ऊ बालक सधै त्यही गल्ली र सडक हुदै फाटफुटमा चाहार्थ्यो जहॉ बढ़ी फोहोरमैलाका थुफ्रा बढ़ी देखिन्छन् /
बिचरा ऊसलाई न जिबनको बारेमा थाहा छ , न देश , न आफ्नै \
बाल दिवस नजिकिदै थियो एक जना पत्रकार यस्तै बालबालिकालाई जम्मा गर्दै समाचारको मसला तयार गर्दै थिए \
– जमात बाट एक जनालाई सोधे
– बाबू तिम्रो नाम के हो?
– झोले [ साथीहरुलाई देखाउदै यिनीहरुले त्यही भनेर बोलाउछन क्यारे ]
– तिम्रो घर कहा हो नि ?
– ………………….
सडक र पेटीमा आफुलाई सुम्पिने अबोध टुहुरो बालक अनुत्तरित भयो \
– बुवा आमा कहा हुनुहुन्छ? के गर्नुहुन्छ ?
-मेरो मम्मीले मलाई छोड़ी गयो रे बाऊ ले अर्की आमा ल्यायो रे भन्छन क्यारे /
सडक बालबालिकालाई सोध्ने प्रश्न पनि यस्तै हुन्छन र प्राय: उत्तर पनि यस्तै यस्तै \
पत्रकार बालबालिका संग अन्तरबार्ता लिइरहेका थिए , यत्तिनै बेला आफुलाई समाजसेवी सम्झने ब्यापारी नाक खुमच्याउदै मुख फाल्दै आए \
– के हो पत्रकार जी हजुर जस्तो पत्रकार भएर यस्ता खाते केटकेटी जम्मा गरेर समाचार संकलन गर्नु भएको छ कतै तपाई पनि सडक पत्रकार त होईन ?
भन्दै खिल्ली पारामा हाँसे \
अहंकारी र नीच सॊचाईको धनि ब्यापारीको उत्तरात्मक प्रतिकार गर्दै भोलिपल्ट समाचार छापियो प्रथम पृष्ठ मै “” मानिस ठुलो गिदिले हुन्छ लादिले हुदैन “” भन्ने शीर्षकमा \
नाम छ्दम सोचाई आफ्नै ब्यापारी पढ़ना साथ झसङ्ग भए \
हाल: – योकहामा जापान
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र