१.
नेपालमै अनेपाली बन्नु परेपछि
मेचीकाली पराइको भन्नु परेपछि
शिरमाथि सगरमाथा के राख्नु अब ?
शरणार्थी हुने दिन गन्नु परेपछि ।

२.
आज हाम्रो देश भन्दै कराउँदैछन् कोही
बुद्धलाई अर्कै देशको बनाउँदैछन् कोही
सिमानाका जङ्गेपिलर वरवर सरे पनि
आफ्नो देश मिचियो भन्न डराउँदैछन् कोही ।

३.
मानवता फक्रिएको ठाउँ नै हराएपछि
राष्ट्रियता मौलिएको गाउँ नै हराएपछि
म नेपाली हूँ अब कसरी भन्नु महाशय ?
हिजोका हाम्रा पुर्खाका नाउउँ नै हराएपछि ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *