गजल

उन्नत निस्कन्छ वा कमसल बिऊ नाम फेरिएपछि

के नेपाली नै रहिरहन्छ त जिऊ नाम फेरिएपछि

पार्क फेरियो नगरपालिका फेरियो ठाउँ ठाउँ अझै

पार्टीले सधैँ खान्छ त घिऊ नाम फेरिएपछि

वासस्थान फेरियो साधन फेरियो उपभोगका बस्तु

तातो चिसो हजुर रोजेर पिऊ नाम फेरिएपछि

कहिले भारत कहिले चिन सम्झौतामा झुक्दाझुक्दै

के नेपालमै सिचिन्छ त हिऊँ नाम फेरिएपछि

इन्जिनियर राकेश कार्की

लस एन्जेलस

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *