मित्रलाई म

फूलल सम्झन्छुर्
सत्यम्,शिवम्,सुन्दरम्’ देख्छु
त्यसैले
कहिलेकाहीँ म
मित्रताका सुरम्य हातहरूले
सुम्सुम्याउन पुग्छु
उसको मुटु
र कञ्चनकाया
अर्थात् स्पन्दनको
कुनै सुखद ऋतु
००
अनायास ऊ
ईष्र्याको कॉंडा बनेर
चस्स घोच्छ मलाई
म तर्सन्छु
सतर्क हुन्छु
अनि दिग्भ्रमित हुन्छु
फूलसँङै कॉंडा देखेर
जूनसँगै
अँधेरीको पछ्यौरी देखेर
र म त्याग्छु
फूललाई
विवशतापूर्वक
विनम्रतापूर्वक
उत्सर्गतापूर्वक !
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *