हिमालको काखै मुनि चौतारिमा बरछ आउँदा जादा पस्नु दाजै त्यहीँ मेरो घरछ।। चौरी डुल्छे डाडा पाखा डाफे नाच्छ बनमा सन्सारकै स्वर्ग हाम्रो यही देशमा परछ।। सानो सानो देश मेरो गुराँस फूल्ने बन जस्ले यहाँ पाइला टेक्छ सन्सार नै तरछ।। फाटै भरी धान झुल्छन मैदानमा सुन अनेक भाषा जात जाति शान्ति संदेश छरछ।। सन्सारलाई लोभ्याउने शिर माथी फूल सगरमाथा मुस्काउदा सबको मन हरछ।। राजन पोखरेल राजकुन्ज मोरङ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar