-मञ्जुल मिथोच
निलिमाको मोबाईल कन्ट्याक लिस्टबाट सुजा टाईप सर्च गरेर मैले सुजाको नम्बर लिएको थिए अब के भनेर फोन गर्ने भन्ने बहाना खोज्न थाले घरी घरी मोबाईलमा मिस्कल पठाई दिन थाले तत्कालै सुजाले पनि ब्याक मिस्कल फर्खाउ थिन अझै सम्म हाम्रो चिनजान भएको थिएन | निलिमाको कलासमेट थिइन | निलिमा मेरो काकाको छोरी मेरो दिदी हुन् दिदीको कलासमेट साथी मेरो पनि दिदी नै पर्थी तर किन मैले दिदी भन्न सकिन कसरी मैले अफेयरको रुपमा हेर्न थाले त्यो मलाई पनि थाहा भएन |
सुजाको नम्बर माग्दै थियौ म उपलब्ध गराई दिउ ? राबतले जिस्काउदै भन्यो’ मैले मुसुक्क मुसुकुराउदै भने कति हो नम्बर हतारो ग्याजेडमा टिपे र सुजा नाम लेखेर सेभ गरे लाग्यो मनभित्रै पनि सुजाको नाम र नम्बर सधैको लागि सेभ गरे जस्तो |अब चाहि सुजालाई फोन गर्न अप्ठेरो नलाग्ने भयो मलाई कुनै बहाना खोज्न परेन यदि सुजाले तपाईलाई मेरो नम्बर कस्ले दियो सोधि भने त्यसको उत्तर दिने अप्सन म संग तयार थियो |
त्यस पछि सुजालाई फोन गरे फोनमा कुरो हुन थाल्यो बिस्तारै मैले आफ्नो बारे सुजालाई सबै बताए केहि पनि नढाटी भने एउटा कुरो मात्र ढाटे निलिमाको बढाको छोरो हु म भनेर भनिन | तर नाम,ठेगाना घर सबै प्रष्ट भन्दिए सुजा निलिमाको घरमा तीन पटक आईकी थिईन निलिमाले सधै कुरो गर्थी र सुजा नाम मलाई कठस्थ थियो तर भेट कहिल्यै भएको थिएन अर्थात मैले सुजालाई निलिमाको मोबाईलको फोटोमा मात्र देखेकी थिए नाम चाहि धेरै पटक सुनि सकेको थिए | फोटोमा देख्दै मलाई राम्री लाग्यो ठिक र असल पनि | दैनिक सुजा संग फोनमा कुरो हुन् थाल्यो सुख दुख देखि लिएर माया प्रेम सम्मका यस्तै कुरोले हाम्रो सम्बन्धले प्रेमको रुप लिई सकेको थियो फोनमा कन्ट्राक नहुदा पनि टेक्स म्यासेज गर्थ्यौ म प्रेतक टेक्स म्यासेजमा मेरो एउटा भएको मुटु पठाई दिन्थे सुजाले पनि त्यो निस्वार्थ मनले सम्हालेर सजाउथी अतिव प्रेम गर्थिन,विश्वास गर्थिन |यहि सम्बन्ध र विश्वासको जन्जिरले बाधिएर अडेको थियो हाम्रो प्रेम |
कुनै दिन मैले सुजासंग भेट गर्ने आफ्नो ईच्छा सुनाए फोन बाट मेरो ईच्छालाई मनन गर्दै भनिन् ‘ठिकै छ केहि छैन भेटौला मलाई पनि भेट मन छ ‘ सुजाले पनि आफ्नो ईच्छा प्रकट गरीन
मलाई भेट्न र देख्न हतार भई रहेको थियो |सायद सुजालाई पनि यस्तै भएको थियो होला|
बिभिन्न जात जातिको झाकी नृत्य तथा गायन कार्यक्रम थियो झाकी नाच लिएर कार्यक्रममा गयौ | म चाहि ढोल नाचिन अरु नै थिए ढोल नाच्नेहरु तर कार्यक्रममा गए सुजा पनि कार्यक्रममा आएकी थिई पहिले नै म पनि आउदै छु भनेर मैले अवगत गराई सकेको थिए| निक्कै उत्साहित भए त्यस दिन जब पहिलो पटक सुजासंग हाम्रो भेट हुने विशेष समय छदै थियो |
निलिमालाई सोधे छिन सुजाले सर्व कस्लाई भन्छ तिमीहरुको गाउमा ? यहा आउनु भएको छ ? मलाई सुटुक्कै देखाउ त चिम्न परो |
मेरै बढाबाको छोरा हो भनेर निलिमाले कुरा फुत्काई छिन सर्व मै हो भनेर चिनाई सकेकी रै छिन् सुजा को हुन भनेर म अन्योयलमा परि रहेको थिए धेरै |

फोर्टिन फेब्रुअरीको दिन हामी भेट हुने डेटिङ जाने मेरो चाहना थियो डेटिङ स्पोर्ट पनि मैले चोवीज गरि सकेको थिए कारणवश सुजा नभ्याउने | म ईथुङसम्म गए कति निम्त्याए तर अह सुजा आऊन सकिन् |  बाटोभरि आखा लगाए सुजाको घर टाढैबाट हेरि रहे बेलुकी एक्लै उदास घर फर्किए |
त्यस दिन सुजाको लागि भनेर ल्याएको केहि चक्लेट र रातो गुलाबको फूल त्यसै औईलाए झरे ! त्यस दिन म साहै दुखि र वेखुशी भए : ‘सुजा अब म बिग्रनु पर्छ त तिम्रो कारणले बिग्रन्छु’ , अब चुरोट पिउछु,’ जाड,रक्सी खान्छु तिमी रिसाउनु पाऊने छैनौ तिम्रै नाममा जुवा तासमा जम्ने छु
म यसरी बिग्रिनुमा तिम्रै भूमिका रहने छ
‘तपाई मेरै गल्तीले गर्दा बिग्रेको हेर्न सक्दिन मेरै कारणले कहिल्यै नब्रिक यदि मेरै कारणले त्यसो गर्नु हुन्छ भने म यो भन्दा दुखी हुने अरु ठाउ छैन’ ! सुजाको यो शव्दहरुले म ढक भए,सधै आफुलाई माया गर्ने मान्छेले त्यतिकै कि भएको मात्र हेर्न चहान्छिन म पनि सुजा मेरै गल्तीको कारणले दुखी भएको हेर्न सक्दिन थे म चहान्न थे सुजाको दुई आखामा
आसुको राज्य होस यि आखाले त्यो दृष्य देख्न नपरोस सधै भगवानसंग यहि प्रार्थना गरि रहन्थे, हाम्रो प्रेम सफल होस भनेर पुकार्ने गर्थे |
‘यति धेरै नजिक पनि हुनु हुदैन भन्थिन’
‘म भन्ने गर्थे जवाफमा त्यति धेरै टाढा पनि किन हुनु ‘
तपाईलाई एउटा कुरा भन्छु भनिन्
के कुरा भन त जिज्ञासा प्रकट गर्दै सोधे
आज बाट तपाईलाई एस जि आर भनेर बोलाउछु सुजाले राखि दिएको नाम साह्रै मन परो आफ्नो प्यारो मान्छेले राखि दिएको नाम प्रिय किन नलागोस पनि त
टेक्समा एसजि आर भनेर लेख्थिन म बेहद खुशी हुन्थे जहा म प्रेमको आभाष पाउथे |
एसएल सी परिक्षा दिन झरेकी थिई भेट्न डेरा कहा पुगे कोठाबाट घुम्न बाहिर चिया पिउन खाजा घरमा गयौ संगै बस्यौ एउटै बेन्चमा मैले दुई कप चिया र सिफूट मगाए मलाई चिया खासै मन पर्दैनथ्यो तर सुजाले एक्लै चिया खान मान्दिन कि भनेर मन नलागी पनि चिया पिए साथ दिन पनि पिई
सिफूटको एउटा टुक्रा मुखमा हाल्दै बोलिन तपाईको फोन दिन सक्नु हुन्छ
मुसुक्क हास्दै मैले फोन सुजाको हातमा थमाई दिए
सुकोमल औलाले होम बटममा किलिक्क थिचन
प्याटन के हो ?नरम स्वरमा सोधि?
मोबाईलको प्याटन लग सुजाको नामको पहिलो अक्षरको राखेको थिए एस हो जवाफ फर्काए
म्यासेज बक्स चेक गरी जम्मै टेक्स पढी मैले कसैको म्यासेज डिलिट गरेको थिईन अरु थुप्रै केटीहरुको टेक्स आई पुगेको थियो टेक्स पढी सके पछि न्यास्रो भई अलिकति उदास अलिकति वेखुशी पनि ! म पनि मनभित्र भित्रै झस्किए केहि बेल्न सकिन मौन चुपचाप निशव्द टोलाई रहे
यो कस्को टेक्स हो को हुन ? अन्कनिदै सेधि
दाईको साली भनेर झुट बोले समस्याबाट पन्सिन
कहिल्यै झुट बोल्दिन भन्नु भएको हैन र ? यि डाडा गाउकी लुमिया हो कैले चिन्नु भएको? केहि जवाफ दिन सकिन झन समस्याको जालोमा कस्सिदै गए गल्ती त मेरो थियो
आखामा आखा जुधाएर संकालु भावले भनि ‘तपाईको व्यवहारले धेरै कुरा बताई रहेकै थियो’ आज प्रमाण फेला पऱ्यो ! ल मेरो इन्बक्समा हेर्नु कुनै केटाको टेक्स म्यासेज भेटाउनु भयो भने मरि जाम आफ्नो ग्याजेड म तिर धकेली दिईन |
‘ यी फोटोहरु कुन केटीको हो जम्मै डिलिट गर्दिम ? मैले हुन्छ भनेर डिलिट गर्ने अनुमति दिए | उदास अनुहार बनाएर मतिर हेरि र जम्मै तस्बीरहरु डिलिट गरी’ मलाइ यति सम्म दुखि पनि नबनाऊ ‘ निक्कै चिन्तित भावमा भनिन् ! साच्चै सुजालाई पहिलो पटक दुखी बनाए मेरै कारणले उदास भएकी मेरै मनको आखाले हेरि रहन सकिन !
जब मेरो ग्याजेडमा अन्य केटी साथीहरुको टेक्स,र केहि सेल्फीहरु भेटाई हो त्यसै दिनबाट सुजाले कम विश्वास गर्न थालिन शंका पनि गर्न थाली हाम्रो सम्बन्धमा अलि अलि मन मुटाब सुरु हुन थाल्यो| प्रतेक टेक्समा होस या फोनमा किन बद्लियौ कसरी मन परिवर्तन भयो ?मसंग गुनासो गर्न थाली
आखिर जुन प्रेम सम्बन्धमा शंका हुन्छ नि त्यो नटिक्दो हो
कुनै दिन शंकाको आगोमा सुकेको दाऊरा जस्तै सल्किदो रहेछ !
मलाई एक घण्ट भित्रमा भेटाउ त्यति भित्रमा भेटायौ भने म तिम्रो हुनेछु यदि तिमीले भेटाउन सकिनौ भने हामी कहिल्यै एक अर्काको हुने छैनौ म अर्कीसंग बिहे गर्दैछु फोन गरेर निर्णय सुनाए
भेट छु भनिन् भेटदिन पनि भनिन चुपचाप फोन काटेर राखी दिई |मैले अभिस्मासंग बिबाह गर्दैछु भन्ने कुरो सुजालाई थाहा भई सकेको थियो | अन्तिम निणर्य अविस्मालाई बिहे गरेर घरमा लिई सकेको थिए फोन आयो झरेको पात झै भयो उदास मेरो जिन्दगी को रिङ टोनमा सुजाले गरेकी रै छन् मैले फोन रिसिभ गर्न सकिन किनकि अविस्मा समीपमै बसी रहेकी थिइ फेरि फोन गरि गरिरहि फोनकल इण्ड गरि दिए
टेक्स म्यासेज आई पुग्यो पिलज एक चोटी मात्र भए पनि फोन उठाई दिनु होस् | मैले चाहेर पनि बाध्यतावश सुजाको फोन उठाउन सकिन अविस्माले देख्लान कि भनेर हतारमा टेक्स डिलिट गरे
‘मलाई यो कुन गल्तीको सजाय दियौ यो जुनीमा’ अन्तिम टेक्स म्यासेज सेण्ड गरी टेक्स हेरे केहि पनि भन्न सकिन सुजाको यि सोधाईले म दुखी र
भए जवाफ दिन सक्ने मसंग कुनै त्यस्तो वाक्य नै थिएन शब्द नै थिएन त्यति बेला मात्र आफ्नो गल्ती थाहा भयो मैले ठुलो गल्ती गरे जिन्दगीमा फगत प्रेमको बहानामा नाटक गरेछु भनेर ! म अन्तिम चोटी पछुताए अविस्माले नदेख्न गरि पल्लो कोठामा गएर एक्लै रोए एक्लै आसु पुछे रुनु भनेको खुशी पुछ्नु न हो !
केहि दिन अघि मात्र सुजाले भनेकी थिइन ‘म साह्रै अभागिनी रैछु’ तर म भन्छु यो संसारमा सबै भन्दा अभागी त म हु न मैले सुजा आफ्नो बनाउन सके न जिन्दगीभरि खुशी बनाउन् सके !
मैले अविस्मालाई विहे गरे पछि सुजाले चार दिन जति भात नै खाईनन् रे कसै साथीहरु संग पनि बोलिन् रे चार पाच दिन पश्चात सर्व भन्ने केटाले अर्कैसंग बिहे गऱ्यो भनेर भनी रे
मेरै कारणले चार दिन जति भात नखाई रोई तर किन मैले सुजालाई अमिट प्रेम गर्न सकिन ? आफ्नै मनसंग सोधि रहन्छु ! अह कुनै उत्तर नै पाउन सक्दिन |
निलिमा बिहे गरेर पोईला गई सकेकी थिई बिहे गरे भनेर भन्नै आट आएन सुजालाई घात नर्गनु भाई भनेकी थिईन त्यही कुरो सम्झिएर भन्न डर लाग्यो |अविस्मालाई लिएको भोलि पल्ट बिहानै दाईले भनेको सम्झिए सुजासंग असल साथीको सम्बन्ध जोड अफेयर नै हो भने कहिले प्रेममा घात नगर भन्नु भएको थियो| मैले धेरै केटीहरु संग प्रेम सम्बन्ध जोडे त्यसरी नै तोडे तर म सुजालाई ट्रयु लभ गर्छु भनेको थिए त्यो पनि साकार गर्न सकिन सोच्छु,सोचि रहेछु यति बेला सुजासंग ‘मेड ईन् चाईना’ ब्राण्डको प्रेम नगरेको भए पनि हुन्थ्यो सुजा त्यति धेरै दुखी हुन्थिन् अन्तिम चोटी तपाईकै मुखबाट सुन्न चहान्छु मलाई के भन्न चहानु हुन्छ जीवन साथी,साथी मात्र केहि न केहि ?मैले अविष्मालाई बिहे गर्छु भनेर पक्का गरी सकेको थिए त्यही भएर मनले नचाही पनि साथी मात्र भन्छु भने एक मिनेट जति नै नबोली फोन होल्डमा राखी सुक्क…सुक्क..रोएको आवाज मात्र सुने !
जब सुजाको याद आई दिन्छ म चुरोट तान्न थाल्छु चुरोटको ठुटो र ममा केहि फरक देख्दिन म आफुलाई सल्की सकेको चिसो एस्ट्रेको ठुटो जस्तो देख्छु ! मेरा सपनाहरु चुरोटको धुवा संगै फुङ्ग उडेर टाढा…टाढा..जान्छन् !13876355_926359907491880_1392379876133913930_n

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *