उनले जस्तो मैले माया लाको भए हुन्थियो होला
सार्न पाए यो दिल त्यता बल्ल उनलाई छुन्थियो होला।

खुकुरीलाई थाहा हुन्न कति दुख्छन घाउहरु
आधी आउँदा छाल सगै कति डुब्छन नाउँहरु

घाम छाया जस्तै जीवन ताराहरु झरिरहन्छन
चोखो माया लाउने मदन सधैं यहाँ मरिरहन्छन

उनले जस्तै मैले पनि यो मन सधैं फेर्न पाए
धन्य हुन्थियो होला जीवन उनको खुशी हेर्न पाए

भेट्ने भए उनलाई भन्दिनु है मेरो हाल
तिम्रै लागी बिताउछ रे महिना अनि अझै साल।।

राजन पोखरेल
राजकुन्ज
मोरङ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *