सामञ्जस्यको आभाष नभए पनि
विश्वासका कोपिलाहरू विदग्ध भए पनि
मर्माहत हृदयलाई निराकुल गराई
एउटा सुलह गर्न –
सकालमै आऊ तिमी
म वरवर्णिनीजस्तै
शालिनताले सनद्ध भई
अश्रुस्थलीमा रसाल मुस्कान भर्दै
प्रतिक्षामा हुनेछु – अक्षमा त्याग गरी
००

हो,
म अवश्य पनि मेरा –
मत्सरका ज्वालाहरूलाई
प्रणयको अथाह सागरभित्र झोस्नेछु
००
तिमी म हौ
म तिमी हू‘ं भन्नु पर्ने वाध्यताको
उत्प्रेक्षा हो हाम्रो पार्थक्य
जसले –
शुभ्र भविष्यमा पयोधा ल्यायो
एक आपसमा विभक्ति ल्यायो
सन्नाटा ल्यायो
तमिश्रा रात ल्यायो
००

उलेलीलाई परिवर्जन गर्दै
अनुढको एक्लोपनभित्र
उकुस–मुकुस्सिएर बॉंच्नु पर्ने
यो निरीह क्रम तन्काउनु भन्दा
खुम्च्याउनु नै वेश होला प्रिया
००

हृदयका पाटाहरूमा आस्था र श्रद्धाका
कोपिलाहरू फक्राउने
पावन अभिप्सा लि‘ंदै आऊ तिमी
हामीले एउटा पुनः अभिनव जीवन
प्रवर्तन गर्नु छ –
उच्चाट÷निबिड क्षणहरू बिर्सी
मृषा संकटहरू बिर्सी
म तिम्रो शुभागमनमा उदधि बोक्दै बस्नेछु
विगतका अज्ञताहरू स्वीकार गर्दैै ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *