By: धीरकुमार श्रेष्ठ

“तपाईंका नाममा एउटा बाकस आउ“दैछ । हाम्रा मान्छेले एक-दर्ुइ दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी ।

“कहा“बाट आएको हो – त्यसमा के छ -” उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए । तर, केवल दर्ुइवटा प्रश्न गर्न भ्याई ।

“बाकस तपाईंको श्रीमान्ले काम गर्नुभएको दर्ुबईको कम्पनीबाट आएको हो । भोलि काठमाडौ“ आइपुग्छ । बन्द अथवा आन्दोलन-हडताल केही भएन र बाटो क्लियर भयो भने पर्सिसम्म तपाईंको घरमै आइपुग्छ । हामी त्यही प्रयासमा छौ“,” भद्र आवाजबाट सरलाले पहिलो प्रश्नको उत्तर पाई । दोस्रोको पाइन । पहिलोको उत्तर नै यति लामो थियो कि दोस्रोको आयो-आएन, उसले थाहा पाइन । भद्र आवाजले पहिलोको उत्तर दिएर दोस्रोको जानीजानी नदिएको हो अथवा पहिलोको दि“दादि“दै दोस्रोको उसले स्वयम् भुलेको हो । यो थाहा पाइन सरलाले ।

पहिले कहिल्यै यस्तो भएन । कारण थियो, पति सुबोधको फोन आउने समयको पर्ूवजानकारी उसलाई हुन्थ्यो । अघिल्लोपटक फोन गर्दा पछिल्लोपटक गर्ने फोनको मिति, बार र समय भन्थे सुबोध । त्यसपछि फोन आउने दिन र समयको प्रतीक्ष्ँँमा सरला मात्र होइन, घरका सारा सदस्य बस्थे ।

सुबोधको फोनको प्रतीक्ष्ँँ सबैभन्दा बढी सरलालाई हुन्थ्यो । त्यसपछि आमा मनदेवीलाई । बाबु तर्ीथबहादुरलाई पनि छोराको फोनको प्रतीक्ष्ँँ नहुने होइन । तर, छोरास“ग फोनमा कुरा गर्ने उसको पालो सबभन्दा पहिले आउ“थ्यो । बाबुपछि आमाको । अनि, सरलाको । बाबु र आमास“ग कुरा गरेर उब्रेको समय सरला पाउ“थी ।

सुबोधस“ग कुरा गररिह“दा सरलामा मीठो रोमाञ्चको सञ्चार हुन्थ्यो । चुम्बकमा फलाम टा“सिएजस्ती हुन्थी । पटकपटक एकवर्षो छोराले रििसभर खोस्न खोज्दा दह्रो गरी समात्थी । उसलाई लाग्थ्यो, छोराले रििसभर होइन, सुबोधलाई ऊबाट खोस्न खोजेको हो । अरू जुनसुकै कुरामा भागबन्डा गर्न रुचाउने सरला सुबोधमा एकाधिपत्य चाहन्थी । सुबोधको भागबन्डा उसलाई मञ्जुर थिएन । सुबोधलाई आफूबाट छिन्न खोज्ने जोसुकै भए पनि उसका लागि मञ्जुर थिएन । त्यो चाहे छोरा होस् अथवा सासूससुरा । छोरा भए, पर धकेलेर एकाधिकारलाई कायम राख्थी । तर, सासूससुरा भए सकस पथ्र्यो । त्यही निह“ुमा बेलाबेला ठाकठुक पथ्र्यो । कुरा बुझेका सासूससुरा ‘अब सुबोधको लगाम हाम्रो हातमा छैन’ भनी छोराबुहारीस“ग निश्चित दूरी कायम राख्थे । यसरी दुवैको सीमारेखा निर्धारण भयो । आ-आफ्नो सीमारेखा बुझेका सासूससुरा अलग्गिएपछि सरला सुबोधस“ग निर्धक्क कुरा गर्थी ।

सरलाको आकाश छ्यँङ्ग हुन्थ्यो । कही“कतै कालो बादलको धर्र्सोसम्म हु“दैनथ्यो । विशाल आकाशमा निर्धक्क विचरण गर्थी । सुबोध निर्धक्क विचरण गथ्र्यो । दुवैको विचरणमा उतारचढाव र आरोहअवरोह आउ“थे । उतारचढाव र आरोहअवरोह अरू विषयमा भए सहज समाधान हुन्थ्यो । तर, यौनमा पुगेपछि पोखरीबाट बाहिर निस्कन दुवैलाई समस्या पथ्र्यो ।

सरला सुबोधलाई छिटो स्वदेश फर्किन अनुरोध गर्थी । तत्काल फर्किन नसक्ने विवशता सुबोध प्रकट गथ्र्यो । तर, हरपल, हरक्ष्ँण सरलास“गै एकाकार भएर रहेको विश्वास दिलाउ“थ्यो, “चराजस्तो उडेर आउन मन छ । तर, के गर्नु † आएर मात्र नहुने । अजिङ्गरले बेरेजस्तो बेरोजगारीले सताउ“छ । केही दिन धर्ैय गर । चा“डै आउ“छु ।”

“अ“ होला † कस्तो ठीक्क पार्न जानेको † लोग्नेमान्छेको जात न हो † स्वास्नीको कुरा के बुझ्थ्यो र †” सरला पति आउन सक्तैनन् भन्ने जानीजानी छिटो आउन जिद्दी गर्थी अनि थप्थी “अ“ होला † वा“ पाइन्छ होला नि राम्री-राम्री, अनि ….†” तीर हान्न चुक्तैनथी सरला ।

सरलाले वाक्य पूरा गर्न पर्दैनथ्यो । कुरा बुझ्थ्यो सुबोध । सरलाले पनि कुरा नबुझेकी कहा“ हो र † तर, भौतिक नभए पनि ध्वनिक सन्तुष्टि गुमाउन चाह“दिनथी । सुबोधस“ग गरएिका तिनै वार्तालापको मीठो सम्झनामा उसले अर्को फोनको प्रतीक्ष्ँँ गर्नुपथ्र्यो । सुबोधस“ग गरएिका तिनै संवाद प्रतीक्ष्ँँका समयका आह्लादकारी साथी हुन्थे । जसरी होस्, जे गरेर होस्, तिनका जहाज खुला आकाशमा उडेको उडेकै हुन्थ्यो ।

सासूससुराहरू मनमनै भुट्भुटिएर यताउति हि“डिरहन्थे । सुबोध र सरलाको जहाज जमिनमा उत्रिने नाम लि“दैनथ्यो । हुने र मिल्ने भए सासूससुराले सरलाको हातको रििसभर खोसेर चड् यँम-चड्यँम गाला चड्काउ“थे । तर, अप्रत्यक्ष्ँमा जस्तोसुकै हुरीबतास चले पनि प्रत्यक्ष्ँमा दुवै शान्त देखिन्थे । शान्त समुद्रजस्तै । तर, कसैले अनुमान गर्न नसकिने सामुद्रिक ज्वालामुखीका तावामा ती भकभक उम्लिरहेका हुन्थे ।

सुबोधस“ग फोनमा कुरा गर्न पाउ“दा सरला सारा संसार बिर्सन्थी । सासूससुरा मात्र होइन, छोराको समेत हेक्का रह“दैनथ्यो । यो बुझेका सासूससुरा नातिलाई आफूस“गै लग्थे । उसैको अनुहारमा सुबोधलाई देख्थे । केटाकेटीमा सुबोधलाई खेलाएको सम्झना ताजा पार्न नाति खेलाउ“थे । नाति होइन, केटाकेटी अवस्थाको सुबोध आफ्नो काखमा छ भन्ने भ्रममा ती सुबोधको अनुपस्िथतिको क्ष्ँतिपर्ूर्ति गर्थे । यो एउटा विधि थियो सन्तुलित बा“च्ने । नखलबलिई संयमित बा“च्ने ।

सरला र सुबोधको भण्डार रिित्तने आश गर्नु बेकार थियो । सासू र ससुरा दुवैले पटकपटक घा“टीमा नअड्केको खकार सफा गर्न जबरजस्ती खोकिसक्दा पनि सरला र सुबोध उडिरहन चाहन्थे । सासूससुराले आकाशबाट जमिनमा ओराल्न नसकेका दुवैलाई समयले ल्यान्डिङ् गियर बदल्न बाध्य पाथ्र्यो । नचाह“दा-नचाह“दै दुवै जमिनमा ओर्लिन्थे । त्यतिबेलासम्म दुवैको अप्राप्ति सन्तुष्टिको चरणसम्म पुगिसकेको हुन्थ्यो । त्यसैको सहारामा दुवै बा“की दिन बा“च्थे । चा“डै फोनमा भेट्ने वाचासहित रििसभर राख्थे । सुबोधका बारेमा त थाहा भएन तर रििसभर राखेको धेरै बेरसम्म सरला मोहनी लागेजस्ती हुन्थी । एकोहोरन्िथी । सुबोधस“ग फोनमा कुरा गरेको ह्याङ्ओभर निकै समय रहन्थ्यो । त्यस ह्याङ्ओभरले पनि उसलाई सुबोधस“गस“गै बसेजस्तो आनन्द दिन्थ्यो । त्यही आनन्दमा निमग्न हुन्थी सरला । त्यही निमग्नतालाई बेलाबेला उग्राइरहन्थी । फर्ुसतका समय कटनीको गतिलो माध्यम थियो निमग्नता । छिमेकीहरू झटारो हानेर जिस्क्याउ“थे पनि । तर, झटारो उसका लागि आङ सिरङि्ग पार्ने मीठो स्र्पर्श हुन्थ्यो ।

मीठो स्र्पर्शको आशमा बसेका बेला भद्र आवाजले फोनमा बाकस आउ“दै गरेको खबर सुनायो । फोन कहा“बाट आयो भनी सोध्ने शुद्धिसम्म रहेन । सुबोधको नामस“ग उसले बिर्सने गरेका थुपै्र विषयमध्ये त्यो पनि पर्‍यो । यस कुराको होस उसलाई फोन राखिसकेपछि भयो ।

फोन कहा“बाट आएको होला भन्ने प्रश्नमा उसले थुप्रै विचारविमर्श गरी । थुप्रै सम्भावनाहरू उसका मनमा आउ“दै, जा“दै गरे । त्यस्ता सम्भावनामा विदेशस्िथत नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय, स्थानीय जिल्ला प्रशासन कार्यालय आदि क्रमशः आउ“दै, जा“दै गरे । तर, सरलाको विश्वास कुनै सम्भावनामा अडेन । सरकारी संयन्त्रको नाडी छामिसकेर विश्वास नगरेकी होइन । तर, कताकता अन्जानमै उसमा त्यस्ता संस्थाप्रति अविश्वास थियो । त्यो जन्मजात थियो अथवा सिर्जित – तर, थियो । त्यही अविश्वासले सम्भावनाको डोरी म्यानपावर कम्पनीतर्फसोझियो । तर, गैरजिम्मेवार रूपमा झर्केर बोल्ने र बोल्नुपर्दा पैसा तिर्नुपर्नेजत्तिकै गर्ने म्यान पावर कम्पनीको बोल्ने शैली एकाएक कसरी परविर्तन भयो – कुनै गैरसरकारी संस्थाले तालिम दिएबापतको प्रतिफल हो कि – यस्तै हु“डलोमा परी ।

“आ…˜…˜…˜, जसले खबर गरे पनि खबर गर्‍यो । कुरा सकियो । बरु बाकसमा के पो होला -” अन्त्यमा चित्त बुझाउने किनारा फेला पारी ।

टीभी पठाइदिएको हो भनु“ भने घरमै छ । “कतै ठूलो आकारको रङ्गीन फ्ल्याट्रोन टीभी पठाइदिनुभएको हो कि -” मनमनै सम्झी ।

“घरको ब्ल्याक एन्ड ह्वाइट र सानो आकारको टीभीमा मान्छे सानो देखिन्छ । अग्लो विशाल वृक्ष्ँजस्तो देखिनुपर्ने मान्छे माखाको पित्तजत्रो देखि“दा टीभी हेरेको स्वादै हु“दैन । धरहराको बार्दलीबाट सडकमा हि“डिरहेको लिलिपुटजस्तो मान्छे के हर्ेर्नु † कम्तीमा टीभीमा त ठूलो फराकिलो मान्छे देखियोस् । पैसा कमाए“ भने सबभन्दा पहिला ठूलो, अग्लो र फराकिलो मान्छे देखिने टीभी किन्छु । फुच्चे मान्छे हर्ेदाहर्ेदा आ“खा सा“घुरो भइसक्यो ।” पर्ूवस्मृति रविाइन्ड गर्दा सुबोधले गरेका कुरा सम्झी ।

“फोनमा धेरै पैसा खर्च हुन्छ । कम्प्युटरबाट च्याटमा कुरा गर्दा थोरै पैसा लाग्छ । एकअर्काको अनुहार हर्ेर्दै मज्जाले कुरा गर्न पाइन्छ । भ्वाइसमेलबाट बोलेरै कुरा गर्न मिल्छ । जमाना का“ हो का“ पुगिसक्यो † हामी चिप्लेकीराको गतिमा छौ“ । तिमी पनि कम्प्युटर चलाउन सिक र साइबरमा गएर च्याट गर्न सिक । अनि, अघाउ“जी कुरा गर्न पाइन्छ ।” एकपटक फोनमा सुबोधले भनेको कुरा सम्झी ।

उसलाई कम्प्युटर त आउ“थ्यो, केवल च्याट र इमेल गर्ने तरकिाको अभाव थियो । गाउ“ले बजारमा खोलिएको साइबरभित्र छिरेर त्यो पनि सिकी । सुबोधलाई दर्ुइ-चारपटक इमेल गरी र च्याटमा कुरा गरी । सासूससुरालाई पनि आफूस“गै लगेर च्याटमा कुरा गर्न लगाई । सुबोधको अनुहारै हेरेर भ्वाइसमेलबाट कुरा गर्न पाउ“दा हुनुसम्म खुसी भई । तर, रहस्यका कुरा गर्न नपाउ“दा उसको मन कु“डियो । त्यही गुनासो गरी । सुबोधले इमेलमा लेख्न भनेे । भनेजस्तै गरी । तर, चित्त बुझेन । चित्त नबुझेको कुरा इमेलमा लेखी ।

“चित्त नबुझेको कुरा इमेलमा लेखेबापत कतै कम्प्युटरको सेट नै पठाइदिएका त होइनन् -” सरलाको मनले प्रश्न गर्‍यो । सुबोधले कम्प्युटर पठाइदिएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन । अब टेलिभिजनभन्दा कम्प्युटरको सम्भावना बढी भयो ।

उसले सासूससुरास“ग पनि चर्चा गरी । सहरको सपना बोकेर गएको सुबोधले थरीथरी सामग्रीको जोडजाम गरेको हुनसक्ने सम्भावनाउपर विचार भयो । तर, कसैले ठोकुवा गरेर भन्न सकेनन्, बाकसमा के आउ“दैछ –

जेहोस्, बाकस आउने दिन आयो । बिहानैदेखि घरमा चहलपहल सुरु भयो । बाकस होइन, बाकसका ठाउ“मा स्वयम् सुबोध आइरहेको भान सबैलाई भयो । सरलाले आफूलाई सि“गारी ।

‘छिः कस्ती उत्तँउली † लोग्ने आउने भन्दैमा बेहुलीजस्ती सि“गारनि पर्छ र † कसैको नभएको लोग्ने †’ भन्ला भन्ने पीरले उसले आफूलाई बेहुली बनाइन । नभए फेर िएकपटक बेहुली बन्ने रहर जागेको हो ।

तैपनि, अरू दिनभन्दा बढी सि“गारी । उसका प्रत्येक पाइला र गतिविधिले एउटा मीठो तरङ्ग तरङ्गित गर्‍यो । त्यसैको धुनमा सुबोध होइन, बाकस आउ“दैछ भन्ने सबैले बिर्सर्ेे

अन्ततः धुलौटे डगरमा कालो जीप धूलो उडाउ“दै आयो । पाङ्ग्राले उडाएको धूलोबाट डुब्न लागेको घाम रातो गोलोमा परण्िात भयो । गाउ“का केटाकेटी रमाउ“दै जीपको पछिपछि कुदे । गाउ“का अरू पनि झुम्मिए ।

जीप सरासर सरलाको घरअगाडि रोकियो । सबै जनाले सुबोधलाई खोजे । तर, सट्टामा बाकस निस्क्यो । आ“गनको बीचमा राखियो । तर, सुबोधको सट्टा बाकस आएको मान्न कोही तयार भएनन् । बरु, केटाकेटीदेखिको सुबोधको जिस्िकने बानी गएको रहेनछ भन्ने सम्झे । सबैलाई छक्काउन ऊ बाकसभित्र लुकेको छ ।

बाकसको खापा उघारयिो । नभन्दै बाकसभित्र सुबोध मजाले सुतेको थियो । उसलाई सेतो पारदर्शी प्लास्िटकले छोपिएको थियो । वरपिर िबरफका टुक्रा थिए ।

कसैले सुबोधको मीठो न्रि्रा बिथोलेनन् । सरलाले पनि । ऊ हेरेको हेर्‍यै भई । सुबोधलाई मीठो न्रि्रा निदाउन दिई । घचघच्याएर उठाउने साहस गरनि । मोहनी लागेको जस्तो सुबोधको अनुहारमा एकोहारो हेररिही । उसको हेराइको चुम्बकीय आकर्षाको भेउ सबभन्दा पहिले सासूले थाहा पाई । मुटु हल्लियो । हंसले ठाउ“ छाड्यो । आफूभन्दा बुहारीको अवस्थाले सतायो । क्यै बिघ्न नपरोस् भनी कुम थप्थप्याएर ब्यू“झाउन खोजी । तर, अबेर भइसकेछ । सुबोधकै छेउमा सरला डङ्रङ्ग लडी । बाकसमा अलिकति ठाउ“ खाली बचेको थियो । सायद उसले त्यसैको पर्ूर्ति गरी । ध

सुबोधको सट्टा बाकस आएको मान्न कोही तयार भएनन् ।बरु, केटाकेटीदेखिको सुबोधको जिस्िकने बानी गएको र हेनछ भन्ने सम्झे । सबैलाई छक्काउन ऊ बाकसभित्र लुकेको छ । बाकसको खापा उघारियो । नभन्दै बाकसभित्र सुबोध मजाले सुतेको थियो ।

नेपाल साप्ताहिक
अंक २७०

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *