अनुमति नलिएरै सपनीमा आइदिन्छ्यौ
उजाड मेरो मुटुभित्र जून बनी छाइदिन्छ्यौ ।

अतीत सबै बल्झी नयनहरू भिज्न थाले
मनले आज तिम्रा तस्विरहरू खिच्न थाले
विरहका गीतहरू अझै तिमी गाइदिन्छ्यौ
अनुमति नलिएरै सपनीमा आइदिन्छ्यौ ।

ऑंसुका सागरमाथि कतिन्जेल पौडी राखूँ
कुन विश्वासले अझै म तिम्रो पछि दौडी राखूँ
अस्मिता नै डुबाएर झुठो वाचा खाइदिन्छ्यौ
अनुमति नलिएरै सपनीमा आइदिन्छ्यौ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *