16-डा. सुनुवार डीबी

मनिला बिचको शिरानमा एउटा ठूलो कलात्मक बगैंचा अनि ऐतिहासिक पार्क छ । त्यो पार्कले समुन्द्र छेउको सडकदेखि अर्काे सहरको छेउ छोएको छ । वाटर फाउण्टेन, देश स्वतन्त्रताका लागि लडेका बीर सहिदहरूको सालिक बोल्न बोल्न लाग्ला जस्तो गरी बनाईएको छ । बस्ने, खाने, पिउने, फोटो खिच्ने, कन्सर्ट गर्ने सबै खाले सुविधा छ यहाँ । हो यो पार्कलाई “होसे रिजाल पार्क” भन्छन् । यस पार्कको दक्षिण भागमा मनिला बे किनारको रोडसँग प्यारालल भित्र अर्काे रोड छ । दयाराम भाइलाई भेट्न यसै माबिनी रोडमा आइपुगँे म, पहिलो चोटि फिलिपिनको मनिलमा ।
दिनभर झम–झम पानी परी अहिले रहेर ओविएको रहेछ, त्यसैले मनिलाको माटो झिजेको छ यतिबेला । सडकहरू भिजेका छन् । मानिला बे झलल बलेको छ, अहिले । होचिमिन्हको सपना जस्तो मनिलामा पसिना होस गरेर पुछेँ मैले भाइको अपार्टमेन्टमा पुगेर सोफामा बस्दै ।
“नुहाइ हाल्ने हो दाजु ?” दयाराम भाइ साबुन तौलिया दिँदै सोध्छ
न् । सार्है गर्मी भएको जस्तो लागेर हुनु पर्छ भाइलाई तर उत्साहले अनि कौतुहलले त्यतिकै खुशी हुँदा गर्मीको कुनै असर परेको छैन मलाई । कम्बोडियामा पाएको पीडा बिर्सिसकेको छु, यतिखेर ।
“एक छिन ल बाबु धपेडीमा नहाउनु हुदैन” भनँे मैले दयाराम भाइलाई । निन्यो अन्तर्राष्ट्रिय विमानस्थलमा “कहाँ जाने ? पहिलो चोटी हो फिलिपिन्स ?” भनेर निकै केरकार भएको थियो । “हो हप्ता दश दिन मनिला घुमेर फर्कने हो” भनेर छुटकारा मिल्ेको थियो मलाई । तर भाइको योजना फरक रहेछ । उसको उड्ने दिन नजिकै आइसकेको रहेछ । महिना दिनको प्mलाट भाडा दिइसकेकोले त्यसलाई सदुपयोग गर्नु पर्ने अवस्था भयो उसलाई पनि । म फिरन्ते पनि केही दिन बस्ने भएपछि उसलाई पनि शान्ति मिल्ने रहेछ । भाइको शान्तिसँगै मेरो पनि शान्तिको कामना गरेँ मनमनै मैले पनि ।
मनिला फिलिपिनको राजधानी हो । नेपालको भन्दा करिव तीन गुणा जनसंख्या रहेको फिलिपिनको राष्ट्रिय भाषा तागालोग हो । यहाँको पैसालाई पेसो भनिन्छ । हरेक सहरहरूमा र बस्तीहरूमा रोमन क्याथोलिक चर्चका विशाल भवनहरू भेटिन्छ मनिलामा । भारत बेलायतको, कम्बोडिया फ्रान्सको उपनिबेस रहेजस्तै फिलिपिन पनि स्पेनको उपनिबेस रहेकोले तागालोग भाषासँगै स्पेनिस भाषा शब्दको पनि प्रयोग हुन्छ । जस्तै तागालोगमा इसा, दलवा, ताल्लो शब्द घडीको समय र नम्वर गन्तीमा उना, दोस, त्रेस, क्वात्रो, सिङ्को सएस, जस्ता स्पेनिस शब्दको प्रयोग हुन्छ यहाँ ।
हामी बस्ने रोडभन्दा पश्चिमको रोड मनिला बिच रोड पर्छ भने पूर्व तर्पm रोविन्सन रोड । माविनी रोडबाट नजिकै रहेको रोविन्सन रोडमा ठूला ठूला भवनहरू, बंैकहरू र रोविन्सन मल पर्छ । यहाँ हरेक दिन ग्राउण्ड प्mलोरमा प्रख्यात कलाकारहरूले आ–आप्mनो कला प्रदर्शन गर्दा रहेछन् । बिहान छ बजे देखि बेलुका नौ बजे सम्म खुल्छ राविन्सन मल मनिलाको । दयाराम भाइले मनिलाका प्राय हेर्न पर्ने ठाउँ देखाइ दिए चार दिनमै । भोलि ऊ सोउल उड्दैछ । होचिमिन्ह सिटिबाट मिस आमरोतले “बैङ्कक कहिले फर्किने ? मनिलाको बसाई कस्तो छ ?” जस्ता मेलमा सोधिरहेकी छिन् । टोकियोबाट मित ज्यूले बैंङ्कक फर्कनु हतार नगर्नूस् भिषा एक्सटेन्सन भइहाल्छ एक दुई महिना मनिलामा बस्नु होला भन्नु भयो फोनमा ।
केही समय त सङगह्रालय, पार्क, बिच र नयाँ शहर घुमेर बित्यो तर भाइ हिडेको एक हप्तापछि सँगै प्mलाटमा बसेका यहीका स्थानीय माङ जिमीले समय भएमा आफूले जानेको विषयमा विभिन्न संघ–संस्थामा इन्टर्न गर्न सहयोग गर्ने ईच्छा राखे । होटल हलिडे मनिलामा इन्टरनेशनल कुलिनरी आर्टमा ग्राजुयन पछि इन्र्टन गर्ने काम भयो, मेरो मनिलामा । यसै समयमा फिलिपिनको बागियो, बाताङ्गगास, पाङ्गपाङ्गा जस्ता धेरै स्थानहरू स्थानीय साथीहरूसँग घुमियो । जुलाइको महिना रातभरि पानी पर्छ मनिलाको मैला पखाल्छ अनि दिनमा उदाङ्गो खुल्छ आकाश मनिलाको माथि । म उसै–उसै रमाउँछु मनिलाको विशालतामा, समुन्द्रको सुन्दरता । मनिला बेको किनारामा बसेर बेगले उर्लिएर आएको छालले किनाराको ढुङ्गालाई बेजोडले टक्कर दिन्छ र नुनीलो पानीका फोहरा फुरूरू अनुहारमा आउँछ ।
आकाशमा फुलेको घाम ओइलाएर सिधै विशाल समुद्रको पानीमा डुब्दा जति शान्ति मिल्यो घामलाई, त्यतिनै झन आनन्दको अनुभूति भयो मलाइर्, अनि गुन्गुनाएँ मनमनै, पपुलर आर्टिस्ट सिङ्गर रेजिना भेलास्केसको यो गीत–
“पाग्दत्तिङ नाङ पानाहोन्
बाका इकाउ रिन आत आको
साना आइ मलिन मुरीन
पाग्दत्तिङ नाङ्ग पानाहोन्”
उनको यो गीत सबैका मुखमा झुण्डिएको छ यति बेला मनिलामा । “एक दिन यस्तो मौसम आउने छ, जुन दिन तिम्रो र मेरो पूनः मिलन हुन्छ” भन्ने आशाबादी गीत हो, तागालोगमा यो । मैले यसको अर्थ बुझेपछि आइ–नआइ एक दुई लाइन गाउँन मन पराएँ । अगस्तको पहिलो हप्तान्तमा मार्लोन फनान्डेजले “बागियो घुम्न जाने ?” भन्नु भयो आत्मिय पाराले । मलाई पनि के खोज्छस् कानो आँखो भनेकोजस्तै भयो । मनिलाको सबै ठाउँ प्राय घुमिसकेको थिएँ र नयाँ स्थानमा घुम्न जाने चाहना पालिरहेको थिए । “भोलि भिसोरिया मार्केट नजिकैको बस पार्कबाट गाडी चढ्नु पर्छ तयार हुनु है” भनेर मार्लोन छुटियो हामीबाट ।
बिहानको करिव आठ बज्ने सङ्केत गर्दै थियो मेरो नडी घडिले । पल–पलको हिसाव राखेर घडीको सुइले निर्धारित समय भेट्ने कोशिस जारी नै रहेको जनाउ दिइनै रहेको थियो । बस पार्क पुग्दा मार्लोनले मलाई पर्खिरहेको थियो, दुई जनाको टिकट काटेर । केही क्षणमै हाम्रो सिटमा गएर थ्याच्च बस्न नपाउँदै बसको सहायकले “सिगि पोइदे” जाउँ भयो, घण्टिको स्वीच थिचेर । नेशनल हाइ वे समातेर उत्तर दिशा फाट्ट फुट्ट घरहरूलाई छोड्दै हरियो पहेँलो खेतबारी हुँदै अघि बढिनै रह्यौं । यात्रीहरू शान्त मुद्रामा बसिरहेका थिए तर मार्लोन भने चुप थिएन, आफ्नो ठाउँको बारेमा मलाई जानकारी गराउँदै थिए, अंग्रेजीमा । भेट्दा, खादा, बस्दा, हिड्दा र सामानको मोल सोध्दा जस्तो सामान्य सम्बाद मात्र हो स्थानीय भाषा मेरो लागि अझै सिक्ने क्रममा छु । यहाँ पनि हाम्रो जस्तो समुद्रको सतह नजिक बसोबास हुनेहरू राता काला बर्णका हुँदा रहेछन्, भने अलि उचाई पहाडि भेगामा बसोवास गर्नेहरू गोरो बर्णका हुँदा रहेछन् ।
रमाइलो जोक गर्ने स्वभावका हुन्छन् फिलिपिनोहरू, नाच्न, गाउँन, मीठो खान र नयाँ ठाउँमा जान मन पराउँछन् । दुई चार जना मन मिल्ने साथीहरू भेला भयो कि खाना र गितार लिएर शुरुभैहल्छ रमाईलो । बेला बेलामा जंगल उकालो ओरालो हुँदै धेरै जति उकालो नै उक्लिरह्यौं, बागियो सहर पुग्नका लागि । बागियोको बारेमा केही बताउँदा बताउँदै मान्छेहरू झर्ने क्रम शुरु भयो । मलाई बागियो आयो कि जस्तो पनि लाग्यो, तर सोधिन मार्लोनलाई । झर्नु पर्ने बेला आयो भने उसैले भनिहल्छ नि π ऊ पनि एयरफोनको संगीतमा लट्ठ परिरहेको थियो । हङ्गकङ्ग सिङ्गापुर खाडी मुलुकहरू जहाँ गए पनि फिलिपिनोको जात यस्तै हो । करिव एक घण्टा बादलुको घुम्टोलाई उघार्दै माथि कुइनेटोमा पुगेपछि सहायकले ‘पारा’ भनेर गाडी रोक्ने आवाज दियो ।
बागियो उचाई पहाडी भागमा पर्ने भएकाले करिव दश महिना चिसो हुने रहेछ । फिलिपिनको लुजोन, विसायास र मिन्दनाओ खण्ड मध्ये लुजोनको पनि उत्तराखण्डमा पर्छ बागियो । यात्राका लागि मेट्रो मनिला, केजोन सिटि र माकाती जस्ता नजिकका सहरमा जानका लागि सजिलो र सस्तो पर्छ । यहाँ छोटो यात्रा जिप्नीमा सस्तो हुन्छ । नेपालको मुस्ताङ्गे पिकअप भ्यान जस्तो भए पनि बहिरबाट हेर्दा आकर्षक लाग्छ जिप्नी । तर अलिक लामो दुरी जानु प¥यो भने बसको प्रयोग नै आरामदायी हुन्छ फिलिपिनमा ।
हामी उचालिई नै रह्यौं पहाडको उचाइतिर, नेशनल हाइवे बाङ्गो टिङ्गो भएपनि फराकिलो सडक छ । बेला–बेलामा घाम लाग्ने र कुहिरोले ढाक्ने क्रम चलिनै रहेको छ । मार्लोनको आमा लिलिया शिक्षिका हुन् भने बाबु जोशफ सीमेन हुन् । यतिबेला मार्लोनको बाबु पनि घर आएका छन् । कहिले कही छ–छ महिनासम्म पनि सी–मेनहरू यात्रा मै हुन्छन् । करोडौं फिलिपिनहरू विदेशमा काम गर्छन् । यो चहि फिलिपिनहरूको विशेषता हो ।
बागियोको उकालो चढ्दा पहिलो पटक काठमाडौं आउँदा मलेखुबाट थानकोटको उकालो उक्लिएको जस्तो अनुमान गरिरहेको थिएँ । पहाडको गालै गालाबाट पोथ्रा पोथ्रीहरूले भरिएको जङ्गललाई फन फनी घुमाएर बनाएको थानकोट छिचोल्ने बाटोजस्तै । कतै सुर्का सुर्की परेका खेतका गराहरू, त कतै खोला खेल्सीहरू, त कतै झ्याम्म झ्याम्म परेका रुखहरूले ढाकेका पहाड, थानकोट हुँदै काठमाडौं नै पु¥याउला जस्तो यो बाटोले फिलिपिनको वागियो पुर्याउँछ भन्ने लागिरहेको छ मलाई । झट्ट हेर्दा घरहरू र मानिसहरू पनि नेपालजस्तै मात्र बोली चाली र खान पिनमा फरक छ ।
बागियो सहरमा पुग्दा कुहिरोले इलाम बजार छोपेको जस्तै ढपक्कै छोपेको रहेछ बागियोलाई । मन मनै हराए म पनि काग जस्तै यहाँको कुहिरोमा । कहाँ जान भनेर हिडेको फिरन्ते कहाँ आएर घुम्दै छस् ? बाहिरीको संसारमा म मज्जाले घुम्दै छु तर मन भित्रको संसारमा खलवली मच्चिएको छ । मेरो उद्देश्य, लक्ष र गर्नु पर्ने काम अर्कै छ तर पनि मन बहलाउँछु बाहिरको वातावरणमा । पाखा भित्ता नै भए पनि फराकिलो सडकर ठूला–ठूला भवनहरू रहेछन्, बागियोमा । ठाउँ अनुसारको दुई तलाको सानो बगैंचासहि चिटिक्कसँग बनेको रहेछ मार्लोनको घर । घरभित्रबाट बाहिर बगैंचामा निक्लँदै गरेका आमालाई “मागाण्डाङ्ग हापुन पो” मार्लोनले आमा बुवालाई अभिवादन गरे ।
“कुमुस्ताका ना ?” सन्चो बिसन्चो बुवा जोसेफले सोधे मार्लोनलाई ।
“माबुती पो” हजुर सन्चै छु, मार्लोनले प्रतिउत्तर फर्काए ।
“साआनका बा सिया” उनी को, कहाँका हुन ?
“काइविगान आको सी डान” डम्बर सुनुवार “तागा सि नेपाल ” नेपालबाट आएको ।
“भेरी गुड π हाउज फिलिपिन ? यु आर फ्रम द कण्ट्री अफ माउण्ट एभरेस्ट” फादर जोसेफ पनि खुशी भए मलाई देखेर । उनको पनि नेपाली साथीहरू रहेछन् काम गर्ने ठाउँमा ।
“भेरी विउटीफुल π” मैले जवाफ फर्काए छोटकरीमा । पाउना कोठामा झोला थन्क्याएर डाइनिङतिर पस्यांै र बाहिरको चिसोलाई तातोले सेक्दै फादर जोसेफसँग केही फिलिपिनको र केही नेपालको बारेमा चर्चा ग¥यौं । बागियोमा पनि नेपाली विद्यार्थीहरू कलेजमा पढिरहेका आमा लिलियाले बताइन् । मेरै आमा जस्तो लाग्यो मार्लोनको आमा मलाई । नम्र स्वभावकी थोरै बोल्ने खुशी भइरहने । सबैलाई छोरा छोरीजस्तै ठान्ने कति महान π मेरी आमा सानैमा वित्नु भएकोले पनि त्यो वात्सल्यको अभाव पुरा भएको अनुभव गरेँ केही क्षण, आमा लिलियाको अगाडि बस्दा ।
अन्तर्राष्ट्रिय मिसन भवन, क्याथोलिक चर्च, सङ्ग्राहलय, सरकारी कार्यालय भवन, कलेजहरू बाहिरबाट मात्र हेर्दै दिनभरि बागियोलाई हेरि सक्नु पर्ने थियो हाम्रो, किनभने भोलिको क्लास भेट्न मनिला पुग्नु पर्ने भएको हुनाले आमाले बनाएको सिनिगाङ्ग ना इस्दासहित स्वादिलो फिलिपिनी परिकारहरू प्रेमले खायौँे ।
“मागाण्डाङ्ग उमागा डान” (डम्बर नामलाई उनीहरूको सजिलोका लागि डान भनेर बोलाउँ छन् ।) “गुड्मोर्निङ्ग डान” भनेर मार्लोनले मलाई ओछ्यानमा झक्झकाउँदा विहानको छ बजी सकेको रहेछ । मेरा आँखाहरू त खुले तर बागियोलाई छोप्ने बादलुको घुम्टो खुलेन । मलाई त विहान भएको जस्तै लागेन, तर मार्लोनको आमा जुडिको मायालु हातले बनाएको ‘कर्न बिफ कानिन’ (फिलिपिनी खाजा) किचन नजिकैको न्यानो डायनिङ्गमा पसेर खायौं । किचनको ढोकाबाट मालर्नेनको आमा लिलियाले हामीलाई “कस्तो छ खानाको स्वाद ?” भनेर सोधिरहँदा मेरो आमाको बोलीजस्तै लाग्यो फेरि यो आवाज मलाई । आम्मै π मेरी आमा π यसरी नै सोध्नु हुन्थ्यो मलाई । आमाको माया मिसिएको खाना आएर हामी बसमा चढ्यौं मनिलाको लागि ।
बसमा सवार हामी यात्रीहरू करिव तीस पैंतीस जना हुँदो हौं । हामी सबै आ–आफ्नै कुरामा व्यस्त थियौं । पछाडिको सिटको मार्लोनको साथीले कोट्याएर उसको कुराहरू सोध्यो । मलाई चिनापर्ची पनि गराए, उनी माइक गार्सिया रहेछन् । मनिलामा सुपर मार्केटमा सुपरभाइजरको काम गर्दा रहेछन् । एक हप्ता अगाडि नै घर आएको रहेछन् उनी । माइक भनेर परिचय हुने वित्तिकै मलाई हलिडे इनमा काम गर्ने माइक एम्बोङ्गको याद आयो । उनले पनि उनको घरमा लगेर ताडीको वन र प्यासिफिक महासागर देखाएका थिए, मार्लोनलेजस्तै ।
एक दिनभरि नै लागेको थियो उसको गाउँ पुग्नको लागि । नरिवल र ताडको पहाडको फेदीमा सबैभन्दा ठूलो महासागर, प्यासिफिक महासागर । यस सागरको हावाले ताड र नरिवलको पात हल्लाए जस्तै हामी पनि हल्लिदै हल्लिदै पुगेका थियौं । अझै पनि म अघिल्लो महिनाको त्यो गाउँको यात्राको सम्झनामा हराइरहँदा मार्लोन र माइक आफ्नै कुरामा व्यस्त थिए । महासागर किनारमा लापु लापु र पम्फ्रेड माछाको बार्बक्यु गरिरहेका छन्, अरू साथीहरू । माइक र म किनारामा रोकी राखेको पानी जहाज हेर्नतिर लाग्यौं । वयस्क केटा केटीहरू आफ्नै खुशीकासाथ ह्वात्त ह्वात्त बढेर आउँने सम्द्रका छालसँग ठोक्किदै टु पिसमा इत्रिरहेका अनि छालले भिजाएर गएको चिसो बालुवामा आफ्ना मायालुका नाम कलात्मक रुपले लिखिरहेका दृष्य फ्ल्यासब्याक भइरह्यो मेरो मानसपटलमा ।
“ग्रावी आङ्गगाण्डा इतो, दिवा पारे” मार्लोन आफैं छक्क पर्दै “कस्तो राम्रो हैन साथी” एक पटक त्यहाँ जहाज सम्म पुगेर आउने भन्छन् । ऊ झाप्लाङ्ग झुप्लुङ्ग गर्दै पानीमा पसिहाल्यो र म पनि उसको पछि लागेँ । जहाजदेखि किनारसम्म तन्किएर राखेको डोरीको लट्ठालाई पक्रिएर अगाडि बढ्दै रहँे । सेतो र रातो आकर्षक रंगको पानी जहाज विशाल आकारको थियो । प्रान्तीय स्तरको यात्रुवाहक पानी जहाज हुनुपर्छ यो । बेहुलीजस्तै सिंगारिएको यो पानी जहाज आम्मै π कहाँ कहाँ जान्छ होला ? होचिमिन्ह पनि पुग्छ कि ? मिसले आमरोतले मिस गरिरहेकी होलिन् जान पाए पनि हुन्थ्यो । प्यासिफिक महासागरमा तैरिरहँदा होचिमिन्हको मायामा डुबेको पत्तै भएनछ । मार्लोन जहाजमा पुगेर जुरुक्कै माथि उक्लिएर डाइभ हानेको हेर्दै थिए, किनारबाट माछा पाक्यो खान आउभन्दा पो झसङ्ग भएछु ।
कति चाँढो मार्लोन त पारि किनारमा पुगिसकेका रहेछन् । हतार हतार किनारमा आएर नुनिलो पानीको मुख पुछेर भुंग्रोबाट भर्खर निकालेको तात्तो माछा ‘कालामान्सी सस’ (सानो आकारमा पाइने स्थानीय कागती) मा चोबेर खाँदा नयाँ संसारमा नयाँ अनुभव गरेको जस्तो लाग्यो । हामी पहाडमा बस्नेहरूको लागि त समुद्रको सौन्दर्य अति नै मनमोहक लाग्छ । दानिलो, माइक, मार्लोन, हारोल्ड र साइमन मनिला बस्दाका मिल्ने साथीहरू हुन् । मारिया, जोसिफिना, इभान्जली र मार्तेस महिला मित्रहरू पनि बेला बेलामा हाम्रो यात्रामा सम्लग्न हुन्थे । उनीहरू कोही वागियो, केही पाम्पाङ्गा त केही बाताङ्गासका थिए ।
बेला बेलामा उनीहरूले स्थानीय वनमा पनि घुमाउथे मलाई, तर त्यहाँको झारपात छुन र फल फूलहरू छुन दिदैनथ्यो । मलाई इष्र्या पनि लाग्थ्यो कि यो फिलिपिनमा भाषा, संस्कृति, समुद्र र वातावरणसँग पो नौलो छु म तर यहाँको पहाड, वन, झरना, झारपात, चरा चुरुङ्गी अनि वनभरि फुलेका फूलहरूसँग किन नौलो मान्नु पर्ने ? विचराहरूसँग बोल्न त पाईएन पाइएन तर किन छुन पनि नपाईने ? के को दुष्मनी हो मेरो यो पहाड, झरना, चरा, चुरुङ्गिसँग, कम्तिमा सानो स्पर्शसम्म गर्न पाएको भए भन्ने लागि रहेथ्यो । निदायौ दान, हामी ओर्लनु पर्छ अव भन्ने आवजले झस्किएँ म । गाडीको सहायकले ‘पारा’ भन्दै हाम्रो अर्पाटमेन्ट जाने बाटो नजिकै रोकिदियो । हामीहरू आ– आफ्नो झोलाहरू लिएर लखर लखर कोठातिर लाग्यौं ।
अघिल्लो महिना पनि बाताङ्गगासको माविनी बिचमा पनि दानिलोको बाबुको रिसोर्टमा पिक्निक कार्यक्रमको आयोजना भएको थियो । अक्टोबरको घमाइलो दिन थियो । साइमन र मलाई एउटा समुद्रको छाललाई किसिम किसिमको दृष्य देख्न मिल्ने कोठा मिलाईएको थियो । साइमन उमेरले मभन्दा पाँच वर्ष भाइ तर अनुभवले पाँच वर्ष दाइ थियो । मलाई ठूलो दाइ जतिकै आदर गथ्र्यो साइमनले । मेरो हरेक जिज्ञासाको सजिलो र सहज जवाफ दिनका लागि सदैव तयार रहन्थ्यो ऊ । हिजो सबै प्रकारको नियम र कार्यक्रमको बारेमा मलाई जानकारी दिईसकेका थिए दानिलोले । मारिया दिदिले पकाएको ओदोबो ना मानोक, कानिन लगायत थुप्रै फिलिपिनी परिकारहरू तयार गरिसकेकि थिइन् । मोटर बोट, डाइभिङ्ग समाग्रीहरू र दिनभरिलाई आवश्यक सबै सरसामानहरू लिएर एक घण्टा र तीस मिनेट समयमा पुगिने सानो लापुलापु टापुमा जाँदैछौं अहिले हामी ।
दानिलोले मोटर बोटमा सामानहरू मिलाई सकेपछि हामी दशजना माविनी बिचको मोटर बोट पार्किंगबाट समुद्रको पानीको छिटाले सुरुरुरु अनुहार भिजाउँदै अघिबढ्यौं । दानिलो मोटर बोट चलाउन, खाना पकाउन र डाइभ गर्ने कुरामा पारङ्गत छन् । हामी त मात्र उसको पछि लागे पुग्छ । बेला बेलामा म एक जना फोरेनरको गाइड मात्र हो अरू जान्दिन भनेर ठट्टा पनि गर्छन् । दिनभरि समुद्रको प्राणीहरूसँग जिस्कनु, समुद्रको मोती खोज्नु, वेस्टर टिप्नु, कलात्मक रङ्गिन पत्थर, माछा र सिपिका खवटा जम्मा गर्नु र समुद्री जीवहरूसँग खेल्नु यहाँको मनोरञ्जनका पक्षहरू हुन् ।
बाराङ्गाइ नामक सानो टापुको किनारामा अवस्थित लापुलापु बिच डाइभिङ्गको लागि राम्रो मानिन्छ । डाइभिङ्ग सुट, एयर ट्याङ्क, हेड लाइट, एट्याक नाइफ, हेलमेट, फिसटेल फ्यान र एयर पाइप जस्ता सम्पुर्ण सुरक्षाका समाग्रीहरूले सजिससाउ हुनु पर्छ डाइभ गर्नु अघि । आहा कति मज्जा पानीको संसार । अव हामी खाना पानीहरू सबै एक ठाउँमा थन्काएर छ सातजना फाल हान्यौ सम्रद्री जिवको संसार सागरमा । इभान्जली र मारिया दिदिले कतिपय मैले नजानेको कुराहरू सिकाउनु हुन्थ्यो बेलाबेलामा । साना साना माछाहरूले त ठुङ्ग मार्न पनि आउँने रहेछ । अक्टोपस, स्टार फिस, रङ्गी विरङ्गी झ्याम्म झ्याम्म परेका खेलौना जस्ता समुद्री बनस्पतिहरू कस्तो अनौठो यो संसार ।
म तानिदै थिएँ समुद्रीक पानी भित्रको प्राकृतिक संसारमा झन गहिराइतिर, त्यही संसारमा हराउन मन छ मलाई । अझै नजिकबाट साक्षातकार हुने अग्घोर ठूलो चाहना छ मेरो । म पुरै स्वतन्त्रत भएर माछा जतिकै स्वछन्द पौडन चाहन्छु । यही पानीको संसारमा रमाउन चाहन्छु प्रत्येक जलचरजस्तै । जहाँ पुगे पनि एक घण्टामा किनारामा आएर आराम गर्ने भन्ने नियम थियो, ‘ल अफ डानियल’ दिनभरि नै पालना गरिरह्यौं उसका नियमहरूलाई । थरि थरिका पानी भित्रको अनुभव र जम्मा गरेर ल्याएको सामानहरूको चर्चा गथ्योैं हामीहरू । हरियो, पहेँलो, रातो, नीलो, सेतो, बैजनी र प्याजी रङ्गका सी विड्सका झ्याम्टाहरू पनि संकलन गरेँ मैले । जाने जति त्यसको ओषधीय गुणको बारेमा चर्चा गर्थेँ । उनीहरू गम्भिर भएर जान्ने उत्सुक हुन्थे । कसैले मोती रहने खवटा पनि फेला पार्थे साना साना मोतीसहित ।
दोस्रो पटकको डुबुल्की मारिसके पछि मारिया, इभान्जली र जोसिफिनाले खाना बालुवामा तन्ना विछाएर भाग लगाएको खाना वरिपरि गोलाकार रुपमा बसेर खायौं । लापुलापु बिचमा घाम चरक्क लागिरहेको छ यतिबेला तर समुद्रको सितलता पोखिएको छ मनभरि मेरो । सबै मुखामुख गरी फिलिपिनी परिकारहरूको स्वाद लिइरहेका छौं झलक्क हेर्दा त्यति आकर्षक छैन परिकारहरू तर खाँदामा साह्रै स्वादिष्ट । सेतो रङ्गको बालुवा माथि हामीहरू एक अर्काका पर्याय भएका छौं झुरुप्प बसेर खाँदा । कुनै गुनासो छैन अनि कुनै समस्या पनि छैन केवल आनन्दै आनन्द π माथि समुद्री हावाले हुत्याएर बाङ्गो पारेको नरिवलको रुखहरू, त्यसपछि क्रमस गहिरिदै गएको सेता, पँहेला र खैरो बालुवाका आँगन र त्यसमा ह्वात्त ह्वात्त बढेर आउने हरिया र नीला छालहरू । कस्तो आनन्दको वातावरण कति आनन्द π कति स्वर्गीय π कति प्रेम गर्छन् फिलिपिनी साथीहरू एक अर्कालाई । उनीहरूको आत्मीय मायाले अझै पनि तानिरहेको छ मलाई त्यतै । सात हजार एक सय सात टापुको देशको अझै पनि माया लागेर आउँछ । हजार सपनाहरूको माया लागेर आउँछ ।

मनिला बिचको शिरानमा एउटा ठूलो कलात्मक बगैंचा अनि ऐतिहासिक पार्क छ । त्यो पार्कले समुन्द्र छेउको सडकदेखि अर्काे सहरको छेउ छोएको छ । वाटर फाउण्टेन, देश स्वतन्त्रताका लागि लडेका बीर सहिदहरूको सालिक बोल्न बोल्न लाग्ला जस्तो गरी बनाईएको छ । बस्ने, खाने, पिउने, फोटो खिच्ने, कन्सर्ट गर्ने सबै खाले सुविधा छ यहाँ । हो यो पार्कलाई “होसे रिजाल पार्क” भन्छन् । यस पार्कको दक्षिण भागमा मनिला बे किनारको रोडसँग प्यारालल भित्र अर्काे रोड छ । दयाराम भाइलाई भेट्न यसै माबिनी रोडमा आइपुगँे म, पहिलो चोटि फिलिपिनको मनिलमा ।
दिनभर झम–झम पानी परी अहिले रहेर ओविएको रहेछ, त्यसैले मनिलाको माटो झिजेको छ यतिबेला । सडकहरू भिजेका छन् । मानिला बे झलल बलेको छ, अहिले । होचिमिन्हको सपना जस्तो मनिलामा पसिना होस गरेर पुछेँ मैले भाइको अपार्टमेन्टमा पुगेर सोफामा बस्दै ।
“नुहाइ हाल्ने हो दाजु ?” दयाराम भाइ साबुन तौलिया दिँदै सोध्छन् । सार्है गर्मी भएको जस्तो लागेर हुनु पर्छ भाइलाई तर उत्साहले अनि कौतुहलले त्यतिकै खुशी हुँदा गर्मीको कुनै असर परेको छैन मलाई । कम्बोडियामा पाएको पीडा बिर्सिसकेको छु, यतिखेर ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *