By- आनन्द श्रेष्ठ

सिधा हिड्नु, बाटो बटारिन्न कै’ल्यै

नबिर्से कदापी हपारिन्न कै’ल्यै

बढ्यो जो निरन्तर नमानी कुनै लाज
बढी नै रहन्छ पछारिन्न कै’ल्यै

म आगो निलूँला उचालेर धर्ती
अहो ! तुच्छ आरोप् ! सकारिन्न कै’ल्यै

ल छोए नि छोऊ,भनी राख्छ यो मन
चिसै हात लाग्दा मडारिन्न कै’ल्यै

उचालेर अझ्झै कदापी नछोड्नू
हलुङ्गो छु भैंमा बजारिन्न कै’ल्यै

म जे गर्छु सप्पै मिलाएर गर्छु
अझै प्रेम गर्दा हतारिन्न कै’ल्यै

छ “आनन्द”भित्रै, दह्रो हौसला छ
सके फाल्नु टाढै बढारिन्न कै’ल्यै ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *