बोस्टनमा सुनिए – डा. शिव गौतम र दिनेश अधिकारी

 

समाचार दाता- Govardhan poojaboston news

एउटा  छुट्टै माहौल | मन्चमा एकएक  दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी | डा. गौतम पत्नी साहित्यकार भारती गौतमसहित बोस्टन छोडेर अमेरिकाको अर्को राज्य फ्लोरिडा जान तम्तयार रहेका,  अनि करिव एक महिना अमेरिका भ्रमणको उतरार्धमा रहेका जीवन संगिनी उषा अधिकारीसहितका दिनेश अधिकारी | संयोग, बोस्टनको सिर्जना उत्सवको ३६ औ शृंखला |

पहिले नै मंचको अग्रभागमा रहेका दिनेश अधिकारीलाई डा. शिव गौतमले खादा लगाएर स्वागत गरे भने डा. शिव गौतमलाई दिनेशले | त्यति मात्रै होइन भारतीलाई उषाले खादा लगाई स्वागत गरिन भने उषालाई भारतीले | र सुरु भयो उपस्थित साहित्यकार र साहित्य अनुरागी सबै सभापति भएको उत्सव |

चर्चित सारंगी वादक श्याम नेपालीले हालै दिवंगत भएका संगीतकर्मी अम्बर गुरुङको सम्मानमा एउटा संगीत प्रस्तुति पेश गरे भने संगीतकर्मी दिपक मुखियाले उनलाई साथ दिए |

साहित्यकार हरि थापाले सबैलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम संयोजक गोवर्धन पूजाले पहिलो चरणमा आधा दर्जन कविता वाचन गर्न बोलाए साहित्यकार अधिकारीलाई |

माटो र मुटुको सिर्जना वाचन गरेर दिनेशले सबैको मन जितेपछि डा. गौतमले माया र मस्तिस्कको कविताको रसास्वादन गराए |

काव्य सिर्जनामा मदन पुरस्कार पाउने गीतकार एवं कवि दिनेश अधिकारी  र बोस्टनको हार्डवर्ड विश्वविद्यालयमा नेपालीको उपस्थिति देखाउदै आएका प्रयोगधर्मी कविता सिर्जनारत  कवि डा. गौतम | दुबैले सिर्जना उत्सवको उत्सवमा नया अनुभव संगाले | दुबैले मुक्त कण्ठले आयोजकको प्रसंशा मात्रै गरेनन यस किसिमको कार्यक्रमले लेखन परिमार्जनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे | नेपाल फर्केर पनि बोस्टनको कार्यक्रम नबिर्सने बचन दिए अधिकारीले भने डाक्टर गौतमले आफूले सिर्जना उत्सवलाई सधै महत्वपूर्ण  सिर्जना मंचको रुपमा लिने गरेको बताए |, गौतमले भने – मैले सिर्जना उत्सवमा नै पहिलो पटक प्रयोगधर्मी कविता वाचन गरे र निरन्तरता दिदै आएको पनि छु |

कार्यक्रमको मध्य भागमा दिनेश राजभण्डारी, अनु शाह, लालगोपाल सुवेदी, हरि काफ्ले, धन लेप्चा, सुशील नेपाल, लगायतले सिर्जना वाचन गरेपछि  फेरि डा. गौतम र अधिकारीले बाँकी आधा दर्जन सिर्जना वाचन गरे | दिनेश पत्नी उषाले संछिप्त मन्तव्य दिइन भने दीपा राई पुनले आफ्नो सिर्जना र अस्वस्थताका कारण अनुपस्थित ममता कर्माचार्यको कविता सुनाइन | कार्यक्रमको उतरार्धमा हरि थापा र गोवर्धन पूजाले कविता सुनाए |

सभापति मध्येका एक मन्चमा आसिन भारती गौतमलाई उद्घोषकले सिर्जना वाचन, मन्तव्य र सभा बिसर्जन गर्न अनुरोध गरे पछि सुरु भएको थियो -रात्री भोज |

कार्यक्रम समाप्ति पछि अधिकांशको मुखबाट कार्यक्रमको प्रसंशा हुदै थियो – यस्तो पो कार्यक्रम , छुट्टै स्वाद आयो |

सिर्जना उत्सवको ३७ औ शृंखला साहित्यकार एलबी एरको  संयोजनमा जुलाइको अन्तिम सातामा हुने भएको छ |

 

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *