सुस्केरा उडाउदै
आकाश ओढ़ने
धर्ती  फड़कार्दै
जीबन ओच्छय़ाउने
गरीबी संग
बतासे नारा युध्द गरिरहन्छ ।
सामन्ती आकाशे धारा
बिर्सेर पनि छल्न जान्दैन
धुरी बाट बलेनी हुदै
गरीबी भिजाउदै जान्छ ।
मेरो प्यारो गरीबी
टुप्पी खुमच्याउदै
भित्र लुकाउछु
चर्केको भित्ता लाई
कम्पन दिदै
दाम्लो चुडाली भागे जस्ता
एक हुल भेडाका बथान
म्यां….. म्यां….
भ्यां……भ्यां……गर्दै
खण्डहर गरीबीलाई
चिमोटदै रगतका पाउडर संग
पुनः आलिशन महलको
भित्ता तर्फ हानिदै थिए ।
हिजो झै आज पनि
म अमुक र अमूर्त
हुदै च्यातिएको नक्शा र
मेरो गरीबी संग
सोध्दै थिए ।

झार्छ र खोई
भोटो र रोटी
आमालाई फरिया
बाबालाई धोती
नयाँ सरकारले ?

गाड्छ र खोई
हराएको किल्ला
दिन्छ र खोई
पुर्खाको बिल्ला
नया सरकारले ?

बन्छ र अक्षर
गरिबले पढ़ने
दिन्छ र आँखा
संसार देख्ने
नयाँ सरकारले ?

बाल्छ र खोई
निभेको आगो
टाल्छ र खोई
यो लाज हाम्रो
नयाँ सरकारले ?

प्रश्न संगै
रगत का पाउडरले
बिझाएका आँखा पुछ्दै
नक्शा पट्याए
टोपी भित्र टुप्पी लुकाउदै
पुनः उही सुस्केरा
दशकौं दशक देखि
जून जोगी आए
पनि कानै चिरेको । ।

हाल :- योकोहामा जापान

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *