(प्रेश विज्ञप्ति) मितिः २०७३-३-२६

भानु कला केन्द्र, बिराटनगरको हालै बसेको बैठकले वि.सं.२०७३ सालको चतुर्भूज आशावादी सम्मान साहित्य र कलाक्षेत्रमा विशेष योगदान पु¥याए बापत कवि तथा गजलका उज्ज्वल जी.सी.लाई प्रदान गर्ने निर्णय गरेको छ । कवि जी.सी. चालिसको दशकमा चलचित्र एवम् लोकगीत कलाकार पनि हुनुहुन्थ्यो । उहॉंले केही नेपाली चलचित्रहरूमा चारित्रिक भूमिका निभाउनुका अलावा करिब एक दर्जन लोकगीतहरू रेडियो नेपालमा रेकर्ड गर्नु भएको छ । त्यस्तै उहॉंव्दारा रचित आधुनिक, राष्ट्रियगीत र भजनहरू अन्य कलाकारहरूले स्वरवद्ध गरेका छन् भने हालसम्म कविता,गीत,गजल र मुक्तकका तेह्रवटा कृतिहरू उहॉंका प्रकाशित छन् ।
त्यसैगरी साहित्य र समाजसेवामा विशेष योगदान पु¥याए बापत कवि तथा पत्रकार देवी पन्थीलाई एवम् गायनका क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने गायक रामा मण्डलाई भानु पदक प्रदान गर्ने निर्णय समेत उक्त बैठकले गरेको जानकारी केन्द्रकी अध्यक्ष माया पौडेलले दिनु भएको छ । उक्त सम्मानहरू भानु जयन्तीका अवसरमा एक वृहत कार्यक्रमको आयोजना गरि बितरण गरिने छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *