अनौठा छन् खुट्टा तान्ने परम्परा अझै पनि
छैनन् तुच्छ सोंच थुन्ने कठघरा अझै पनि ।

हाँगा काटी मख्ख पर्छन् अक्सर मुर्ख मान्छेहरु
थाहा छैन हुन्छन् रुखका लाखौं जरा अझै पनि ।

मोह छोड ऐलानीको त्यो खेत के तिम्रै हुन्छ?
खाली नै छन् गुँरास फूल्न भिरपहरा अझै पनि ।

यो भुमिमा सिर्जनाका मुना रोप्न निस्केको थें
यि पाउका डोबा होलान् गरा गरा अझै पनि ।

यि मान्छे र समयले धेरै लुटे ‘घायल’बाट
लेख्ने कला बाँकी नै छन् हराभरा अझै पनि ।

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन, संयुक्त अरब ईमिरेट्स
©घायल २०१६

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *