१.

हर सॉंझ तिम्रो यादमा पिउ‘ंछु अलिअलि
माया फाटेको मनलाई सिउ‘ंंछु अलिअलि
वियोगका वाणहरू लागेका छन् मुटुभित्र
त्यसैले त मर्नका लागि जिउ‘ंछु अलिअलि ।

२.
राष्ट्रोस्थानका लागि अचेल कहि‘ंंकतै भेला छैन
नेपाली सबै एक हु‘ंदै नाचिने कुनै मेला छैन
शान्तिप्रिय मुलुक हाम्रो आज के हु‘ंदैछ हजुर ?
दाजुले भाइ,भाइले दाजु भन्ने पनि बेला छैन ।

३.
हो,जवानीको हावा सबैमा चल्छ एकदिन
समय आगो हु‘ंदा ढुङ्गा पनि गल्छ एकदिन
पराक्रमी हू‘ं भन्दै दम्भ नझिक्नुस् महाशय !
मान्छेका सुन्दर स्वप्न क्षणमै ढल्छ एकदिन ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *