तित्व बिर्सिएको देख्छन |यस्तै के काम बिशेषले हो ऊनी एक सरकारी कार्यलय जान्छन | त्यहा झन जता हेर्यो गोजी नै गोजी मात्र देख्छन ,तल हेर्यो गोजी ,माथि हेर्यो गोजी ,दायाँ पनि गोजी बायाँ पनि गोजी अचम्मै मान्दै एक कर्मचारीलाई प्रश्न गर्छन |

– तपाईहरु किन यति धेरै गोजी प्रयोग गर्नुहुन्छ सर ?
कर्मचारी , सोझो मान्छे देख्छन र सोझै उत्तर दिन्छन |
– देख्नु भएन कलम राख्न |
– कलम त एउटै गोजीमा नि अट्त्थ्यो होला नि होईन सर ?

कर्मचारीले तिन वटा गोजी बाट तीनवटा कलम निकाल्दै गोजिको बर्णन गर्छन |
– हेरी यो गोजिको कलमले तपाईले चाहेको बेलामा लेख्छ | यो गोजिको कलमले मैले चाहेको बेला मात्र लेख्छ | फेरी यो गोजिको कलम ,कलम मात्र हो मसि छैन कहिल्यै लेख्दैन |

उनले छक्क पर्दे गोजिको काम र महत्व बुझे | नबोली बाहिर निस्किए र घोरिएर सोच्न थाले मानिसको रगत र पसीना पनि गोजिले नै छोस्दो रहेछ , इज्जत र अस्तित्व पनि गोजी बाटै चुहिदो रहेछ , अनि ईमान र नैतिक प्रतिष्ठा पनि गोजिले नै बिर्साउदो रहेछ | त्यसैले सबै बिचार बाट घृणित गोजी प्रयोग गर्नु भन्दा “” सादा जीबन ऊच्च बिचार “” लिएर बिना गोजिको पाईन्ट लगाउनु नै उत्कृष्ट सोचेर होला आजकल गुणाराम दाई गोजी बिना कै पाईन्टमा ओहोरदोहोर गर्दैछन |

हाल :- योकोहामा जापान

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *