हृदयको कन्दरामा किन तिमी बस्न आयौ
यो पापीको मोहनीमा यसै तिमी फस्न आयौ ।

थुप्रै–थुप्रै धोकाहरू हिजो पनि दिएकीथ्यौ
झुक्याएर यो दुःखीको चोखो प्रीत लिएकीथ्यौ
विरहमा हॉंसी–हॉंसी सधै‘ छुरी धस्न आयौ
यो पापीको मोहनीमा यसै तिमी फस्न आयौ ।

यो मुटुले स‘गालेको आस्था सबै पोखेकीथ्यौ
सयौंपल्ट चोखो प्रेम तराजुमा जोखेकीथ्यौ
आज फेरि सपनीमा मेरो छाती डस्न आयौ
यो पापीको मोहनीमा यसै तिमी फस्न आयौ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *