१.

अँ धेरीमा आकासको जून बन्दै आयौ तिमी
सुमधुर सङ्गितको धून बन्दै आयौ तिमी
हो, डुब्न लागेथ्यो अभावमा जिन्दगी यो मेरो
अनायासै अकबरी सुन बन्दै आयौ तिमी ।

२.
तिम्रो लागि आकासको म जून झारिदिन्छु
जीवनका स्वप्न सबै साकार पारिदिन्छु
ल, शंका लागे आऊ हामी प्रेमयुद्ध खेलौँ
जिताउन तिमीलाई म सधैँ हारिदिन्छु ।

३.
जनिन कसैसँग हजूर भन्दै झुक्न मैले
चाहिन कुनैदिन कसैको ढोका ढुक्न मैले
सफल हुन बनेंहूँला निर्घिणी नै कुनैबेला
तर मानिन कसैको इशारामा भुक्न मैले ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *