१.
कतै सुगन्धित पूmलजस्तै देखिन्छ्यौ तिमी
कतै ईश्वरको भूलजस्तै देखिन्छ्यौ तिमी
दम्भका कुण्डहरू सुक्ने हो भने छातीभित्र
अनि,आदर्शको मूलजस्तै देखिन्छ्यौ तिमी ।
२ं.
स्वाभिमान झुकाउ‘ंदै कसैको पाऊ मोल्दैछु अचेल
बचेखुचेको अस्तित्व बॉंच्नकै लागि पोल्दैछु अचेल
नैतिकताको धरातलमा हि‘ंड्दा–हि‘ंड्दै थाकियो धेरै
त्यसैले त निर्लज्ज भई नामर्दी कुरा खोल्दैछु अचेल ।
३.
भन्छन् दैवको लीला अपरम्पार हुन्छ हजुर
विना कर्म जिउ‘ंदा धर्तीलाई भार हुन्छ हजुर
जतिजति माथि पुग्यो उति नै झुक्न सक्नुपर्छ रे !
अन्यथा जिन्दगीमा नसोचेको हार हुन्छ हजुर ।
४.
कागको हूलमा बकुला बन्दै जागिर खाइयो हजुर
अज्ञानतावश बैगुनीस‘ंग मित्रता पनि लाइयो हजुर
एक्लो वृहस्पति भूmठो हुन्छ भन्थे हाम्रा बुढापाका
हो त रै’छ सत्य ओकल्दा पाउनु दुःख पाइयो हजुर ।
०० ००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *