“बा ! भरे आउ‘ंदा चामल किनेर ल्याउनुस् है !”
“साथीभाइहरुस‘ंग ५÷६ सय जति सापटी माग्नुस् न ! अफिसबाट पैसा आएपछि तिरे भैहाल्छ नि । दुई–दुई छाक भइसक्यो छोराको मुखमा अन्न परेको छैन । आज त जसरी भए पनि चार–पॉंच किलो चामल ल्याउनुस् ! एक पेट भर्न पनि यस्तो समस्या पर्ने कस्तो कर्म रै’छ हाम्रो त…?”

छोरा र श्रीमतीको मर्मस्पर्शी शब्दहरु मुटुमा गॉंठो पार्दै चन्द्रबहादुर घरबाट बाहिर निस्क्यो ।

‘साथीभाइहरुले ४÷५ सय सापटी माग्दा कसो नदेलान् र ?’ भन्ने कल्पनामा डुबुल्की मार्दै हि‘ंडिरहेको बेला धेरै वर्ष भेट नभएको पूरानो साथी अचानक भेट्यो उसले ।
“ओ हो शंकर….! धेरै समयमा पो भेट भयो । के छ हालखबर ?”

“ठीकै छ चन्द्र । पहिलाभन्दा त धेरै नै दुब्लाएछौ नि ! अफिसको हालचाल के छ ?”

“के हुनु खै ! बिग्रेनु सिवाए सप्रेको कही‘ं छैन । एउटा छोरालाई हुर्काउन पनि नसक्ने जस्तो भइसके‘ं म त ।”

“त्यो समस्याले कस्लाई छाडेको छ र ? आखिर जसरी भए पनि व्यवहार चलाउनु पर्दोरहेछ क्यारे ।”
साथीको मनोभावना बुझेर चन्द्रबहादुरले आफ्नो समस्या दर्सायो–“शंकर ! एउटा दुःख दिन्छु नरिसाऊ है ?”

“किन रिसाउने ? भन न भाइ कस्तो कुरा हो त्यो !”

“हेर न घरमा दुईदिन भइसक्यो चुल्होमा आगो बलेको छैन । सानो छोरा र स्वास्नी भोकै छन् । सक्छौ भने ४÷५ सय सापटी देऊ न भाइ ! तलव थापेपछि म तिम्रै घरमा तिर्न आउ‘ंला । ज्यादै सङ्कट परेर मात्र तिमीलाई गुहारेको ।”

बचनलाई टार्न नसकि शंकरले खल्तीबाट पॉंच सयको नोट झिकेर हातमा दि‘ंदै भन्यो– “तिम्रो भाग्य ठीक भएकोले आज मसंग पैसा छ । बरु समयमै तिर्न चाहि‘ं नभुल्नु नि !”

“मेरो इमान्दारीता तिमीलाई देखाई छाड्छु शंकर !” भन्दै चन्द्रबहादुरले पॉंच सयको नोट खल्तीमा राख्न के खोजेथ्यो, एकजना केटो पछाडिबाट आएर दुबैको कठालो समात्दै ‘त‘ं हैनस् अघि बसबाट पाकेट मारेर भाग्ने ? ल ब्याग झिक्’ भन्दै एक चड्कन शंकरको गालामा लगायो ।

सडकमा हि‘ंडिरहेका मानिसहरु सब तिनीहरुका दायॉंबायॉं थु्रप्रिए । एकैछिनमा पुलिस आइपुग्यो ।

“ल हेर्नोस् पुलिसदाई अघि भर्खर बसबाट मेरो खल्तीको ब्याग पाकेट मारेर भाग्ने व्यक्ति यही हो । र, योचाहि‘ं यसको साथी” भन्दै शंकर र चन्द्रबहादुरलाई लछारपछार पार्न थाल्यो ।

“यो त चोरजस्तो छैन नि !” चन्द्रबहादुरलाई देखाउ‘ंदै पुलिसले भन्यो ।
“कहॉं चोर नहुनु ? यो त झन् नाइके हो पुलिसदाई । भर्खर योसंग पैसा लि‘ंदैथ्यो यो !”

“म त चोर हैन भाइ । ऊ मेरो पूरानो साथी हो । धेरै दिनपछि भेट गर्दैछौ‘ं हामी । मलाई पैसाको खॉंचो परेकोले सापटीस्वरुप पॉंच सय मागेको हू‘ं । ल बरु फिर्ता लिनुस् !” भन्दै चन्द्रबहादुर लग्लग् काम्न थाल्यो ।

“चोरसंग सापटी माग्ने कस्तो सज्जन होस् त‘ं ? ल हि‘ंड् !” भन्दै पुलिसले दुबैलाई घिच्याउ‘ंदै आफ्नो अफिस पु¥यायो ।

आफ्नो लोग्नेलाई पुलिसले कठालो समातेर लगेको छ भन्ने सूइ‘ंको पाउनासाथ कालोनिलो मुख लगाउ‘ंदै चन्द्रबहादुरकी श्रीमती भोको छोरोलाई च्यापेर तुरुन्तै पुलिस थानामा पुगी ।
घरको आर्थिक अवस्था डामाडोल भइसक्दा पनि इमान्दारीको मन्त्र जप्न नभुल्ने आफ्नो लोग्ने अनायासै
चोरीको आरोपले पुलिसको कठघरामा उभिन पुगेको देख्दा मनलाई थाम्न सकिन उनले ।

“साप ! मेरो लोग्ने चोर हैन । कुन आधारमा तपाईंहरुले चोर भन्नु भयो ?” भन्दै चिच्याउन थाली ।

“चोरका साथी को हुन्छ ?” भन्दै पुलिसले कड्किि‘ंदै उत्तर दियो ।

“तपाईंहरु राम्ररी बुझ्नोस् । आजसम्म मेरो श्रीमानले चोर्नु त के कुरा कसैसंग दुईकौडी सापट माग्ने हिम्मत पनि गर्नु भा’छैन । आफ्नो तलवले जति भ्याउ‘ंछ तेति नै खर्च गरेर बॉंचेका हामी दुःखीहरु !”

चन्द्रबहादुरकी श्रीमतीले व्यक्त गरेका वाक्यहरुमाभन्दा पीडा सल्बलिरहेको मुहारले सत्यताको विम्ब देखाउ‘ंदथ्यो । यसै क्रममा प्रहरीले सोधपुछ गर्ने क्रम चलाउन थाल्यो ।

“ल भन्नुस् चोर को हो ? सत्य बोल्नु भयो भने ठीकै छ, हैनभने सजाय झन् नराम्रो हुनेछ ।”

“हो हजुर,चोर त मै हू‘ं ! उहॉं मेरो धेरै पूरानो साथी । धेरै वर्षपछि आजै मात्र भेट भा’को । पॉंच सय सापटी माग्नु भो मैले हार्न नसकि दिएको हू‘ं ।
एकपटकलाई माफ दिनोस् हजुर ! मेरी श्रीमती सुत्केरी भएकी आज दश दिन मात्र भयो । एकपैसा घरमा नभएर यस्तो काम गर्नु प¥यो । अब जिन्दगीभर गर्ने छैन । हामीलाई छोडिदिनुस् हजुर !” भन्दै शंकरले यथार्थलाई ओकल्न थाल्यो ।

“अब त थाहा भो हजुरहरुलाई चोर को रै’छ भन्ने ?” भन्दै पेटभित्र मडारिएको भोकलाई बिर्संदै चन्द्रबहादुरकी श्रीमतीले सन्तोषका लामालामा सासहरु फेर्न थाली ।

शंकरको हातबाट ब्याग सम्वन्धित व्यक्तिलाई दि‘ंदै पुलिसको हाकिमले भन्यो– “अबदेखि फेरि पनि यस्तो काम गरिस् भने कदापि राम्रो हुने छैन । ल यहॉं सही गर !”

दुबैले कागजमा सही धस्काए । पुलिसको पञ्जाबाट छुटकारा पाए पनि चन्द्रबहादुर र उनको श्रीमतीको घर फर्कने ताकतलाई भोकले शिथिल बनाइसकेको थियो ।

भोक मार्ने विकल्पको रुपमा ऊ नजिकै बॉंडाको पसलभित्र छिरेर आफ्नी श्रीमतीले लगाइराखेकी औ‘ंठी बन्धकी राखी हातमा सयका नोटहरु गन्दै बाहिर निस्क्यो ।

बाबुको हातमा पैसा देखेर छोराले ह‘ंसिलो मुख बनाउ‘ंदै भन्यो– “अब त भात खाने बा ! भोक लाग्यो ।”

हृदयस्पर्शी शब्दहरुले चस्स बिझेको मन बोक्दै श्रीमती र छोरालाई साथ लिएर ऊ एउटा रेष्टु‘ंराभित्र छि¥यो– ‘के गर्ने बुढी ? दुर्भायको फल भन्या यस्तै हु‘ंदो रै’छ । आखिर एक,दुई घण्टा भए पनि विना कसुर पुलिसको थाना पुगियो ।’ भनेर गुन्गुनाउ‘ंदै ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *