बुद्धिमान भए कि सिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए
चुलो निभाएर पारवाहन रोकेर
सर्वसाधारणलाई दु:खमा चोपेर
आँसु बगादिने प्याजका झिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए
औषधी विना विरामीको चित्कार
एम्बुलेन्सलाई पनि ढुंगा प्रहार
प्राणको भिख माग्नेहरू विचल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए
स्कूल कलेजलाई पनि बन्द पारेर
बामेसरेको अर्थतन्त्रलाई मन्द पारेर
नाका न्याकेका बजारका गल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए
“ङ्यार्र” सरकार विरोधी दलतिर सर्छ
“ङुर्र” विरोधी दल सरकारसंग गर्छ
यता सिंह उता फर्कदा बिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar