ऑंखाबाट झर्ने ऑंसु शीत भन्छ्यौ तिमी
दुःख भोग्नु जिन्दगीको रीत भन्छ्यौ तिमी ।

सकुनीको खेल खेल्ने रै’छन् दायॉं–बायॉं
कसरी हो साइनोले मीत भन्छ्यौ तिमी ।

वियोगका व्यथा सम्झी रुन्छन् धेरै प्रेमी
नबुझेरै उन्मादको गीत भन्छ्यौ तिमी ।

प्रेम–युद्ध शुरु गरौँ भन्छन् कोही यहाँ
मेरै हुन्छ सोह्रैआना जित भन्छ्यौ तिमी ।

हॉंसी–हॉंसी गला रेट्ने प्रवृत्ति छ यहॉं
यस्ता कुरा आफन्तका प्रीत भन्छ्यौ तिमी ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *