जिन्दगीको चौबाटोमा तिमीलाई भुलेको थेँ
कसरी म भनुँ आज तिम्रा लागि फुलेको थेँ ।

व्यथा कुँदिएका मुटु जोगाएर राखेको थेँ
विषतुल्य तिम्रा प्रण विश्वासमा चाखेको थेँ
कसरी म भनुँ तिम्रा बगैंचामा डुलेको थेँ
जिन्दगीको चौबाटोमा तिमीलाई भुलेको थेँ ।

चोखो माया लिनलाई कति दुःख काटेको थेँ
झुक्किएर सपनीमा दुबै चुल्ठी बाटेको थेँ
कसरी म भनुँ आफै तिम्रा सामु खुलेको थेँ
जिन्दगीको चौबाटोमा तिमीलाई भुलेको थेँ ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *