-कोइँच बु काःतिच
सा-साना साँगुरो टेलिफोन बुथमा मानिसहरु फोन गरीरहेका छन् । साइबारमा बच्चाहरु भिडियो गेम खेलीरहेका छन् । बच्चाहरु एकले अर्कोलाई अह्राइरहेका देखिन्छन् । कोही टेबलमा बसेर एकापसमा कुरा गरिरहेकाछन् । कोही कम्प्युटरमा टाइप गर्ने काम गरिरहेका छन् । फोटोकपी गर्न आएका ग्राहकहरुको फोटोकपी गरि सकेर ग्राहकसँग फोटोकपीको पैसा लिएको कुराकानी गरेको परैबाट मुखको चाल र अन्य हाउभाउबाट अनुमान गर्न सकिन्छ ।
एक जना केटा मानिस आफ्नो हाकिमसँग इन्टरनेट कुराकानी गर्दै छ । कम्प्युटर स्त्रिmनमा अक्षर देखिन्छ, “सर, पर्सि माघ १ गते, माघे संक्रान्ति । त्यस दिन कोइँचहरुले चेलीबेटीलाई पूजा गर्ने सामि पिदार चाड र उनीहरुको नयाँ वर्षयेले थोचे ५०७३ पर्छ । कोइँच गाउँबाट प्रत्यक्षा रिपोर्टिङ गर्दा हाम्रो लागि एक्सक्लुसिभ रिपोर्ट हुने थियो कसो गरौं -”
कम्प्युटरको कि-बोर्डमा औंला चलाउँदै इन्टर कि थिचेको आवाज सुनिन्छ । कम्प्युटरको कि-बोर्डमा औंला चलाउँदै इन्टर गरेको आवाज नजीकबाट सुनिन्छ । उता रेडियो अफिसका हाकिमले जवाफ लेख्छन् : “के त्यति इफेक्टिभ होला त – धुमधामसँगै मनाउने गर्छन् – कति ठूलो हुन्छ ?”
कम्प्युटरको कि-बोर्डमा औंला चलाउँदै इन्टर गरेको चर्को आवाज सुनिन्छ । कम्प्युटर स्त्रिmनमा थप जानकारी दिएको अक्षरका लर्कन तनन तन्किएर गएको देखिन्छ ः “ठूलो भन्दा पनि सबै कोइँचले घरघरमा सामि पिदार, पारमो पिदार गर्छन् र गोठमा सबै जम्मा भएर चाइँपिदार अर्थात् गोठ धुप गर्छन् । नयाँ वर्षो उपलक्ष्यमा नाचगान सहित रमाइलो गर्छन । हालि खेल्छन् । अति रमाइलो गर्छन् । यसको प्रत्यक्ष प्रसारण गर्दा सबैको लागि नौलो हुन्छ सर ।”
उताबाट कम्प्युटर स्त्रिmनमा जवाफी अक्षर निस्किन्छ ः “हवस् त गर्नु नि । दिउँसोको समयमा । पाँच मिनेटले पुग्छ -”
“पाँच मिनेट नै भए पनि ठीक छ सर ।”
“ल हुन्छ ।”
“हुन्छ, सर ।”
नेपथ्यको पात्रको च्याटिङ टाइपमा कि-बोर्डको आवाज आउँछ । हाकिमले हुन्छ भन्छ । हुन्छ लेखेर औंलाले कि-बोर्डमा इन्टर कि थिच्छ केटोले ।
……………………
सागुन कम्युनिकेसन सेन्टर, मन्थलीमा सागुन र बार्मन आ-आफ्नो कम्प्युटरमा व्यस्त छन् । सरेर हातको गति सँगै टेबुलको फन्कालाई फनक्क घुमाएर पछाडि सरेर अडिन्छ ।
सागुन -खुशीको मुद्रमा आफ्नो टेबुलमा रहेको कम्प्युटरको डेक्सटपबाट बर्मनपट्ट िर्फकदै) उसको साथी वर्मनलाई भन्छ, “ओइ, माघे सक्रातिमा कोइँच गाउँ घुम्न निस्कीने होइन -“र्
बर्मन जवाफ फर्काउँछ, “काँ – तेरो गाउँ – … कति पाइन्छ नि -”
सागुन, “के कति पाइँन्छ – … कोइँच गाउँ हो, कोइँच गाउँ । हिँड्न न । कस्तो चाहिन्छ ।” सागुन आफ्नो कम्प्युटरतर्फर्फकन्छ ।
बर्मन ः “यो जागिर खाएदेखि आफ्नो घरमा एक वर्षपनि माघे सङ्काराइ मानेको छैन । कोइँच गाउँमा मनाउनौ त – तर … दरो जान्छ नि मगरको त ।” हातको चालले देखाउँछ । बर्मन पनि आफ्नो काम गर्न कम्प्युटर मै घोनिछ ।
“पहिला त जान्छु मात्र भन न ।”
“ल डान।”
… क्रमशः

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *