बोस्टनमा ३४ औ सिर्जना- उत्सव ,

समाचारदाता

अमेरिकाको बोस्टनमा मासिक रुपले  आयोजना  हुदै  आएको  साहित्यिक  कार्यक्रम
"सिर्जना उत्सव"को ३४ औ शृंखला सम्पन्न  भएको छ | हरेक  महिनाको अन्तिम आइतबार
हुने गरेको यो कार्यक्रममा यसपटक डेढ दर्जन सर्जकले  सिर्जना प्रस्तुत गरेका
छन् | साहित्यकार महेश्वर पन्तको संयोजन र शारदा  पन्तको प्रयोजनमा  आयोजित
उक्त कार्यक्रममा कविता वाचन तथा नाचगान  प्रस्तुत  गरियो | डा. कृष्णहरि
बरालको चर्चित गज़ल " जे जे हुने हो यहाँ ..." बोलको गाएर महेश्वर पन्तले
पाहुनाको स्वागत गरेका  थिए भने उनलाई  तबलामा सगर खतिवडाले साथ दिएका थिए |

 कार्यक्रममा साहित्यकार डा. शिव गौतम र भारती गौतमको दाम्पत्य जीवनको ३५ औ
विवाह-उत्सव स्वरूप केक काटेर मनाइएको थियो |

कार्यक्रममा अनु शाह, गोवर्धन पूजा, डा. शिव गौतम, ममता कर्माचार्य, दीपा राई
पुन, बिमल नेपाल, धन लेप्चा, दिनेश राजभण्डारी , एल बि  एर , थानी रत्न कंडेल,
पेशल रेग्मी, हरि थापा , सुशील नेपाल, जयराम रेग्मी महेश्वर पन्त, सागर कान्छा
, उर्मिला पन्त  लगायका सर्जकको रचना प्रस्तुत भए  | सुशील नेपालको
सभापतित्वमा सम्पन्न उक्त कर्यक्रमना विष्णुमणि  आचार्य, ज्ञानप्रकाश शर्मा,
भैरवी थापा, शारदा  पन्त, गीता पाण्डे, माधव दाहाल, लव अधिकारीलगायतले नृत्य ,
गायन र मन्तव्य प्रस्तुत गरे | आगामी कार्यक्रम सुशील नेपालको संयोजनमा हुने
भएको छ |
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *