संघर्षमा मेरो कहीलै जित नभएर
दुखः छ आफ्नो कोही मित नभएर
चकित छु म यिनका रुपदेखी याँहा
कोही कसै संग सम्बन्धीत नभएर ।

सम्वन्ध सघै हाम्रो सुमधुर भएछ भने
एक्लोपन पनि आफ्नो दूर भएछ भने
किन चाहीयो र सुन चाँदी अनि मोती
आाफु संगनै सधै कोहिनूर भएछ भने ।

जिउन सजीलो छैन एक्लै साथी नभएपछि
जिवन साथी नि धेर–थोर जाती नभएपछि
जिउन त थुप्रैले जिएका छन एक्लै पनि
शुभ चिन्तक आफ्नो तल माथी नभएपछि ।

देखीएका अनि सुनीएका कुरा
गलत अनी सहि ठानीएका कुरा
खुल्दुली हुन्छ मलाई जान्न कहीले
ईतिहासमा कही कतै कोरीएका कुरा ।

मन भरी माया संगालेर बाँचौ
दुखः शुख सधै अंगालेर बाँचौ
जिवन छोटो छ त्यसैले हामी
जे छ त्यसैलाई सम्हालेर बाँचौ ।
Chandra Bhatta Chandani
Dadeldhura
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *