तिम्लाई मायाँ दिनुमा गरेछु भुल सानु,
सर्वश्व तिमी ठान्नुमा भयो भुल सानु ।

तिम्रो कालो दिलमा बास बस्ने हुदा,
फुट्न थाले आँआमा बेदनाका मुल सानु ।

खुशी सारे तिमीमा जाली रहेछ मन,
ओईली झरे बसन्तमा प्रितका फुल सानु ।

मैले यो सफरमा तिम्रो साथ रोज्दा,
तेर्सिए मेरो मनमा पश्चातापका पुल सानु ।

तिमी भाग्यौ परदेशमा मलाई लुटे पछि,
सार्‍यौ चोट मुटुमा रोपी शुल सानु ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *