लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा यही अब आउने ८ अक्टुबर २०१६, शनिवार आपरान्ह २बजे देखि प्लमस्टिड, लण्डन स्थित अस्मिता एण्ड असोसिएट्सको सभा कक्षामा महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०७औ जयन्ती भव्यताको साथ सम्पन्न गरिँदैछ । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले यस कार्यक्रममा विशेष गरी बेलायत भरी छरिएर रहेका नेपाली साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरुलाई सहभागीता जनाउन विशेष अनुरोध गरिएको छ भने यस कार्यक्रममा अनेसास बेलायत च्याप्टरका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष डा. रुपक श्रेष्ट द्वारा गजल विषयमा सहभागीहरुलाई कार्यपत्र प्रस्तुत गरिनेछ । अगस्त महिनामा सम्पन्न मोती जयन्तीको अवसरमा डा. रुपक श्रेष्ठले मुक्तक विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रको प्रशंसा सहभागी सबैले मुक्तकण्ठले गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले अविरल साहित्यिक कार्यक्रमहरु प्रवासमा बसेर पनि गर्दै आएको सबैलाई विदितै छ । महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्तीका लागि संस्थाका सबै व्यक्तित्वहरु भव्य रुपमा सम्पन्न गर्ने तैयारीमा जुटेका छन् ।

 

savar-Dcnepal

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *