By: Ram Dayal Rakesh
यद्यपि हाम्रो शंघाई भ्रमण छोटो थियो तर यसको छवि छटाबाट हामी धेरै चमत्कृत भएका थियौं । यसको उन्नती र प्रगतिबाट हामी धेरै प्रभावित एवं प्रेरित भएका थियौं । हामी यस सक्षिप्त भ्रमणबाट संतुुष्ट थियौं । हाम्रो शंघाई भ्रमणको सपना पूूरा भएको थियो । शंघाईको आथिक वृद्धि दर तिर हाम्रो ध्यान आकृष्ट भएको थियो । यहाँका वासिन्दाहरु प्नि खुशी देखिन्थे । यहाँको आर्थिक बृदि दरको बारेमा एक जनाले लेखेको कुरो उध्दृत गर्न चाहान्छुु । एक जना जर्मनीवासीको हवाला दिदैं जुन विगत सात वर्ष देखि शिक्षा क्षेत्रमा सहकार्य गर्दै आएको छ । एउटा चिनीयाँसँग उसको अनुभव यहाँ अभिव्यक्क्त गर्न चाहान्छुु ःIt took Germany thirty years to recover its economy (after the second world war); it took Shanghai only five years to get where it is today. In addition, the world economy as a whole is in the doldrums now, but Shanghai is growing at 7% defying the global trend. Shanghai is like climbing a mountain; it is moving up all the time. People always want to work in a place where economic prospects are good.”
Mr. Gieger in shanghai P.044
हामी बसेको मोटल १३६ बाट चेक आउट भएपछि लबीमा बसेर हरिश्चन्द्र रायज्यूूको प्रतीक्षा गरिराखेका थियौं । किनभने उहाँ आफनो छोरा डा. विनोदसँग आफ्नो कोठामा कुराकानी गरिराख्नुभएको थियो । छोरा सित छुुट्टिने बेला भएकोले आफ्नो पारिवारीक करुो परस्परमा गरिराख्नुु भएको थियो । उहाँकी बुुहारी लिसा पनि थिईन् । तर्सथ हामी आफ्नो कोठाबाट सरासर लबीमा आएर प्रतीक्षारत थियौं । दश मिनेट पछि उहाँहरु पनि आउनुु भयो । डा.विनोदले एउटा सुुचना दिए कि डा. उपेन्द्र देवकोटा सपत्नी त्यसै मोटलमा बास बस्नुु भएको थियो, आफ्नो शंघाई प्रवासमा । हामीसँग प्रशस्त समय थियो । एयरर्पोट जाने डा. विनोदको कार पनि मोटलको ग्यारेजको शोभा बढाईराखेको थियो । तसर्थ हामीलाई कुनै हतार थिएन । हामी बसेको सोफामा एक जना अमेरीकाली युवा आएर बसे । हामीहरु उनीसँग कुुराकानी गर्न थाल्यौं । उनले शंघाईमा एक जना चिनीयाँ पार्टनरसँग मिलेर बच्चाहरुका लागि पुुस्तक प्रकाशनको काम गरेर बसिराखेको छ । परिचय पश्चात कुराकानीको क्रममा उनले चीनमा बस्दाको आफनो अनुुभवको क्रममा दुुई वटा घट्नाको उल्लेख गरे । एउटा नानजिङ्गको र अर्को शंघाईको नानजिङ्गमा एक जना बुढी सडक दुुर्घटनामा परेपछि उसलाई अस्पतालमा लिएर जाने मानिसलाई नै प्रहरीले तिमीले नै दुुर्घटना गराएको हो भनेर उसैलाई समातेर सजाँए दिए । अर्को घट्ना चाँहि शंघाईमा एक जना अमेरिकी नागरिक सडक दुुर्घटनामा परेको र उसलाई कसैले पनि वास्ता गरेन रे । पछि उनी आफै होशमा आएपछि अस्पताल गए रे । यो दुई वटा घट्नाको बयान उनले संक्षेपमा गर्दा हाम्रो मन अलि अमिलो हुन गयो । उनको भनाईको अर्थ र आशय के थियो भने चिनीयाँहरुमा अलि मानविय संवेदनाको अभाव हुँदो रहेछ । उनको पूरा नाम त याद भएन तर उनको गेअर्र्ड (न्भयचम) नाम मेरो डायरीमा लेखिएको मैले भेटाएँ ।
शंघाई प्रवास कालमा एउटा कुराको अभाव हुन गयो । यहाँ द्यययप क्तयचभ धरै कम देखियो । खाने कुराको स्टल त धेरै देखियो । तर फुट पाथ पसलहरु देखिएनन् जुन धेरै प्रशंसनिय कुरा लाग्यो । यसबाट सडक फोहर हुन्छ र मानिसहरुको आवत जावतमा धरै बाधा व्यवधान पनि श्रृजना हुने गर्छ । यहाँ चियाको पसल पनि फुटपाथमा संचालित देखिएन । अर्थात शंघाई पूर्ण रुपमा एउटा वैश्विक नगर । (ऋयकmयउयष्तिबल अष्तथ) लाग्यो । हामी चियाको तलतल आफनै मोटलको कोठामा मार्ने गर्दथ्यौं । तर एक दिन बाहेक मर्निङ्गवाक बाट बंचित भयौं ।
चिनीयाँहरु खाना खानमा कंजूस्याई गदैनन् । खाना पनि प्रशस्त खान्छन् र परिश्रम पनि गर्दछन् । यसको प्रत्यक्ष अनुभव भयो जब हामी एयरर्पोट आउने क्रममा बीच बाटोमा लिसाको पुस्तैनी घर हेर्न गयौं । लिसा घरको कर बुझाउन गईन् । हामी घरको निरीक्षण गर्न गयौं । त्यस घरमा बहालमा बस्ने मानिस खाना खाईराखेका थिए । उसको थालमा खानाको परिकार हेरेपछि मैले सहजै अनुमान लगाएँ कि औसत चिनीयाँ मानिस न केवल पार्टीमा बरु आफनो घरमा पनि संतुलित पौष्टिक आहार खाने गर्दछ ।
लिसा कर तिरेर आएपछि हामी एयरर्पोट तिर लम्कियौं । हामीसँग अझ पनि प्रशस्त समय थियो । लिसा एकनासले गाडी दौडाईरहेकी थिईन् । हामी आफनो गन्तव्यमा पुग्यौं । सुरक्षित रुपमा हामी अब शंघाई एयरर्पोटमा पुगेकोले डा. विनोद र लिसालाई धेरै धेरै धन्यवाद दिदैं उनीहरुसित विदा वारी भएर चेक ईन काउन्टर तिर लाग्यौं । नोर्थ चाईना एयरलाईन्सको काउन्टर खोज्दैं गयौं । यसको दक्षिण कोरियाको बुशान जाने उडानको काउन्टर र हामी हङ्गकङ्ग जाने उडानको काउन्टर एउटै रहेछ । बुशानका यात्रुहरुलाई पूरै चेक ईन गराएपछि हामीहरुतिर हवाई कर्मचारीहरुको ध्यान गयो । हामीलाई हतार भैसकेको थियो । हामीले जहिले पनि सोध्दा यसै काउन्टरबाट तपाईहरुको पनि चेक इन हामी गछौं प्रतिक्षामा बस्नुहोस् भन्दथिन । हाम्रो उडानका महिला कर्मचारीहरु तर हाम्रो चेक इन गर्दा हाम्रो उडानको समय एकदम नजिक पुगिसकेको थियो । हामीलाई चिन्ता लाग्न थालेको थियो । तर ती कर्मचारीहरुलाई कुनै चासो र चिन्ता नभएको जस्तो देखिन्थ्यो । अन्तमा हाम्रो चेक इन पनि त्यसै काउन्टरबाट भयो । तर हाम्रो वोडिंङ्गपासमा लेखिएको थियो लेट चेक इन यसका लागि हाम्रो कुनै दोष थिएन किनभने हामी पटक–पटक काउन्टरमा सोध्न जाने गर्दथ्यौ तर ती कर्मचारी केटीहरु भन्ने गर्दथिन् प्रतिक्षा गर्नुहोस् ।
जब हाम्रो चेक इनको काम सक्यो हामी इमिग्रेसन र कस्टम तथा सुरक्षा जाँचका लागि हतार–हतारमा सम्बन्धित काउन्टरमा जान थाल्यौं र हामी अलि आत्तिसकेका पनि थियौं । हामी अब उडानको प्रवेशद्धार हेर्दै लमिकरहेका थियौं । बीचमा शौचालयको काम पनि भ्याउन अर्जेन्ट भईसकेको थियो । हामी शौचालयको काम सके पछि आफनो प्रवेशद्धारमा अब प्रतिक्षारत थियौं । अरु अरु पनि यात्रुहरुकोपदचाप पछ्याउदैं हामी आफनो विमान तिर लम्किरहेका थियौं र परस्परमा कुराकानी पनि गर्दै थियौं । जति छिटो आए पनि हामीले हतार हतार गर्नु पर्यो । यसमा हामीहरुको दोष थियो कि ती कर्मचारी केटीहरुको यस्तै दोधारमा शंघाईलाई वाई वाई गर्दै एमयूको उडान हुने विमानमा बसिहाल्यौ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *