म जूनकिरी हूँ

सम्बेग आबेग जिएको छू

आधा जीवन  पर्खाइमा त

आधा जीवन हासेको छू

जुनको जूनेली छेक्दै

आँखामा टल्किदिन्छु

मलाई पुर्णेको रात चाहिन्न

औशी कै रातमा

रमाइदिन्छु \

कहानीका प्रतिक

बनिदिन्छु

पुर्णेको रातमा होईन

औशीकै बाग़ मा

अर्थ छरिदिञ्छु \

मेरो ख़ुशी औशी हो

तिमि किन पूर्णे खोजी हिड़छौ ?

तिमी अर्थ खोज जिबनको

जहाँ तिमी टल्किरहन्छौ

कालो आकाश चिर्दे

उड़छु

तिमी त मानब हौ

किन आँखा बन्द गर्छौ ?

अन्धकारमा जीवन भेट्छु

तिमी त मानब हौ

किन पूर्णे मात्र

जीवन भन्छौ ?

अभाबको जिन्दगीमा

भोगाईको यथार्थता

पाउछौ

त्यसैले

जीवन’ तिम्रो

टल्काइ बिताऊ

मेरो नाम र काम सरि

जूनकिरी बनी रमाऊ

तिमी आफ्नो

जिबन भरी

आखिर

म पनि त जून किरी

त हूँ  l

 

हाल :- योकोहामा जापान

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *