एउटा चिठ्ठी लेख्दैछु म लडाईको मैदानबाट
कुनै खबर आएन किन मेरो घरबाट ।
भोक, प्यास बिर्सिएर मोर्चामा खटिएको छु
भर छैन लडाईमा मर्छु कि म बांच्छु
बांचे पनि देशकै लागि मरे पनि देशकै लागि
जनताले बुझिदिए मरे पनि म त बांच्छु ।
घर सम्झिएरै बारुद र बम बीच म निदाउंछु
शोषण र गरीबी बिरुद्ध म अन्तिम युद्ध लड्दैछु ।
नेपाली हुं म नेपाल नै मेरो घर परिवार
नयां नेपाल बनाएर मेरो देशलाई म सजाउंछु ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar