यो देशको माटोलाई निधारमा टॉंसौँ हामी

शान्तिप्रेमी नेपाली भै विश्वभरि बॉंचौँ हामी ।

आमाको त्यो चित्कारले चन्द्र–सूर्य छुनु हुन्न
टुहुराका ऑंसु हेर्दै डॉंडा–पाखा रुनु हुन्न
एकताका स्वर्णमाला चौतारीमा गॉंसौँ हामी
शान्तिप्रेमी नेपाली भै विश्वभरि बॉंचौँ हामी ।

आतङ्कको विष फैली बोधिवृक्ष ढल्नु हुन्न
दुःख–पीडा सल्किएर वस्ती–वस्ती जल्नु हुन्न
बुद्धका ती महावाणी मुटुभरि सॉंचौँ हामी
शान्तिप्रेमी नेपाली भै विश्वभरि बॉंचौँ हामी ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *