महिला साहित्य सम्मेलनका लागि समिति  गठन

समाचारदाता

अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च ४ देखि ६ सम्म
अष्ट्रेलियाको सिड्नीमा आयोजना गर्ने दोश्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य
सम्मेलनका लागि बिभिन्न समितिहरू गठन गरेको छ | समाजको हालै बसेको बैठकले
अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरेको छ |
उक्त समितिका सदस्यहरूमा केन्द्रीय बरिष्ट  उपाध्यक्ष राधेश्याम लेकाली,
केन्द्रीय
उपाध्यक्ष भीमसेन सापकोटा,  केन्द्रीय महासचिब गोबर्धन पूजा, अस्ट्रेलिया
च्याप्टर अध्यक्ष  महेन्द्र पौडेल, अस्ट्रेलिया च्याप्टर , उपाध्यक्ष सानु
घिमिरे रहेका छन् |

यसैगरि समाजले सम्मेलनका सल्लाहकारहरुमा  इन्द्रावन, गीता खत्री, दिपक खड्का ,
भवानी ओली,  मन केसी,  शेष घले,  डा. श्याम कार्की,  सुरेन्द्र सिग्देल र होमनाथ
सुबेदीलाई चयन गरेको छ |
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *