तिमीलाइ मेरो बारेमा
थाहा भएर केही हुने छैन
जसरी शिशिर पछि
बशन्त आएर केही हुदैन
बरु तिम्रो बारेमा
मैले जानेर केही हुनेछ
जब तिम्रो नहार्ने जिद्दीलाइ
समयको क्रुर पन्जाले रक्ताम्मे पार्नेछ
तब अचानक तिमीलाइ
पहिलोपल्ट कसैको अभाबबोध हुनेछ।
जब तिम्रो आफ्नो सौर्य
र सफलताको मियोलाइ
कोहि तिमी भन्दा धेरै सज्जन
या पट मुर्ख आएर ध्वस्त पार्नेछ
त्यो बेलामा मात्र तिमीलाइ
मेरो यादले बेस्सरी सताउनेछ।
मशीत गरेको सङ्गतले
तिमीलाइ भरपुर सान्त्वना दिनेछ
आइ पर्ने दुखका पहाडहरुसित
कसरी पन्सने भन्ने शोच्न दिने छैन
तर म सित बितेको उर्वर पल
जीवन एक सङ्घर्ष हो भनेर
सधै तिमीलाइ जिउन सिकाउनेछ।
हो हर पल साझ बिहान
तिमीसित म नजिकै हुने छैन
तर त्यहा मेरो तिमी प्रतीको
अपुर्ब लगाव,हौशला भने जरुर हुनेछ
कसरी अघि बढ्ने भनेर तिमीलाइ
भबिस्यको बाटो देखाइ रहनेछ ।
तिमीलाइ मेरो बारेमा
थाहा भएर केही हुने छैन
जसरी शिशिर पछि
वसन्त आएर केही हुदैन
समाप्त ।
कवी ; विवेक दुलाल क्षेत्री “दमक”
(वास्तविक नाम; भानुभक्त दुलाल)
दमक,झापा
हाल ; अबुधाबी ,युएइ
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र